Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा । उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ्रे मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ ।

दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो । समूह समूहमा आएका पर्यटकका साथै पारिवारिक घुमघाममा आएका पर्यटक यतिखेर कतै सामूहिक फोटो खिचाउँदै छन् त कतै सेल्फी खिच्दै गरेका देखिन्छन् । दशैँ बिदा शुरु भएलगत्तै विभिन्न भागबाट पोखरा आउने पर्यटकका कारण यहाँका पर्यटन व्यवसायीलाई यो यामको उपयोग गर्न भ्याइनभ्याइ छ ।

विगतका वर्षमा यस याममा विदेशी पर्यटककको पनि राम्रै चाप देखिने गरेकामा यस वर्ष भने उक्त सङ्ख्या उत्साहजन नदेखिएको मेरिगोल्ड होटेल लेकसाइटका सञ्चालक विश्वराज अधिकारीले बताउनुभयो । विदेशी पर्यटकको आगमन हुने मुख्य याम भए पनि उनीहरूको सङ्ख्या उल्लेख्य नभएको बताउँदै उनले आएका विदेशी पनि गाउँतिर आकर्षित बन्ने गरेको बताए ।

“पोखराको लेकसाइट र आसपासमा यतिखेर विदेशीभन्दा आन्तरिक पर्यटकको सङ्ख्या धेरै देखिन्छ, विदशी पर्यटक शहरभन्दा गाउँतर्फ आकर्षित बनेका छन्”, माछापुच्छ्रे गाउँपालिका वडा नं ६ उपल्लो अस्ताममा अन्नपूर्ण इको भिलेजसमेत सञ्चालन गर्दै आएका अधिकारीले भने ।

दशैँको बिदा शुरु भएयता लेकसाइट क्षेत्रमा आन्तरिक पर्यटकको चाप भने उत्साहजन देखिएको बताउँदै उनले दशैँ र आसपासका केही दिनमा यहाँका होटेलमा झण्डै ९५ प्रतिशतसम्म आन्तरिक पर्यटकको भरिएको जानकारी दिए ।

अन्नपूर्ण चक्रीय पदमार्ग, धौलागिरि चक्रीय पदमार्ग र मर्दी हिमाल ट्रेक जाने मुख्य गन्तव्य पोखरा भएकाले पदयात्री पर्यटकका कारण पनि यस समयमा पोखरामा पर्यटकको चाप हुने गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष एवं होटल रानिवन अर्किट, लेकसाइटका सञ्चालक हरि भुजेलले बताए ।

उनका अनुसार प्रत्येक वर्ष सेप्टेम्बरको मध्यदेखि अक्टोबर, नोभेम्बरसम्म पदयात्राको मुख्य याम मानिन्छ । विश्वकै उत्कृष्ट १० वटा पदमार्गमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग पोखरा हुँदै जाने भएका कारण पदयात्री पर्यटकले पनि यहाँका पर्यटनमा टेवा पुर्याएको उनले बताए ।

काठमाडौँबाटै बुकिङ गरेर पदयात्रामा आउनेलाई कतिपय एजेन्सीले भने सिधै पदयात्राको प्रारम्भ क्षेत्रमा पुर्याउने भएका कारण उनीहरूले पोखराको सौन्दर्यताको अनुभव गर्न नपाएको उनको भनाइ छ ।

दशैँ तिहारको समयमा धार्मिकरुपमा आउने भारतीय पर्यटकका कारण पनि पोखराको पर्यटन चलायमान हुने गरेको छ । अघिल्लो वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेपछि भारतका विभिन्न स्थानबाट मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

मुक्तिनाथ जानका लागि पोखरा अनिवार्य आउनुपर्ने भएका कारण पनि ती पर्यटक मुक्तिनाथ जाँदा र फर्कंदा केही दिन पोखरामा बिताउने गरेका छन् । पोखरा आउने पर्यटकले यहाँस्थित फेवातालमा डुङ्गा शयरदेखि सराङकोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुगी सूर्योदयसहित हिमशृङ्खलाको अवलोकन गर्ने गर्दछन् ।

धार्मिकरुपमा फेवातालको बीचमा रहेको तालबाराही मन्दिरका साथै यहाँका विन्ध्यवासिनी मन्दिर, भद्रकाली मन्दिर, गुप्तेश्वर महादेव गुफा आदिको अवलोकन गर्दछन् । मार्च, अप्रिल, नेपाली र अङ्ग्रेजी नयाँ वर्षको समय पनि पोखरामा पर्यटकको सङ्ख्या बढ्ने गरेको छ ।

दशैँ तिहारजस्ता चाडबाडले पर्यटन बजार चलायमान हुने गरेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । पछिल्लो समय नेपालीमा घुमफिर संस्कृति बढ्दै गएको बताउँदै उहाँले विशेष गरी बिदाको समयमा देशका विभिन्न स्थान घुम्नेक्रम बढिरहेको उल्लेख गरे ।

नेपालका लागि भारत र चीन मुख्य पर्यटन बजार भएको बताउँदै प्रबन्धक थपलियाले दशैँलगत्तै चिनियाँ राष्ट्रपतिले गरेको नेपाल भ्रमणले यहाँ चिनियाँ पर्यटकको आमगन बढ्नसक्ने विश्वास व्यक्त गरे ।

विसं २०७२ को भूकम्पले प्रभावित नेपालको पर्यटन पछिल्ला वर्षमा वर्षेनी बढिरहेको छ । तथ्याङ्कअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ३९ हजार विदेशी पर्यटक नेपाल भित्रिएकामा सन् २०१६ मा उक्त सङ्ख्या सात लाख ५८ हजार पुगेको थियो ।

त्यस्तै विसं २०१७ मा नौ लाख ४० हजार विदेशी पर्यटक नेपाल आएकामा २०१८ मा ११ लाख ७३ हजार पर्यटक आएका थिए । पछिल्ला वर्षमा दशैँका अवसरमा सरकारी तथा निजी कार्यालय र कम्पनीले दशैँ पेश्की एवं बोनस दिने गरेका कारण पनि अधिकांशले यसको उपयोग घुमफिरमा गर्ने गरेका छन् ।

आन्तरिक पर्यटकको पहिलो रोजाइ पोखरा पर्ने भएकाले अधिकांशले दुईदेखि तीन दिनसम्मको समय छुट्याएर पोखरा आउँछन् । पोखरा आउने पर्यटकले माछापुच्छ्रे हिमालको छायाँ देखिने फेवातालमा डुङ्गा शयर गर्दै तालबाराहीको दर्शन गर्दछन् भने हिमाली दृश्यावलोकनका लागि सराङ्कोट, विश्वशान्ति स्तूपलगायतका स्थान पुग्ने गर्दछन् ।

तालबाराहीसहित पोखराका विन्ध्यवासिनी, भद्रकाली, गुप्तेश्वर महादेव गुफा धार्मिक पर्यटकीयस्थल हुन् भने यहाँका पातले छाँगो, सेती नदीको गल्छी, महेन्द्र गुफा, चमेरे गुफा र अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय दर्शनीय स्थल हुन् । त्यस्तै लेखनाथ क्षेत्रका बेगनास, रुपा, दीपाङ, मैदी, गुँदेजस्ता तालले पनि आन्तरिक पर्यटकलाई लोभ्याउने गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies