Khabar Dabali Logo
  November 15, Fri

काङ्ग्रेसको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले एकताको सन्देश दियो – उपसभापति गच्छदार

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा भएकाले यसको रक्षा गर्नु सबैको जिम्मेवारी हो भनेका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जनताको बलिदानबाट आएको यो व्यवस्थाबाट प्राप्त संविधानलाई संस्थागत गर्न सबैको बराबरी दायित्व छ भने । उनले सत्तापक्षले प्रतिपक्षसँग हातेमालो गरेर काम गर्नुपर्ने सुझाव दिँदै काङ्ग्रेसले आयोजना गरेको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले सहमति, सहकार्य र एकताको सन्देश गएको बताए ।

उपसभापति गच्छदारले नेपालको संविधान साझा दस्तावेज भएकाले यसको रक्षा गर्न सत्तापक्ष र प्रतिपक्षले दायित्व लिनुपर्छ भने । “लोकतन्त्र कसैको निगाह र दयाले नभई जनताको बलिदानबाट आएकाले यसलाई मास्छु कसैले भन्छ भने त्यो सपना मात्र हुनेछ”, उपसभापति गच्छारको भनाइ थियो । उहाँले विगतमा राजनीतिक अस्थिरताका कारण विकास हुन नसकेको भनाइ राख्दै अहिलेको सरकार दुई तिहाइ बहुमतको भएकाले विकास र शान्तिले सार्थकता पाउनेमा आफू आशावादी रहेको चर्चा गरे ।

अशोज २७ गते, २०७६ - २०:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी...   

कास्कीबासीले भने – ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’

कास्की । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको...   

सरकारले सिमा सुरक्षा गर्न नसकेकाेप्रति सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश...   

शेयरधनीलाई बाँकी रहेको लाभांश बुझिलिन एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन...   

एक सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ ।...   

राजनीतिक आडमा तरुणदलको ‘अपराधकर्म’: हतियार साथमा भएकै कारण पाँच करोड बढीको ठेक्का

बाँके । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले...   

चेक कीर्ते गरि बैंकबाट बढी रकम निकाल्ने प्रहरी जवान पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम...   

आवासीय भवनमा आगलागीः पाँचको मृत्यु, तीन घाइते

हेफेइ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको...   

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन...   

चोरीका गाडीसहित कलङ्कीबाट दुईजना पक्राउ

काठमाडौं । चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top