Khabar Dabali Logo
  January 20, Mon

समाचारमा तपाईं हजुर कति उपयुक्त ?

काठमाडाैं । ठूला मान्छेलाई “तिमी” भने भनेर अर्को कथा प्रादुर्भाव भएछ। तर मैले आजसम्म पत्रपत्रिकामा “तिमी” चाहिँ पढेको छैन, सुनेको पनि छैन! “उनी” चाहिँ देखेसुनेको हो। खास गरी क्रियापदमा बहुवचन मार्काको “भने”, “गरे”, “भन्छन्”, “गर्छन्” आदि चाहिँ प्रशस्तै देखिन्छ। नेपाली भाषाको सामान्य ज्ञान हुने मान्छेले यसलाई आपत्ति गर्दैन। मान जनाउने क्रियापद नेपालीमा दुई प्रकारका छन्।

१. संयुक्त क्रियापद : संयुक्त क्रियापद प्रयोग हुँदा क्रियापदको कर्तासँग अन्वय (agreement) हुँदैन। अन्वयको दृष्टिकोणबाट हेर्ने हो भने यो तेस्रो पुरुष नपुङ्सक लिङ्गी एकवचन भन्दा हुन्छ। उदारणको लागि : बाघ आयो, उहाँ आउनुभयो। यी दुबै अवस्थामा क्रियापदको अन्तको “यो” नै छ। त्यस्तै उहाँ भन्नुहुन्छ, बाख्रा आउँछ जस्ता वाक्यमा पनि क्रियापदको अन्तमा “छ” आएको छ। यो भनेको अन्वयविहीन अवस्था हो। अर्थात सम्मान जनाउन कर्ता र क्रियापदको अन्वय प्रयोग नगर्ने, तर संयुक्त क्रियापद प्रयोग हुने तरिका हो। यस्तो संयुक्त क्रियापदमा पछिल्लो क्रिया, जसलाई सहायक क्रिया पनि भनिन्छ, जहिल्यै “हु” वा “भ” हुन्छ।

भूतकालको लागि “भ” र अभूत (वर्तमान, भविष्य) कालको लागि “हु” प्रयोग हुन्छ – भन्नुभयो, भन्नुहुन्छ। संयुक्त क्रियापदमार्फत सम्मान जनाउने अर्को संयुक्त क्रियापद पनि छ। त्यसमा दोस्रो अर्था सहायक क्रिया “बक्सी / बक्स” हो — भनिबक्सियो, भनिबक्सिन्छ। हु/भ वा बक्स सहायक क्रियापदको प्रयोगले सम्मान (honorificity) को तहलाई जनाउँछ। सामान्य सम्मानमा हु / भ, अति सम्मानमा बक्सी प्रयोग गर्ने चलन हो। पछिल्लो समय सार्वजनिक प्रयोजनमा दुई तहको सम्मानको प्रयोग हराउँदै गएको छ।

२. सामान्य क्रियापद : एउटै मात्र क्रिया प्रयोग गरेको अवस्थामा यो जहिल्यै कर्ताअनुसारको अन्वय हुन्छ। नेपालीमा एकवचनमा लिङ्ग, वचन र काल सबैको अन्वय हुन्छ – खायो, खान्छ, खाई, खाए, खान्छे। कर्ता बहुवचन हुँदा लिङ्ग भेद क्रियापदमा देखिँदैन। दोस्रो पुरुषको लागि (तँ, तिमी, तपाईँ / यहाँ, हजुर) सम्मान जनाउन तिमी प्रयोग गरिएको पाइँदैन। कसैले गर्दैन पनि। तेस्रो पुरुषको हकमा सम्मान जनाउने शब्द तिनी, उनी, यिनी र उहाँ हुन्। उहाँ प्रयोग भएको खण्डमा संयुक्त क्रिया नै प्रयोग हुन्छ। तिनी, उनी, यिनी / यिन सर्वनाम र नाम नै प्रयोग भए पनि त्यसैअनुसार बहुवचनको लागि प्रयोग हुने क्रियापद प्रयोग हुन्छ — भने, गरे, खाए आदि।

स्त्रीलिङ्गीको हकमा लिङ्ग अन्वयस्वरूप, -इन् प्रत्यय सहितको क्रियापद प्रयोग हुन्छ – गरिन्, बोलिन्, भनिन्, भन्छिन्, जान्छिन् आदि। बहुवचनमा लिङ्गभेद हुँदैन। तेस्रो पुरुषमा लिङ्ग भेद गर्दा स्त्रीलिङ्गको हकमा बहुवचनको सट्टा -इन् प्रत्यय सहितको क्रियापद आउने हो।

नेपाली भाषाको प्रकृति नै यस्तै छ। जब भाषामा विकल्प छ भने कसैले कुनै एउटा छान्नु स्वाभाविक हो। प्रयोजनको दृष्टिले संयुक्त क्रियापदवाला सम्मान प्रयोग गर्ने कि सामान्य क्रियापदवाला सम्मान प्रयोग गर्ने भन्नेमा थोरै भिन्नता नेपाली भाषामा देखिन्छ। यो फरक भनेको औपचारिकताको हो। औपचारिक प्रयोगको लागि संयुक्त क्रियापदलाई प्राथमिकता दिइन्छ, भने अनौपचारिक अभिव्यक्तिमा सामान्य क्रियापद प्रयोग हुन्छ। सामान्य अवस्थामा सधैँभरि औपचारिक स्वरूप मात्र प्रयोग गर्नु पर्छ भन्ने कूपमण्डुकता हो। किनभने सामान्य अवस्था भनेको अनौपचारिक अवस्था हो।

एउटा रमाइलो उदाहरण नेपाली भाषामा प्रयोग भएको पाइन्छ। पार्टीका कार्यकर्ताहरूले आफ्ना नेतालाई जहिल्यै “आदरणीय” विशेषणसहित संवोधन गर्ने गरेको सुनिन्छ। तर सर्वसाधारणले त्यसो गर्दैनन्। सम्मानजनक क्रियापद, वा आदरार्थी सर्वनामको सम्वोधन प्रयोग गरेको छ भने अतिरिक्त “आदरणीय” किन थप्‍नु? तर भन्नेले भन्छन्। रहर पुरा गर्न पाउने तिनको अधिकार हो। तर सबैलाई बाध्य गर्न सकिँदैन।

अपमान गर्नु वा अनादरार्थी रूप पो प्रयोग गर्नु पो भएन त! आदरार्थीमध्ये आफूलाई सजिलो लाग्‍ने जुन स्वरूप प्रयोग गर्न पनि मानिस स्वतन्त्र छ। भाषाको स्वरूपले यो स्वतन्त्रता दिएको छ। जो त्यो मान्दैन, समझ अबुझ हो त्यो त्यसैको नराम्रो !

अशोज ३० गते, २०७६ - १२:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

मिडिया काउन्सिल विधेयकमा दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडाैं । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने...   

नेकपाको केन्द्रीय समिति बैठक माघ १५ देखि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेदेखि बस्ने...   
अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

अनेरास्ववियुले टुङ्गायो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले जिल्ला संयोजक र सहसंयोजकको चयन गरेको...   

प्रतिनिधि सभाको बैठक बस्दै (भिडियो लाइभसहित)

काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सुरु भएको छ ।उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा...   
भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

भ्रम र विवादको भुमरीमा ‘एमसीसी’

संयुक्त राज्य अमेरिका सरकारले ‘मिलिनियम च्यालेन्ज कर्पोरेशन’ (एमसीसी) अन्तर्गत नेपाललाई उपलब्ध...   

को हुन् अग्निप्रसाद सापकोटा ? यस्तो सापकोटाको राजनीतिक पृष्ठभूमि

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सभामुखमा अग्निप्रसाद सापकोटाको...   

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी, सभामुखको नाम अनुमोदन हुने

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखको विषयमा पार्टीको तर्फबाट औपचारिक निर्णय लिन नेकपा सचिवालयको बैठक...   
आफूँलाई पढाउने  शिक्षिकाको  प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

आफूँलाई पढाउने शिक्षिकाको प्रेममा परे पछि युट्युबर शिशिर यस्तो अवस्थामा (भिडियोसहित)

काठमाडौं । चर्चित गायक दिनेश गौतमको आवाजमा रहेको ‘म मरिसकेपछि’ गीतको भिडियो सार्वजनिक भएको छ ।...   
गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

गायक रमेश राना र सिता थापाले ल्याए सालैजो भाका “स्याङजाली माया” भिडियोसहित

काठमाडौं । गायक रमेश राना र गायिका सिता थापाको सालैजो भाका “स्याङ्जाली माया” सार्वजनिक भएको छ । मौलिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top