Khabar Dabali Logo
  November 19, Tue

नौ बुँदे घोषणापत्रसहित अन्तर्राष्ट्रिय दलित सम्मेलन सम्पन्न

काठमाडौ । दलित समुदायको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्नेलगायत नौ बुँदे घोषणापत्र जारी गर्दै ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीको भूमिका’ विषय दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन आज सम्पन्न भएको छ ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्वमञ्च युएसएलगायतका सङ्घसंस्थाद्वारा काठमाडौँमा आयोजित सो सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले सङ्गठित र संयुक्तरुपमा अभियान गर्नुपर्ने ठहरसमेत गरेको छ ।

“प्रवासमा रहेका दलित समुदायले सङ्गठित वा असङ्गठितरुपमा नेपालको दलित मुक्ति आन्दोलनलाई सहयोगी भूमिका निर्वाह गरिरहेका छन्, प्रवासमा भएका दलित सङ्गठन र जनशक्तिलाई नेपालको दलित आन्दोलनले रणनीतिक र कार्यनीतिकरुपमा परिचालन गर्नुपर्छ”, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले दलित समस्या अन्तर्राष्ट्रिय समस्या भएको भन्दै त्यसलाई संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रलगायत अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्ने घोषणा गरेको छ । सम्मेलनले नेपालको विकासमा काम गर्ने अन्तर्राष्ट्रिय निकायलाई दलित समुदायको उत्थान र विकासका लागि ठोस नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्नका लागि अनुरोध पनि गरेको छ ।

युवा तथा खेलकूदमन्त्रीले उद्घाटन गर्नुभएको सो सम्मेलनमा दलित अधिकारकर्मी डा विष्णुमाया परियार र डा निर्मला विश्वकर्मा र डा निर्मल विश्वकर्मा लगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्थालगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

अशोज २८ गते, २०७६ - २१:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनावश्यक मुआब्जा माग्ने प्रवृत्तिले विकास निर्माणमा अवरोध बढ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काममा आवश्यकभन्दा बढी मुआब्जा माग्ने प्रचलनप्रति...   

राष्ट्रपतिसमक्ष दुई प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया...   

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौं । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा...   

नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश

भत्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   

वर्तमान सरकारले नै सीमा समस्या हल गर्छ : पूर्वप्रधानमन्त्री खनाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको...   
नयाँ ट्याक्सीको दर्ता खुल्दै

नयाँ ट्याक्सीको दर्ता खुल्दै

काठमाडौँ । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० आवश्यक क्षमताको र त्योभन्दा...   
यस्तो छ  माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

यस्तो छ माथिल्लो त्रिशूली थ्री ए को नालीबेली !

काठमाडौं । लामो प्रतिक्षापछि ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको औपचारिक...   

बाँकेमा बस दुर्घटना हुँदा १२ जना घाइते

राँझा । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित...   
टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

टिकटकका १ अर्ब ५० करोड प्रयोगकर्ता

क्यालिफोर्निया। पछिल्लो समय निकै लोकप्रिय भइरहेको “टिकटक” नामको भिडियो एप डाउनलोड गर्नेहरुको संख्या...   
‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

‘दिसा–पिसाबले च्यापे कहाँ जाने ?सार्वजानिक शौचालय छैन’

काठमाडौँ । ‘शौचालयको पहुँचबाट कोही पनि वञ्चित हुन नपरोस्’ भन्ने नाराका साथ साताँै शौचालय दिवस भोलि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top