Khabar Dabali Logo
  November 14, Thu

नेपाल र म्यान्माबीच पर्यटन क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

म्यान्मा । म्यान्माको राजकीय भ्रमणमा रहकि राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा आज दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

म्यान्माको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मा सरकारका अन्तरराष्ट्रिय सहयोगमन्त्री क्य तीनबीच ती दुई समझदारीपत्रमा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

राष्ट्रपति भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबार साँझ म्यान्माको राजधानी नेपित आइपुगेका थिए । राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर सु चीबीच उपहार आदानप्रदानसमेत गरिएको थियो ।

दुई राष्ट्रपतिबीच भेटवार्ता

राष्ट्रपति भण्डारी र राष्ट्रपति विनबीच आजै प्रेसिडेन्सियल हाउसमा भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति भण्डारीले सो हाउसमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका थिए । त्यसअघि आज बिहान सो हाउसको परिसरमा राष्ट्रपति भण्डारीलाई म्यान्माको सेनाले सम्मान गारद ९‘गार्ड अफ अनर’० दिएको थियो ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक ३ गतेसम्म म्यान्माको राजकीय भ्रमणमा छन् ।

अशोज ३० गते, २०७६ - १८:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो रह्यो बङ्गलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण

यस्तो रह्यो बङ्गलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण

कास्की । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको...   
दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ : महासचिव पौडेल

दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ : महासचिव पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा...   

सल्यानमा जीप दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु, आठ घाइते

दाङ । सल्यानमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ भने आठजना घाइते भएका छन्...   

सामाजिक सुरक्षामा सहभागी हुने महासङ्घको पुनः प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा...   
नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

बङ्गलादेश । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम...   

प्रधानमन्त्री आफैंले माेदीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल

झापा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या...   

यात्रुबाहक बस र टेम्पो ठोक्किँदा सात जनाको मृत्यु, बाह्र घाइते

दिल्ली । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।...   

सरकारले कर्मचारीको अवकाश उमेर हद बढायो, अब ६० वर्ष

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि...   
मोदी र पुटिनले गरे भारत-रुस सम्वन्धको समिक्षा

मोदी र पुटिनले गरे भारत-रुस सम्वन्धको समिक्षा

सिकार, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा...   

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

रुपन्देही । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय ः नेताहरुको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top