Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

चर्को भाडा फिर्ता गराउन प्रमुख जिल्ला अधिकारी सडकमा

सोलुखुम्बु । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफैं सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना पारी यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई समेत कडाइ गर्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरिया आफैँ सडकमा आएर नागरिकको गुनासो सुनेको यो पहिलो पटक हो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले बढी भाडा लिने सवारीलाई कारवाही गर्दै यात्रुको रकम फिर्ता गराइरहेको छ ।

बारम्बार सचेत गराउँदासमेत विभिन्न बहाना पार्दै यात्रुलाई बढी भाडा लिए पनि कतिपय यात्रु स्वयंले ढाँटेर दोषीलाई उन्मुक्ति दिने काम गरेको पाइएको प्रमुख जिल्ला अधिकारी खनालले बताए । उहाँले भने, “ट्राफिक प्रहरीको सक्रियता सन्तोषजनक छ, तर पनि स्थलगत गुनासो सुन्ने र आगामी योजना निर्माण गर्ने गरी राति नै सडकमा गयौँ, हे¥यौँ धेरै कुरा बुझ्यौँ ।”

आइतबार ओखलढुङ्गाबाट सोलुखुम्बु भित्रिएको सवारीसाधानमा जाँच गर्दा सात यात्रुबाट रु ५० का दरले बढी लिएको पाएपछि रकम फिर्ता गराइएको प्रहरी नायब उपरीक्षक चिमोरियाले जानकारी दिए । ओखलढुङ्गा सल्लेरीका लागि रु ४५० भाडा कायम गरिएको छ ।

सोमबार पनि थुलुङ दूधकोशीको दिप्लीघाटबाट सल्लेरी आउने जीपले निर्धारण गरिएको भन्दा रु ३०० बढी भाडा लएपछि फिर्ता गराइएको प्रहरीले जनाएको छ । २९ यात्रुको जनही रु ३०० भाडा फिर्ता गरिएको ट्राफिक प्रहरी नारयणबहादुर बस्नेतले जानकारी दिए ।

दिप्लीघाटदेखि सल्लेरीसम्मको रु ७०० भाडा निर्धारण गरिएको भए पनि यातायात व्यवसायीले रु एक हजार लिँदै आएका छन् । यस्तै सोमबारै काठमाडौँ जाने आठ यात्रुबाट बढी लिएको भाडा फिर्ता गराएको प्रहरीले जनाएको छ । सल्लेरी–काठमाडौँ रु एक हजार ६०० भाडा निर्धारण गरिएको भए पनि दुई जनाबाट रु दुई हजार र अन्य छ जनाबाट रु एक हजार ८०० भाडा लिएको पाइएको ट्राफिक प्रहरी बस्नेतले जानकारी दिए ।

बढी तिरिएको रकम फिर्ता पाएपछि यात्रु भने निकै खुशी भएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies