Khabar Dabali Logo
  November 19, Tue

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल भ्रमणका बेला मधेश केन्द्रित पार्टीका नेताहरुलाई वेवास्ता गरिएको प्रति आपत्ति जनाएका छन् । उनले चिनियाँ राष्ट्रपतिसँग मधेशी नेताहरुको पनि भेटघाट गराउनुपर्नेमा सरकारले वेवास्ता गरेको भन्दै विरोध जनाएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सरकारको कार्यशैलीले गलत परम्पराको विकास भएको भन्दै यस्ता संवेदनशील कुरामा ध्यान पु-याउन आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे टिप्पणी गर्दै भट्टराईले उत्तरी देशका नेता आउँदा हिमाल/पहाड र दक्षिण देशका नेता आउँदा मधेश/तराई हेर्ने परम्परा सरकारले बसाल्न खोजेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले भनेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो । अन्यथा उत्तरी छिमेकीले हिमालरपहाड र दक्षिण छिमेकीले मधेसरतराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ !’ भट्टराईले भावनात्मक कुरामा संवेदनशील हुनुपर्ने पनि बताएका छन् ।

भट्टराईले चिनियाँ राष्ट्रपतिको भ्रमणको बेला कार्यकारी प्रधानमन्त्री अगाडि सर्नुपर्नेमा राष्ट्रपतिलाई अगाडि सारिएको भन्दै विरोध जनाएका छन् । उनले औपचारिक वार्ता र सहमतिहरु कार्यकारीसँग गर्ने परम्परालाई ध्यान नपु¥याइएको पनि बताएका छन् ।

अशोज २६ गते, २०७६ - २२:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघको निर्णय : सबै नेता तथा कार्यकर्ता अनिवार्य स्वरोजगार

राष्ट्रिय युवा संघको निर्णय : सबै नेता तथा कार्यकर्ता अनिवार्य स्वरोजगार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघले संगठनमा आवद्ध...   
अंग्रेजको उपेक्षामा रहेको थियो लिम्पियाधुरा

अंग्रेजको उपेक्षामा रहेको थियो लिम्पियाधुरा

अहिले सबैभन्दा चर्चामा रहेको काली नदिको शिर लिम्पियाधुरा वास्तवमा एकान्त धेरैजसो हिउँ परिराख्ने...   

विप्लवका जिल्ला नेता पक्राउ

घोराही । दाङको तुलसीपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपाका एक जना जिल्ला नेता पक्राउ...   

नेमकिपाका उम्मेदवारसहित नेताहरु नेकपा प्रवेश

भक्तपुर । नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट...   
प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनी, ६० प्रतिशतसम्म छुट

काठमाडाैं । सहुलियत रुपमा पुस्तक उपलब्ध गराई पठन संस्कृतिको विकास गर्ने उद्देश्यले नेपाल प्रज्ञा...   

बंगलादेशकी प्रधानमन्त्रीद्वारा प्याज नखाने घोषणा

काठमाडौं । प्याजको मूल्य आकाशिएपछि बंगलादेशकी प्रधानमन्त्रीले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने...   
अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

अमिताभको फिल्म ‘झुंड’लाई कपिराइटको आरोप

काठमाडौं । अमिताभ बच्चनको आगामी फिल्म ‘झुंड’ रिलिज हुनुअघिनै कानुनी झमेलामा फसेको छ। अमिताभको...   

प्रश्नमा उपेन्द्रकाे दिल्ली भ्रमण, के सरकार बारे छलफल हुन्छ ?

काठमाडौं । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र...   
मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारी, अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता हुँदै

काठमाडौं । मन्त्रिपरिषद् पुर्नगठन गर्ने निश्चित भएपछि तयारी तिव्र बनेको छ । आइतबार बसेको नेकपा सचिवालय...   
अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा चारजनाको मृत्यु

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तिमा चारजनाको मृत्यु भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top