Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

नेकपाभित्र सभामुखको बहस, सभामुखको दौडमा को–को छन् नेताहरु ?

काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएसँगै सभामुख कसलाई बनाउने भन्ने बारे सत्तारुढ नेकपाभित्र बहस चिर्कदैं गएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको आगमनसँगै ओझेलमा परेको सभामुखबारेको बहस पुनः सुरु भएको हो । यस विषयमा सत्तारुढ दल नेकपाले औपचारिकरुपमा मुख नखोलेपनि पद हत्याउनकोलागि भित्रभित्रै पूर्व एमाले र पूर्व माओवादीबीच तिव्र प्रतिस्पर्धा सुरु भएको बताइन्छ ।

संविधानतः सभामुख र उपसभामुख पद फरक दल र लिंगको हुनुपर्ने व्यवस्था भएको कारण पनि नेकपाले दुई मध्ये एक पद छाड्नु पर्नेछ । तर, उपसभामुख पनि सत्तारुढ दलकै भएको कारण नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिन लगाएरै भए पनि सभामुख पद आफै राख्ने रणनीतिमा रहेको बताइन्छ ।

संवैधानिक व्यवस्थाका कारण नेकपा समस्यामा

झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख पाउने कुरामा कुनै द्विविधा नभएपनि संवैधानिक व्यवस्थाका कारण नेकपा समस्यामा परेको हो । संविधानमा सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने व्यवस्था छ । अहिले उपसभामुख पनि नेकपाबाटै छन् ।

संविधानमा सभामुख र उपसभामुख फरक दल मात्रै नभई फरक लिंगको पनि हुनुपर्ने व्यवस्था छ । नेपालको संविधानको धारा ९१ (२)मा सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने व्यवस्था छ ।

संवैधानिक व्यवस्था बाध्यकारी भएको कारण नेकपाले उपसभामुख पदलाई छोडेर भएपनि सभामुख पद लिने रणनीतिमा छ । स्रोतले जनाएअनुसार नेकपाभित्र उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई राजीनामा दिन लगाई सभामुख पद दाबी गर्ने छलफल अन्तिम चरणमा पुगेको छ ।

पूर्वमाओवादी पक्षको दावी

सभामुख पद रिक्त भएसँगै नेकपाभित्र चलेको वहसमा पूर्वमाओवादी पक्षले आफ्नो दाबी अगाडि सारेको छ । विगतमा पूर्वमाओवादीकै तर्फबाट कृष्णबहादुर महराले सभामुख पद पाएकाले अब पनि उक्त पद पूर्वमाओवादी पक्षले नै पाउनुपर्ने दाबी छ । पार्टी एकतापश्चात कार्यकारी भूमिकाका धेरै पद पूर्वएमालेले पाएको हुँदा सभामुख माओवादी पक्षले पाउनुपर्ने पूर्वमाओवादी खेमाको सर्त छ ।

पूर्वएमाले पक्षधर भने पार्टी एक भईसकेकाले पद कुन खेमाले पाउने भन्ने बहस अनुपयुक्त भएको भन्दै अडान लिन थालेका छन् । पूर्वएमाले खेमा पूर्वसभामुखसमेत रहेका सुभाषचन्द्र नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । नेम्वाङको नाममा सहमति जुट्न नसके शिवमायालाई बनाउने उनिहरुको चाहना छ ।

को–को छन् पूर्वमाओवादी खेमाबाट ?

सभामुख पदको लागि पूर्वमाओवादीबाट ओनसरी घर्ती, जयपुरी घर्ती र देव गुरुङ्गको नाम बढि चर्चामा छ । पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्तीले पदको लागि आफुँ सबैभन्दा उपयुक्त उम्मेदवार भएको बताउने गरेकी छिन् । यता नेकपाका प्रमुख सचेतकसमेत रहेका देव गुरुङ्गको चर्चा पनि निकै चलेको छ । नेकपाका एक नेताले बताएअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देव गुरुङ्गको नाममा सकारात्मक छन् ।

पूर्वमाओवादी पक्षबाट आधा दर्जनजतिले सभामुख पदमा आफ्नो इच्चा देखाएका छन् । अग्नि सापकोटा, देवेन्द्र पौडेल, हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले पनि सभामुख पदको लागि पार्टीभित्र लबिङ्ग गरिरहेको जनाइएको छ । नेकपाका प्रभावशाली नेता जर्नादन शर्मा ‘प्रभाकर’ ले सभामुखको लागि इच्छा देखाएको बताइएको छ । सफल मन्त्रीका रुपमा चर्चा कमाएका प्रभाकरबारे नेकपाभित्र धेरै नेताहरु पनि सकारात्मक रहेको बताइएको छ ।

सरकारको गठबन्धन टिकाउन समाजवादीलाई उपसभामुख

संवैधानिक प्रावधान अनुसार सभामुख र उपसभामुख एउटै पार्टीले राख्न नपाउने संवैधानिक व्यवस्थाका कारण सत्तारुढ नेकपाले उपसभामुख पद छोडेर सभामुख पद लिने आन्तरिक निर्णयमा पुगेको बताईएको छ । नेकपाले उपसभामुख पद समाजवादी पार्टीलाई दिएर सभामुख आफुँले राख्ने तयारी पनि थालेको स्रोतले जनाएको छ । स्रोतले जनाएअनुसार सरकारमा सँगै रहेको समाजवादी पार्टीलाई नबिच्काउन नेकपाले उपसभामुखको अफर गर्न लागेका हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies