Khabar Dabali Logo
  November 14, Thu

दाइजोको कारण भारतमा नेपाली मुलुककी चेलीको हत्या, अनुसन्धान जारी

विराटनगर । विराटनगर महानगरपालिका–११ कि एक विवाहित चेलीको शव सीमावर्ती बजार जोगवनीदेखि तीन किमि दक्षिण परमान खोलामा आइतबार फेला परेको छ ।

भारतको जोगवनी प्रहरी चौकीका प्रमुख अफताब अहमदले दिएको जानकारीअनुसार विराटनगर–११ माइती भएकी २२ वर्षीया रन्जना सहनी (बहरदार) को शुक्रबार राति भारतको अररीया जिल्लाको जोगवनीस्थित भेडयारीमा हत्या भएको अनुमान गरिएको छ । मृतकको अनुहार र शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ । सहनीलाई दाइजोका लागि उनका परिवारका सदस्यले हत्या गरेको आशङ्का गरिएको छ ।

भारतीय प्रहरीले हत्या आरोपमा मृतकका पति भारतीय नागरिक जोगवनी भेडयारीका–२५ वर्षीय भीम बहरदार सहनी, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ रहेको छ । सासू र जेठानी भने फरार रहेकोमा उनीहरुलाई खोजीकार्य भइरहेको भारतीय प्रहरीको भनाइ रहेको छ ।
कुटपिटपछि हत्या भएको अनुमान गरिएको छ भने थप आवश्यक अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
रासस

अशोज २७ गते, २०७६ - १४:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिया कप क्रिकेट : पारस र सन्दीपविना भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज ९बिहिबार० बलियो प्रतिद्वन्द्वी भारतसँग...   

चापागाउँ सडकखण्ड बल्ल कालाेपत्रे हुँदै

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तिहारभन्दा पहिला नै चापागाउँ सडकखण्ड कालोपत्रे...   

त्रिभुवन विमानस्थलमा बन्दै गरेकाे दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महिनाभित्रै सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’...   

सरोगेसी’ले दियो ज्योति परिवारलाई ठूलो धक्का

काठमाडौं । नेपालमा कानुनले नै प्रतिबन्ध लगाएको सरोगेसी (आमाको कोख भाडामा दिने कार्य)मा ज्योति परिवारबाट...   

सिन्धुलीगढी सम्पदा सङ्कटमा : ऐतिहासिक सम्पदामाथि बेवास्ता गरि पर्यटन विकासको पहल थालिँदै

काठमाडौं । पुरातात्त्विक महत्त्व एवं सम्पदा संरक्षणको ख्याल नगरी पर्यटन विकासको पहल थालिँदा ऐतिहासिक...   

बालबालिकामा देखिने बेग्लै खालको मानसिक समस्या ‘मुड स्विङ’ बारे तपाईंले के थाहा पाउनुपर्छ ?

काठमाडौं । तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै...   

पुरानो बोइङ ३९ करोड रुपैयाँ कम मूल्यमा बेच्न निगमकाे तेस्रो बेलपत्र आह्वान

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र...   

नेकपाकाे सांगठनिक गतिविधि भद्रगोल , अझै गठन हुन सकेन पोलिटब्युरो कमिटि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक...   

कहिले बन्छ नेपाल–चीन सीमा अनुगमन संयन्त्र ?

काठमाडौं । नेपाल–चीन सीमा अनुगमन संयन्त्र बन्न नसक्दा लामो समयदेखि सीमा अनुगमन हुन नसकेको पाइएको...   

आजको राशिफल कस्तो छ ? हेर्नुहोस्

काठमाडौं । वि.सं.२०७६ साल कात्तिक २८ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top