Khabar Dabali Logo
  February 25, Tue

प्रेरक प्रसंग : यसरी छुट्छ रक्सीको लत

काठमाडौं । एकपटक आचार्य विनोबा भावेको निवासमा उनलाई भेट्न एक जँड्याहा आइपुग्यो । उसले आचार्यलाई हात जोडेर भन्यो, ‘महात्माजी, यो रक्सीले मलाई मार्ने भयो । म यसलाई छाड्न चाहन्छु, तर यसले मेरो पिछा कहिल्यै छोड्दैन । त्यसैले तपाईं कुनै यस्तो उपाय बताउनुस्, जसले गर्दा यो रक्सीले मेरो पिछा छोडोस् ।’ आचार्य विनोबाले त्यस जँड्याहालाई अर्को दिन आउनू भन्दै बिदा गरे ।

त्यो मानिस जाँदाजाँदै आचार्यले भने, ‘भोलि आउँदा तपाईं मलाई बाहिरैबाट बोलाउनुस्, म आफैँ बाहिर आउनेछु।’

अर्को दिन त्यो जँड्याहा आयो र उसले बाहिरबाटै आचार्य विनोबालाई बोलायो । तर, आचार्य बाहिर निस्केनन् । बरु भित्रबाट उनको आवाज आयो, ‘हेर न मित्र, म कसरी बाहिर आऊँ ? यो खम्बाले मेरो पिछा छोडिरहेको छैन । म यसको जालबाट उम्किनै नसक्ने भएँ ।’

त्यो मानिसले आश्चर्य मान्दै भित्र चियाएर हे-यो, त्यहाँको दृश्य देखेर ऊ छक्क प-यो । भित्र आचार्य विनोबा खम्बा समातेर बसेका थिए । अनि उनी भनिरहेका थिए, यो खम्बाले मलाई छोड्नै मानिरहेको छैन । त्यो सब देखेपछि त्यस मानिसले आश्चर्य मान्दै भन्यो, ‘महात्मा, तपाईंले पनि कस्तो कुरा गर्नुभएको ? तपाईंले नै यो खम्बालाई समाइरहनुभएको छ अनि तपाईं नै भनिरहनुभएको छ कि यसले मलाई छोडिरहेको छैन । यसले तपाईंलाई समाएको हैन, तपाईंले यसलाई पो समाउनुएको छ । तपाईंले यसलाई छोड्नुभयो भने त यसले पनि तपाईंलाई छोडिहाल्छ नि ।’

यो सुनेपछि आचार्य मुस्कुराए र उसलाई सम्झाउँदै भने, ‘जसरी मैले यो खम्बा समाइरहेको थिएँ, त्यसैगरी तिमीले पनि रक्सीलाई समाइरहेका छौ । रक्सीले तिमीलाई हैन, बरु तिमीले रक्सी छोडिरहेका छैनौ । यसैले तिमीले रक्सी छोड्यौ भने रक्सीले पनि तिम्रो पिछा आफसेआफ छोड्नेछ ।’

आचार्यको यस्तो भनाइ सुनेपछि त्यस मानिसले त्यही दिनदेखि रक्सी पिउन छोडिदियो ।

स्रोत : सामाजिक सञ्जाल

अशोज २८ गते, २०७६ - १३:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशभरको मौसममा बदली, मंगलबार राति मेघगर्जनसहित पानी पर्ने अनुमान

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशभरको मौसममा बदली आएकाे छ । मंगलबार दिउँसाेदेखि देशका मध्य,...   
विप्लव समूहद्वारा भोलि शैक्षिक आम हड्तालको घोषणा (विज्ञप्तिसहित)

विप्लव समूहद्वारा भोलि शैक्षिक आम हड्तालको घोषणा (विज्ञप्तिसहित)

काठमाडाैं । नेत्र विक्रम चन्द (विप्लव) समूहले फागुन १४ गते शैक्षिक आम हडतालको घोषणा गरेको छ । विप्लव...   
नेपाल ट्रष्टको सम्पत्ति कहाँ कति ? सरकारले सार्वजनिक गर्यो श्वेतपत्र (पूर्णपाठसहित)

नेपाल ट्रष्टको सम्पत्ति कहाँ कति ? सरकारले सार्वजनिक गर्यो श्वेतपत्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचलसम्पत्तिबारे श्वेतपत्रमार्फत विवरण सार्वजनिक...   
संसदभित्र शर्मनाक अवस्था, गणपुरक संख्या नपुग्दा बैठक नै स्थगित

संसदभित्र शर्मनाक अवस्था, गणपुरक संख्या नपुग्दा बैठक नै स्थगित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक गणपुरक संख्या नपुगेपछि स्थगित भएको छ । बैंक तथा वित्तिय...   

गणपुरक संख्या नपुगेपछि संसदमा बजाइयो घण्टी

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापना विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत...   

देशको स्वास्थ्यको लागि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ : गगन थापा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन...   
प्रधानमन्त्री ओलीलाई मिनेन्द्र रिजालको प्रश्न : के तपाईंको घरले तपाईंलाई चिन्यो त ?

प्रधानमन्त्री ओलीलाई मिनेन्द्र रिजालको प्रश्न : के तपाईंको घरले तपाईंलाई चिन्यो त ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्रीको जन्मदिनको कार्यक्रमले...   
जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

जापानी वैज्ञानिकले बनाए मान्छेले जस्तै दुखाई अनुभूति गर्ने रोबोट, तस्बिर बन्यो भाइरल

काठमाडौं । जापानका वैज्ञानिकले एक अनौठो रोबोट बनाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार...   

राष्ट्रपति ट्रम्प बसेको हाेटल नजिकै हिंसात्मक प्रर्दशन, प्रहरी अधिकारीसहित ७ को मृत्यु, ११० जना घाईते

काठमाडौं । नागरिकता संशोधन कानून (सीएए)को विरोधमा उत्तर–पूर्वी दिल्लीमा सुरु भएको हिंसात्मक प्रर्दशन...   

संघीय संसदको बैठक बस्दै, बाँस्कोटा काण्डलाई जोडदार उठाउने प्रतिपक्षीको तयारी

काठमाडौं । संघीय संसदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सेक्यूरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटाले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top