Khabar Dabali Logo
  June 1, Mon

गैँडाको आक्रमणमा परी एकको मृत्यु, एक घाइते

कावासोती । गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सोही सामुदायिक वनमा आइतबार साँझ नै स्थानीयवासीले फेला पारेका थिए । स्थानीयवासी वनभित्र दाउरा र खर काट्न गएका बखत तामाङको आक्रमणमा परी मृत्यु भएको उक्त सामुदायिक वनका पूर्वअध्यक्ष बलिराम महतोले बताए ।

कावासोती–१३ कै ३३ वर्षीय बुद्धिमाया गुरुङलाई पनि गैँडाले आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएकी उनकोे भरतपुरस्थित एलाइभ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए ।

सामुदायिक वनमा वैन पैदावार निकासी खुलाउँदा विशेष सावधानी अपनाउनुपर्नेमा त्यसो नगर्दा दुर्घटना भएको पूर्वअध्यक्ष महतोले गुनासो गरे । सीमित क्षेत्रमा सुरक्षाको प्रबन्ध गरी वन पैदावर निकाल्न अनुमति दिँदा यस्ता किसिमका दुर्घटना हुनबाट जोगिन सकिने उनले बताए ।

अशोज २८ गते, २०७६ - १२:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’

शरीरमा यस्तो लक्षण देखिए हुनसक्छ ‘ब्लड क्यान्सर’

एजेन्सी । मानव शरीर कोषिकाहरुले बनेको हुन्छ । जन्मिदा हामी साना थियौँ । कोषिकाहरु बढ्दै गएर हामी ठूलो...   
कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक

कर्णाली प्रदेशसभाका दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक

सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले दुई सदस्यलाई बैठकमा प्रवेश गर्न रोक लगाएको छ । प्रदेशसभा सदस्यद्वय...   
भक्तपरमा कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

भक्तपरमा कोरोनाविरुद्ध क्वारेन्टिन, आइसोलेशनदेखि शव व्यवस्थापनसम्मको तयारी

भक्तपर । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई फर्काउने प्रक्रिया शुरु गरेसँगै भक्तपुरमा कोभिड–१९...   
रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

रोग सर्ने डरले स्थानीयवासीले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टिन

जुम्ला । फैलिँदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि...   
क्वारेन्टिनबाट गोठमा राखेपछि…

क्वारेन्टिनबाट गोठमा राखेपछि…

दुल्लू । दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय...   
आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

आत्मबल बढाए निको हुन्छ : कोरोना विजयी गर्भवती

चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले...   
कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

कोरोनाबाट विश्वभर १२८ नेपालीको मृत्यु, १६ हजार संक्रमित

काठमाडौ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु...   
रुकुम घटना : घाइते युवाले गरे उपचारको माग

रुकुम घटना : घाइते युवाले गरे उपचारको माग

जाजरकोट । यही जेठ १० गते रुकुम(पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे...   

खर्च गर्ने क्षमतामा विस्तार गर्नुपर्नेमा सांसद पाण्डेकाे जोड

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक...   

औद्योगिक राष्ट्रहरुको समूह (जी ७) को बैठक स्थगित

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी७) को...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top