Khabar Dabali Logo
  November 14, Thu

गृहमन्त्री बादलले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले चिनिया राष्ट्रपति सि चिन फिङको भमणको क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिएका छन् ।

आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि तयार पारिएको सुरक्षा कार्ययोजना प्रभावकारी भएको भन्दै यसले विश्वस्तरमै नेपालको सुरक्षा राम्रो रहेको सन्देश प्रवाह भएको बताए ।

उनले सरकारले दिएका जिम्मेवारी सुरक्षाकर्मीले धेरै राम्रो ढंगले निभाएको भन्दै निति निर्माणमा संलग्न देखि सडकमा खटिने सुरक्षाकर्मीसम्मको योगदानले भ्रमण सफल भएको टिप्पणी गरे।चिनिया पक्षले समेत भ्रमणको क्रमममा नेपालले गरेको सुरक्षा व्यवस्थाको प्रशंसा गरेको गृहमन्त्री थापाले बैठकमा जानकारी गराए ।

गृहमन्त्री थापाले नेपाल एक चीन निती प्रति प्रतिवद्ध रहेको दोहाराउँदै आगामी दिनमा पनि नेपालबाट चीन विरोधी कुनै गतिविधि नहोस् भनेर सतर्क रहन सुरक्षा निकायका प्रतिनिधिहरुलाई निर्देशन दिए ।

उनले चिनिया राष्ट्रपति सिको भ्रमण ऐतिहाँसिक भएको तथा नेपालको आर्थिक, सामाजिक, सास्कृतिक विकासमा यो भ्रमण कोशेढुङ्गा सावित हुने विश्वाँस व्यक्त गरे ।

बैठकमा गृहसचिव प्रेमकुमार राईले सफल सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मीहरुलाई बधाई तथा धन्यवाद दिँदै यो अनुभवले आगामी दिनमा ठुलो सहयोग पुग्ने विश्वाँस व्यक्त गरे ।

बैठकमा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक पुस्कर कार्की, नेपाली सेनाका उपरथि शशिचन्द्र बहादुर सिंह लगायत सहभागी थिए ।

अशोज २७ गते, २०७६ - १९:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो रह्यो बङ्गलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण

यस्तो रह्यो बङ्गलादेशका राष्ट्रपति हमिदको पोखरा भ्रमण

कास्की । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको...   
दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ : महासचिव पौडेल

दलगत स्वार्थलाई पन्छाएर साझा जिम्मेवारीका साथ अगाडि बढ्नुपर्छ : महासचिव पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले विकासमा सहयात्रा...   

सल्यानमा जीप दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु, आठ घाइते

दाङ । सल्यानमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ भने आठजना घाइते भएका छन्...   

सामाजिक सुरक्षामा सहभागी हुने महासङ्घको पुनः प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा...   
नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

नेपालले भारतलाई जितका लागि १९४ रनको लक्ष्य दियो

बङ्गलादेश । बङ्गलादेशमा जारी एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेटमा नेपालले भारतलाई १९४ रनको मध्यम...   

प्रधानमन्त्री आफैंले माेदीसँग वार्ता गर्नुपर्छ : नेता पौडेल

झापा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल सरकारले सीमा विवादमा देखिएको समास्या...   

यात्रुबाहक बस र टेम्पो ठोक्किँदा सात जनाको मृत्यु, बाह्र घाइते

दिल्ली । भारतको राजस्थान राज्यमा बुधबार राती भएको दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ ।...   

सरकारले कर्मचारीको अवकाश उमेर हद बढायो, अब ६० वर्ष

काठमाडौं । निजामती कर्मचारीको अनिवार्य अवकाशका लागि उमेरहद बढाइएको छ । यसअघि ५८ वर्ष उमेर पुगेपछि...   
मोदी र पुटिनले गरे भारत-रुस सम्वन्धको समिक्षा

मोदी र पुटिनले गरे भारत-रुस सम्वन्धको समिक्षा

सिकार, भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार ब्राजिलमा...   

चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

रुपन्देही । चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय ः नेताहरुको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top