Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी हुन् नेपाल र चीनबीच भएका २० सम्झौता (सूचीसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा दुई देशबीच २० वटा सहमति तथा सम्झौता भएको छ । दुई देशका राष्ट्राध्यक्ष तथा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तापछि सम्झौता सम्पन्न भएको हो । चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल र चीनबीच भएको सम्झौतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच नेपाल चीन सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ । शनिबार नेपाल आएका राष्ट्रपति सीले रात्रीभोजलाई सम्बोधन गर्ने क्रममा रेल्वेको सभाव्यता अध्ययन गरिने बताएका थिए ।

वार्ता समाप्तभएसँगै राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा चीन र नेपालबीच गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौँ महानगरपालिकालगायत सरकारी निकायसँग साझेदारी गर्नेसम्बन्धी १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि ती समझदारीपत्र दुवै देशका परराष्ट्रमन्त्री, अर्थसचिव, गृह, परराष्ट्रसचिवलगायत सम्बन्धित मन्त्रालयका सचिव एवं नेपालका लागि चिनियाँ राजदूतले आदानप्रदान पनि गरे ।

प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधारमन्त्रीका साथै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकारसहित नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकारी तथा राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ यी, अर्थ सचिव नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत उच्च चिनियाँ अधिकारी सहभागी थिए ।

यी हुन् २० सम्झौता

१. सीमा व्यवस्थापन प्रणालीबारे नेपाल र चीनको सम्झौता।

२. सरकारी तहमा क्षमता अभिवृद्धिका लागि दुई देशबीच समझदारी पत्र।

३. अपराध मामिलामा आपसी कानूनी साहायतासम्बन्धी नेपाल र चीनबीचको सन्धि।

४. सगरमाथा संरक्षण सहकार्यसम्बन्धी समझदारी पत्र।

५. नेपालको राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच क्षमता अभिवृद्धिका लागि लगानी र सहकार्यसम्बन्धी प्रमुख आयोजना प्रवद्र्धन गर्ने समझदारी।

६. चीनको छेङ्दुमा नेपालको ‘कन्सुलेट जेनरल’ राख्नेसम्बन्धी पत्र आदान–प्रदान।

७. चीन–नेपाल सीमापार रेल वे को सम्भाव्यता अध्ययनका लागि नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच समझदारी पत्र।

८. काठमाडौं महानगरपालिका र चीनको नानजिङबीच भगीनी सम्बन्ध स्थापना गर्ने सम्झौता।

९. बुटवल उपमहानगरपालिकाबीच र चीनको सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता।

१०. परम्परागत उपचारमा सहकार्यसम्बन्धी समझदारी पत्र।

११. प्रकोप जोखिम व्यवस्थापन र ‘इमरजेन्सी रेस्पोन्स’ सम्बन्धी गृह मन्त्रालयहरूबीच समझदारी पत्र।

१२. दुई देशका महान्यायाधीवक्ता कार्यालयबीच सहकार्यसम्बन्धी समझदारी पत्र।

१३. त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस संस्थान स्थापना गर्नेसम्बन्धी सम्झौता।

१४. व्यापारसम्बन्धी संयुक्त कार्यदल स्थापना गर्नेबारे दुई देशका वाणिज्य मन्त्रालयबीच समझदारी पत्र।

१५. नेपालबाट चीनमा साइट्रस फलहरूको निर्यातका लागि ‘फाइटोस्यानेटरी रिक्वायर्समेन्ट’ प्रोटोकल।

१६. नेपालमा ‘चाइना–एड अर्थक्वेक मोनिटरिङ नेटवर्क प्रोजेक्ट’ लाई प्रमाणपत्र प्रदान।

१७. लगानी सहकार्य कार्यदल गठनसम्बन्धी दुई देशका अर्थ मन्त्रालयबीच समझदारी पत्र।

१८. सुरुङ निर्माण सहकार्यबारे नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्राष्ट्रिय विकास सहकार्य एजेन्सीबीच समझदारी पत्र।

१९. सीमा सुरक्षा सामग्री र कार्यालय सामग्रीका लागि ‘एक्सचेन्ज अफ् लेटर’।

२०. काठमाडौं उपत्यकामा चीन सहायताको पानी वितरण सुधार परियोजनाबारे सम्भाव्यता अनुसन्धान बैठकको निर्णय।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies