Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

छिमेकीहरुको विकासबाट लाभान्वीत हुने वातावरण बन्दैछ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई छिमेकीको विकासबाट नेपालले लाभ लिने बेला आएको बताएका छन् । दुई छिमेकीसँग अत्यन्तै विश्वास र समझदारीको वातावरण बन्दै गएको भन्दै अध्यक्ष प्रचण्डले छिमेकीको विकासबाट लाभ लिनमिल्ने अवस्था बन्दै गएको बताए ।

दशैं, तिहार र छठ पर्वको अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिङफिङको नेपाल भ्रमणले नयाँ आर्थिक विकासको सम्भावना खोलेको बताए । उनले चिनियाँ राष्ट्रपतिको भारत भ्रमणपछिको नेपाल भ्रमणले दुई छिमेकीबीच झनै विश्वास र समझदारीको वातावरण बन्दै गएको पनि बताए ।

‘हाम्रा छिमेकीहरुको विकासबाट लाभान्वीत हुने एउटा नयाँ राजनीतिक विश्वासको वातावरण बन्दैछ, सी जिङपिङ भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर नेपालमा आउँदा झन् विश्वास र समझदारीको वातावरण बनेको छ,’ अध्यक्षले प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले त्रिदेशीय साझेदारीको रणनीतितर्फ अगाडि जाने आधारहरु तयार हुँदै गएको पनि बताए । उनले चीन, नेपाल र भारतबीच नयाँ खालको राजनीतिक समझदारी बन्दै गएको बताए ।

प्रचण्डले भने, ‘अहिले त्रिदेशीय साझेदारीको आर्थिक विकासको रणनीतितिर जाने आधारहरु तयार हुँदै गएको, राजनीतिक रुपले त्यो समझदारी बन्न थालेको तपाईहरुले सुन्नु भयो होला । २ प्लस वान भनेर राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीको बीचमा पनि छलफलहरु अगाडि बढेको र एउटा नयाँ परिस्थिति बन्न थालेको छ ।’

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies