Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आर्थिक विकासमा चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक : योगेश भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चीन–नेपाल–भारतको त्रिदेशीय कनेक्टिभिटिमा नेपाल एक गतिशिल पुल भएको टिप्पणी गरेका थिए । भट्टराईको यस टिप्पणीलाई धेरैले नकारात्मक रुपमा आलोचना गरे ।

तर, भट्टराईका पूर्व सहकर्मीसमेत रहेका नेकपा अध्यक्ष पूष्पकमल दाहाल (प्रचण्ड)ले दशैं–तिहारको अवसरमा पार्टी केन्द्रीय कमिटिले बुधबार काठमाडौंमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा नेपाल–चीन–भारतबीच त्रिदेशीय साझेदारी नभएसम्म नेपालले समृद्धि हाँसिल गर्न नसक्ने तर्क पेश गरे । यस बिषयमा दाहालले भारतको गोआमा चिनियाँ राष्ट्रपति सीसँग केहि समय पहिले भएको साइडलाइन भेटमा स्मरण गराएको कुरा आफ्नो धारणा व्यक्त गरे ।

सोहि कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासको लागि दुई छिमेकी मुलुक चीन र भारत तयार रहेको धारणा राखे । भर्खरैमात्र चिनियाँ राष्ट्रपति सी भारत हुँदै नेपालको राजकीय भ्रमण सकेर स्वदेश फर्किसकेका छन् ।

एकातिर चीनले रणनीतिको रुपमा अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसेटिप’ (बिआरआइ)मा नेपालले सम्झौता गरिसकेको छ । अर्को तर्फ इन्डो–प्यासेफिक रणनीतिअनुसार संयुक्त राज्य अमेरिका अगाडि बढिरहेको छ । यस्तो अवस्थामा नेपालले छिमेकीसँग त्रिदेशीय सन्तुलन कसरी कायम राख्छ ? सीको नेपाल भ्रमण र दुईदेशबीच भएको २० बुँदे सहमतिले नेपाललाई के फाइदा हुन्छ ?

यस बिषयमा खबर डबलीसँग नेपाल सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उड्ययान मन्त्री योगेश भट्टराईसँग भएको संक्षिप्त कुराकानीको संम्पादित अंशः

नेपाल भ्रमण वर्षलाई सफल बनाउन सघाउ

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण ऐतिहासिक छ । उहाँको भ्रमण सम्पूर्णरुपले सफल पनि भएको छ । सीको भ्रमण नेपाल र चीनबीचको समृद्धिको पक्षमा छ । सीको भ्रमणले दुई देशबीचको आर्थिक समृद्धि हासिल हुने मात्र नभइ समग्र एसियाको शान्तिको मार्गचित्र कोरेको छ । सीको भ्रमणबाट नेपाली जनता उत्साही छन् । सरकार उत्साहित छ । सीको भ्रमणको बेला पूर्वाधारलगायत विभिन्न क्षेत्रमा फाइदा हुनेगरी दुईपक्षिय सहमति गरेका छौं । यसले हाम्रो देशको आर्थिक विकासमा टेवा पुग्छ । अर्को कुरा उहाँले पर्यटनलाई लक्षित गरी एउटा महत्वपूर्ण कुरा व्यक्त गर्नुभएको छ । उहाँले भ्रमण वर्ष २०२०लाई सफल बनाउन चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गर्ने अभिव्यक्त दिनुभयो । यसले हाम्रो भ्रमण वर्ष २०२० लाई थप सहयोग पुग्छ ।

२० बुँदे सहमति कार्यान्वयन हुन्छ

चीनसँग भएको सहमति कार्यन्वयनको विषयमा कतिपयले शंका व्यक्त गरिरहेका छन् । विगतका कुरा गरेर भविष्यप्रति शंका गर्नु भएन । विगतमा हाम्रो केही कमजोरी भयो होला । यसलाई सच्याउने हो । दोहोर्याउने होइन । भर्खरै चीन र नेपालबीच २० बुँदे सहमति भएको छ । यो कार्यन्वयन हुन्छ । यसलाई कार्यन्वयन गर्न हामीसँग बलियो सरकार छ । ढुक्कसँग कार्यन्वय हुन्छ ।

बिआरआइ र इन्डो प्यासेफिक दुवै प्लेटफर्मबाट फाइदा लिन सकिन्छ

बिआरआइ, इन्डो–प्यासेफिक रणनीतिलाई जोडेर हेर्न आवश्यक छैन । यो अलग–अलग कुरा हो । नेपालले यसलाई अलग–अलग ढंगले विचार राख्छ । नेपालकोलागि यो बेग्ला बेग्लै प्लेटफर्म पनि हो । नेपालले यसबारे आफ्नो धारणा राख्दै आएको छ र राख्छ पनि ।

पक्कैपनि दुई विशाल छिमेकी मुलुकबीच सामरिक महत्व रहेको हाम्रो मुलुकमा केहि चुनौतिहरु छन् । तरपनि चुनौति भन्दा बढि हाम्रोलागि अहिले अवसर छ । चिनियाँ राष्ट्रपतिको भ्रभण २३ बर्षपछि भयो । यो भ्रमण धेरै हिसावले अपेक्षा गरिएको छ । र, नेपाली जनताले उत्साहका साथ स्वागत सम्मान गरे । त्यसमा नेपाल सरकारले कुशलताका साथ व्यवस्थापन गर्यो । यसले विश्वमा सकारात्मक संदेश दिएको छ ।

रेल र सडक दुवै आवश्यक

नेपालको सन्दर्भमा रेल होइन रोड चाइन्छ भन्नु एकांकी कुरा हो । त्यसरी हुँदैन । रेल र रोड दुवै नेपालकोलागि आवश्यक भौतिक पूर्वाधारहुन् । यसलाई अलकथलक गरेर होइन सँगसँगै अगाडि लैजानु पर्छ । यसैमा नेपालको हित छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies