Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

उपलब्धि संस्थागत गर्न एकजुट हुुनुपर्छ - मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई संस्थागत गर्न एकजुट हुनुपर्न धारणा व्यक्त गरेका छन् । आज यहाँ आयोजित ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले दलित समुदायबारे संविधानमा उल्लेख अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

“संविधानमा दलित समुदायका बारेमा धेरै अधिकार सुनिश्चित भएको छ, तर त्यसलाई कानून बनाएर कार्यान्वयन गर्ने विषयमा चुनौती छ, त्यसको सामना गर्नका लागि पनि देश र विदेशमा रहेका सम्पूर्ण दलित समुदायबीच एकतासँगै सङ्घर्ष गर्नुपर्ने आवश्यक छ”, मन्त्री विश्वकर्माले भने। दलित समुदायले गर्दै आएका पेशा व्यवसायलाई व्यवस्थित र आधुनिकीकरण गर्दै त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले संविधान कार्यान्वयनमा चुनौती देखिएको भन्दै कार्यान्वयनमा दलित महिला, दलित, मधेशी, आदिवासी जनजातिलगायत सम्पूर्ण उत्पीडित समुदायबीचको एकता आवश्यकता छ भने । पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछूतका घटना दिनप्रतिदिन बढ्दै गएको र त्यसबारे सरकार गम्भीर नभएको भन्दै उनले गुनासो गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तिलक परियारले पछिल्लो समयमा लोकसेवा आयोगले संविधानमा भएको व्यवस्था विपरीत प्रकाशन गरेको विज्ञापनबाट पनि संविधान कार्यान्वयनमा चुनौती छ भने । सांसद लक्ष्मी परियार, पूर्वमन्त्री जीतु गौतम, समाजवादी पार्टीका सचिव दुर्गा सोवलगायतले व्यावहारिक रुपमै राज्यका हरेक संरचनामा दलित समुदायको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्व मञ्च युएसएलगायतका सङ्घ/संस्थाघद्वारा आयोजित दुई दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा दलित अधिकारकर्मीहरु डा विष्णुमाया परियार र डा निर्मला विश्वकर्मालगायतले दलित आन्दोलनको अबको बाटो, दलित समुदायको अधिकार, वर्तमान अवस्था लगायतका विषयमा कार्यक्रम प्रस्तुत गर्नेछन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies