Khabar Dabali Logo
  November 15, Fri

काङ्ग्रेसको चियापान जारी

काठमाडौं । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली काङ्ग्रेसले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ ।

दिउँसो एक बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरू भएको चियापानमा पार्टी कार्यकर्ता एवं आमन्त्रितको भीड छ । आमन्त्रितलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महतलगायत नेताले उभिएर स्वागत गरिरहेका छन् ।

चियापानकै अवसर पारेर नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहयोगमा पार्टी केन्द्रीय कार्यालय सानेपामा रक्तदानसमेत भइरहेको छ । हालसम्म तीन दर्जन बढीले रक्तदान गरेका छन् । चियापान बेलुकी ५ बजेसम्म जारी रहने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रमका लागि पार्टी केन्द्रीय कार्यालयमा झण्डासहित सजिसजाउ गरिएको छ । उपस्थितले शुभकामना आदानप्रदान गर्दै चियापान गरिरहेका छन् । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।

काङ्ग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उहाँलाई विभिन्न पेशा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउथे तर तत्कालीन शासकका गुप्तचरले भेट्न आउने व्यक्तिलाई चियोचासो र केरकार गर्थे । त्यसपछि दशैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बिपीले चियापान समारोह शुरु गरेको काङ्ग्रेसको इतिहासका लेखक पुरुषोत्तम बस्नेतले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, सञ्चारकर्मीलगायत विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता छ ।

काङ्ग्रेसले आज काठमाडौँ उपत्यकाका तीन जिल्लाको हकमा केन्द्रीय कार्यालयमा र बाँकी ७४ जिल्लाका सदरमुकाममा सम्बन्धित जिल्ला कार्यसमितिले चियापान समारोह आयोजना गरेको छ । सिन्धुपाल्चोकमा शुक्रबारको बस दुर्घटनामा परी १५ जनाको निधन भएकाले चियापान स्थगित गरिएको पार्टीले जनाएको छ ।

बिपीले शुरु गर्नुभएको चियापानको परम्परालाई पार्टीका पूर्व सभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै हाल देउवाले निरन्तरता दिएको हो ।

अशोज २६ गते, २०७६ - २०:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिहा भए व्यवसायी रुप ज्योति र उनकि छोरी सुरुची

काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका व्यवसायी डा। रुप ज्योति र उनकि छोरी सुरूची रिहा भएका छन्।...   

कास्कीबासीले भने – ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’

कास्की । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको...   
आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

आजभोली हरेक दिन विमानस्थल पुग्छन् पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई लागेको थियो ‘आफू भिआइपी...   

सरकारले सिमा सुरक्षा गर्न नसकेकाेप्रति सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश...   

शेयरधनीलाई बाँकी रहेको लाभांश बुझिलिन एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन...   

एक सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ ।...   

राजनीतिक आडमा तरुणदलको ‘अपराधकर्म’: हतियार साथमा भएकै कारण पाँच करोड बढीको ठेक्का

बाँके । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले...   

चेक कीर्ते गरि बैंकबाट बढी रकम निकाल्ने प्रहरी जवान पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम...   

आवासीय भवनमा आगलागीः पाँचको मृत्यु, तीन घाइते

हेफेइ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको...   

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top