Khabar Dabali Logo
  July 5, Sun

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् ।

अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला उहाँ त्यसतर्फ प्रस्थान गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न उहाँ त्यसतर्फ प्रस्थान गरेको बताइएको छ ।

त्यस क्षेत्रको शान्ति र सुरक्षा प्रबद्धनकोलागि सहयोग गर्न खानको भ्रमण भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्री खानले इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र राष्ट्रपति हसन रौहानीलाई भेट्नेछन् ।

यही वर्ष उहाँ इरान दोस्रो पटक जानु भएको हो । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले प्रधानमन्त्री खान साउदी अरब जाने संभावना रहेको गत हप्ता बताएका थिए ।

छोटो पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री खान अरब जाने संकेत गरेपनि थप कुनै विवरण भने दिएका थिएन ।

त्यसअघि गत महिना प्रधानमन्त्री खानले पनि खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरबिया र अमेरिकाले आफूलाई आग्रह गरेको बताएका थिए ।

गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्याङ्कर नियन्त्रणमा लिएयता अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ । युरोपेली प्रतिबन्धको उल्लंघन गर्दै सिरिया पु¥याउन लागिएको आशंकामा ट्यांकलाई नियन्त्रणमा लिइएको थियो । तर इरानले सिरिया नपठाउने विश्वास दिलाएपछि ट्यांकरलाई छाडिएको थियो ।

गत अगस्टमा अमेरिकाले ट्यांकरलाई नियन्त्रणमा राखिराख्न आग्रह गरे पनि जिब्राल्टरको अदालतले अस्वीकार गरेको थियो । जहाज नियन्त्रणमा लिन बेलायती जलसेनाले सघाएपछि बेलायत र इरानको समेत सम्बन्ध बिग्रेको थियो । जसको प्रतिक्रियास्वरूप इरानले पनि बेलायती झण्डा अंकित एक ट्यांकर नियन्त्रणमा लिएको थियो ।

अशोज २६ गते, २०७६ - १५:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top