Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राजीनामापछि पारसले यस्तो भने , 'टेस्ट राष्ट्रको मान्यता दिलाउने सपना बाँकी नै रहने भयो'

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले साढे तीन वर्षपछि नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन फुकुवा गरेको भोलिपल्ट मंगलबार राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । पारसले सन् २००९ यता १० वर्ष निरन्तर राष्ट्रिय क्रिकेटको कप्तानी सम्हालेका थिए । उनले खेलाडीका रूपमा उपस्थित हुने, तर कप्तानको जिम्मेवारीमा कहिल्यै नफर्किने घोषणा गरेका छन् ।

‘आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नयाँ नेतृत्व आएको छ । क्यान भर्खरै आइसिसीको निलम्बनबाट फुकुवा भएको छ,’ पारसले भने, ‘अब नेपाली क्रिकेटमा नयाँ सुरुवात आवश्यक छ । त्यसमा सहयोग पुगोस् भन्ने उद्देश्यले कप्तानको जिम्मेवारी त्याग्ने निर्णय गरेको हुँ । खेलाडीका रूपमा भने अझै उपलब्ध हुनेछु ।’

नौ वर्षमा नेपाली क्रिकेटले प्राप्त गरेको सफलता पारसकै नेतृत्वमा भएको छ । ०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि पारसको जिम्मेवारी र भूमिका थप बढेको थियो । क्यान निलम्बन फुकुवा भएसँगै आफूले केही समय आराम गर्ने निर्णय गरेको उनले बताए । ‘क्यान निलम्बनमा परेपछि मैले खेलाडी र कप्तानको मात्रै होइन, आइसिसीसँग कुरा गर्ने, खेलाडीको व्यवस्थापन, प्रायोजकको खोजीदेखि धेरै काम गर्नुप¥यो,’ पारसले भने, ‘अब क्यान आएपछि यो काम उसैले गर्नुपर्छ । कप्तानबाट हटेपछि कम्तीमा केही समय आराम गर्ने अवसर पनि पाउने विश्वास छ ।’

पारसको नेतृत्वमा आएपछि सन् २०१० मा आइसिसीको डिभिजन ५ बाट बढुवा भएपछि अघि बढेको नेपाली क्रिकेटले डिभिजन ४, ३, २ र १ हुँदै गत वर्ष एकदिवसीय टोलीको मान्यता सुरक्षित गरेको छ । सन् २०१४ को विश्वकप छनोट र सहभागिता पनि उनकै कप्तानीमा भएको हो । यस अवधिमा एकदिवसीय र टी–२० क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान पनि पारसले नै कायम गरेका छन् ।

‘क्रिकेटले मलाई धेरै दिएको छ । टी–२० विश्वकप क्रिकेट खेल्नु जीवनको महत्वपूर्ण उपलब्धि मान्छु । त्योभन्दा ठूलो उपलब्धि एकदिवसीय टोलीको मान्यता प्राप्त गर्नुलाई मानेको छु । किनभने यसले नेपाली क्रिकेटलाई धेरै अवसर दिनेछ,’ पारसले कप्तानी यात्रा सम्झिँदै सुनाए, ‘राष्ट्रिय टोलीबाट खेल्दा हारेका सबै खेलजीवनका खराब दिन रहे । आफ्नै नेतृत्वमा नेपाललाई टेस्ट टोलीको मान्यता दिन पाएको भए अझ खुसी हुने थिएँ, त्यो उद्देश्य भने बाँकी नै रहने भयो ।’

पारसको कप्तानीमा नेपालले ६ एकदिवसीय खेल खेलेको छ । जित र हार तीन–तीन भएको छ । टी–२० तर्फ भने २८ खेल खेलेकोमा १२ मा जित तथा १५ मा हार व्यहोरेको छ ।

पारसको कप्तानीमा नेपालले हात पारेका केही महत्वपूर्ण सफलता -

आइसिसीको डिभिजन पाँचदेखि एकदिवसीय टोलीको मान्यता ।
टी–२० विश्वकपमा छनोट र सहभागीता (२०१४, बंगलादेश) ।
एक दिवसीय टोलीको मान्यता (२०१८, जिम्बावे) ।
पहिलो एक दिवसीय शृंखलाको जित (२०१९, युएई) । युएईविरुद्ध भएको तीन खेलको शृंखला नेपालले २–१ ले जितेको थियो ।
पहिलो टी–२० शृंखलाको जित ९२०१९, युएई० । युएईविरुद्ध नै भएको तीन खेलको टी–२० शृंखला पनि नेपालले २–१ ले जितेको थियो ।
राजीनामाको खास कारण : क्यान नेतृत्वसँगको तिक्त सम्बन्ध
सन् २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेर फर्किंदा खेलाडीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै क्यानको तत्कालीन नेतृत्वको विरोध गरेका थिए । त्यतिवेला पारसकै नेतृत्वमा खेलाडीहरू क्यान पदाधिकारीविरुद्ध अनियमितताको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पुगेका थिए । उनीहरूले आइसिसीमा पनि क्यान नेतृत्वविरुद्ध रिपोर्टिङ गरे । खेलाडीको उजुरीकै आधारमा अख्तियारले क्यानका तत्कालीन अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायत १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा नै चलायो । तर, अदालतले उनीहरूलाई सफाइ दियो ।

लगत्तै क्यानको निर्वाचन भयो । मुद्दा खेपेर फर्केका चन्द अध्यक्ष र प्याकुरेल महासचिवमा चुनिए । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले त्यो समितिलाई मान्यता दिएनन् । उनले समानान्तर कमिटीका रूपमा राखेपका वर्तमान सदस्यसचिव रमेश सिलवालको अध्यक्षतामा अर्को समिति गठन गरिदिए । लगत्तै आइसिसीले क्यानलाई निलम्बन गर्‍यो ।

दुई हप्ता अघि सम्पन्न क्यानको निर्वाचनबाट फेरि चन्द अध्यक्ष र प्याकुरेल सचिवमा निर्वाचित भएका छन् । सोमबार मात्रै आइसिसीले क्यानमाथिको निलम्बन पनि फुकुवा गरेको छ । आफैँले विरोध गरेका चन्द र प्याकुरेल क्यानको नेतृत्वमा आएपछि पारस राजीनामा दिने निर्णयमा पुगेका हुन् । ‘क्यानको नयाँ नेतृत्व पारससँग खुसी छैन । यो नेतृत्वले आगामी दिनमा उनलाई अपमान गर्छ नै । त्यसैले पारसले समयमै राजीनामा दिने निर्णय गरेका हुन्,’ पारसनिकटहरूको भनाइ छ । बरु, राजीनामा दिएर समर्थकमार्फत क्यान नेतृत्वमाथि दबाब बढाउने रणनीति पारसको देखिन्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies