Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

लुम्बिनीमा भिक्षुलाई कठिन दान

लुम्बिनी । वर्षाबासमा बसेका भिक्षुलाई लुम्बिनीमा आज कठिन दान गरिएको छ ।

बौद्ध परम्पराअनुसार राजकीय बुद्ध विहारमा आयोजित पवित्र कथिन (कठिन) उत्सवका अवसरमा भिक्षुसङ्घलाई कथिन चीवर दान, अष्टपरिष्कार दान गरिएको हो । तीन महीना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । पोखराका दाता पानश्री गुरुङ परिवारको आर्थिक सहयोगमा आयोजना गरिएको कठिन उत्सवका अवसरमा दान पुण्य गरिएको हो ।

लुम्बिनीको राजकीय बुद्ध विहारमा तीन महीना वर्षाबासमा बस्नुभएका भिक्षु सागर धम्मलगायत विभिन्न क्षेत्रका भिक्षुलाई लक्षित गरी बौद्ध परम्पराअनुसार कथिन चिबर दान, अष्टपरिष्कार दान गरिएको थियो । भिक्षुले लगाउने पहेंलो बस्त्र (चीवर) र भिक्षापात्रलाई चिवर दान भनिन्छ । अष्ट परिष्कारमा भिक्षुका लागि आवश्यक दाह्री–कपाल खौरने सामान, भित्री–बाहिरी कपडा, सियो–धागोलगायत आठ सामग्री हुन्छन् । अनुशासित र नियमपूर्वक तीनमहीने वर्षाबास बस्ने भिक्षुलाई चीवर र भिक्षा पात्र प्रदान गरिन्छ ।

कठिन उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले बुद्ध जन्मस्थलमा धार्मिक गतिविधि बढ्दै गएको बताए। उनले बुद्धको शिक्षा र दर्शनको प्रचार गरी सबै नागरिकलाई असल मार्गमा हिँडाउन जरुरी रहेको बताए ।

धर्मदेशना गर्दै अन्तर्राष्ट्रिय परियत्ती उदय विहार रुपन्देहीका प्रमुख भिक्षु ज्ञानेन्द्रले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने र नागरिकमा दान, शिल र भावनाको विकास हुने बताए । उनले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षबासमा बसेका भिक्षुलाई लगाउने बस्त्रसहितका सामग्री दिन सकिने परम्परा भएकाले यसलाइ कठिन दान भनिएको जानकारी गराए ।

कार्यक्रममा राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले लुम्बिनीमा धार्मिक गतिविधि बढाएर बुद्धमय वातावरण निर्माण गर्न जरुरी रहेको बताए । कार्यक्रममा बौद्ध शिक्षाको विकासमा योगदान पु¥याएको भन्दै यानमती गुरुआमा, वर्षवास कार्यक्रमका संयोजक राजकुमारी गुरुङ, बौद्ध महिला समितिका सचिव कल्पना हरिजन, समाजसेवी रामलखन हरिजन, बौद्ध उपासक देव शाक्य र दातालाई सम्मान गरिएको थियो ।

कार्यक्रमअघि लुम्बिनीको महिलवार बजारबाट बृहत् झाँकीसहितको शोभायात्रा निकालिएको थियो । ¥यालीमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख, उपप्रमुख, लुम्बिनी विकास कोष, वडा प्रतिनिधि, लुम्बिनी बौद्ध महिला समिति, युवा समिति, थारु बौद्ध समिति, लुम्बिनी होटल एशोशिएसन, जनपथ र सशस्त्र र दङ्गा प्रहरीलगायत विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । कठिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षुसङ्घबाट परित्राण पाठ तथा बुद्ध पूजा गरिएको थियो । प्रत्येक असार महीना पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षु वर्षाबास बस्ने परम्परा छ । वर्षाका कारण चारैतिर पानी पर्ने, जमिनभित्रका जीव र किरा जमिन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमा वर्षाबास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न विहारमा भिक्षु वर्षाबास बसेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies