Khabar Dabali Logo
  November 22, Fri

दशैँ सकिएलगत्तै घट्न थाल्याे इन्धनकाे माग

काठमाडौं । दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५ प्रतिशतमा झरेको छ । तर, तिहारसम्म इन्धनको माग वृद्धि भइरहने नेपाल आयल निगमले जनाएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ नेपाल आयल निगम थानकोट डिपोका प्रादेशिक प्रमुख बिनितमणी उपाध्यायका अनुसार इन्धनको माग गत सालभन्दा पेट्रोल १५ र डिजेल १० प्रतिशतले वृद्धि भएको छ । यो हरेक वर्ष वृद्धि हुदैँ आएको प्रतिशत हो । जाडो मौसम सुरु भएकाले पनि इन्धनको माग बढ्ने प्रमुख उपाध्यायको भनाइ छ ।

दशैँका अवसरमा यात्रुको चाप बढेपछि सवारी साधन बढी गुड्ने र बजारको चहलपहलले गर्दा माग बढेको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ । सवारीको चापले गर्दा इन्धनको माग बढेको छ । दैनिक आठ लाख ५० हजार पेट्रोल र सोही परिणाममै डिजेल बिक्री भएको थियो । माग बढे पनि बजारमा इन्धनको अभाव हुन नदिइएको गोइतले जानकारी दिए ।

दशैँको बिदामा पनि पेट्रोलियम पदार्थको आपूर्ति रोकिएन । दशैँमा निगमले तीन दिन बिदा मनाए पनि बिक्री वितरणलाई भने निरन्तरता दियो । दशैँ तिहारमा माग बढ्न सक्ने भएकाले निगमले पूर्ण क्षमतामा ४८ हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गरेको थियो । अझ केही दिन इन्धनको माग नघट्ने प्रमुख उपाध्यायको दाबी छ ।

अशोज २७ गते, २०७६ - १३:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धमाधम पक्राउ पर्दै विप्लव कार्यकर्ता

दाङ । प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन गइरहेको दाङमा प्रहरीले धमाधम नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका...   

महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा भारत नेपालबिच सीमा सुरक्षा बैठक सुरु हुँदै

काठमाडौं । नेपाल भारतबीच सीमा विवाद भइरहेका बेला आजदेखि पोखरामा दुई देशबीच सीमा सुरक्षा बैठक सुरु...   

प्रधानमन्त्रीलाई मृगौला दिने बुहारी पनि पीडामा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा...   

मन्त्रीमण्डल हेरफेरको बारेमा राष्ट्रपति भेटन् जादैं प्रधानमन्त्री ओली र प्रचण्ड

काठमाडौं । मन्त्रीपरिषद् परिवर्तनको चर्चासँगै आज बिहान ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका...   

विदेशको विज्ञता स्वदेशमा उच्च आकर्षण, कार्यविधि नहुँदा समेट्न अन्योल

काठमाडौं । विदेशमा रहेका नेपाली विज्ञको सीप, ज्ञान र दक्षता स्वदेशको समृद्धिका लागि उपयोग गर्ने उद्देश्यसहित...   

मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना

काठमाडौं । मुलुकमा पहिलोपटक आधुनिक फलाम खानी कम्पनी कानुनी रूपमा स्थापना भएको छ । कम्पनी रजिष्ट्रारको...   

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्न नेकपाका शीर्ष नेता आन्तरिक गृहकार्यमा जुुटेका छन् । सत्तारुढ...   

असफलता ढाक्न सचिवालय परिवर्तनको हल्ला

काठमाडौं । सरकार संचालनको २० महिना हुँदा पनि जनताका अपेक्षाअनुसार काम हुन नसकिरहेका बेला गत साता बालुवाटारबाट...   

निर्मला बलात्कार–हत्या प्रकरणः दोषको दुनो दिलीपतिरै

काठमाडौं । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले प्राविधिक टोलीले डीएनएलाई प्रमाण मान्न...   

स्कुले युवती पूरा बोहरा बलात्कारका दोषीलाई साढे ११ वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले बैतडीकी एक स्कुले युवती पूजा बोहारालाई बलात्कार गर्ने सागर भट्ट र अमरराज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top