Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी, १४ को मृत्यु, कयौं शहरहरु जलमग्न

एजेन्सी । जापानमा ६० वर्ष यताकै शक्तिशाली आँधी ‘हगिबीस’ले वितण्डा मच्चाएको छ । शक्तिशाली हावा र भारी वर्षाको कारण कयौं शहरहरु अस्थव्यस्त बनेका छन् । आँधीको चपेटामा परि अहिलेसम्म १४ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दर्जनौं मानिस सम्र्पकविहिन भएको पनि जनाइएको छ ।

जापानमा बितेको २४ घण्टाभित्र ९३.५ सेन्टिमिटरसम्म वर्षा भएको मापन गरिएको छ । कांगावा क्षेत्रमा सबैभन्दा बढि वर्षाभएको जनाइएको छ ।

आँधिले जापानको पूर्वी क्षेत्रमा ठुलो नोक्सानी निम्ताइएको जनाइएको छ । चिबा, गुनमा, कनागावा र फुकुशिमा सबैभन्दा बढि नोक्सानी पु-याएकोे छ । आँधीमा परि १०० भन्दा बढि घाईते पनि भएको पनि सञ्चार माध्यमले बताएका छन् ।

भारी वर्षाको कारण राजधानी टोकियो आसपासका धेरै क्षेत्र डुबानमा परेका छन् । अधिकांश ठाउँमा १६ फिटसम्म पानी भरिएको छ । टोकियोबाट ५० किमि टाढा कावागोए शहरमा बाढीमा परि एक बृद्धाश्रमका २६० मानिसहरु अलपत्र परेको जनाइएको छ । त्यहाँको स्थानीय प्रशासनले बाहिर निकाल्न प्रयास गरेपनि सफल नभएको सञ्चार माध्यमले जनाएका छन् ।

७३ लाख मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण

शक्तिशाली आँधीको कारण शनिबार जापानका अधिकांश शहर पुरै अस्थव्यस्त भए । १८० किमि प्रति घण्टाको रफ्तारमा आएको सामुन्द्रिक हावा र भारी वर्षाकारण धेरै बस्तिहरुमा नोक्सानी निम्त्यायो । केन्टो र शिजुओका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार आँधीको चपेटामा परेका करिब ४२ लाख मानिसलाई शनिबार नै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको थियो ।

\"\"/

पानीको मात्रा बढेसँगै फुकुशिमा, तोचिगी, गुन्मा, साइतामा, चीबा, टोकियोलगायतका स्थानमा ८ लाखभन्दा बढि मानिसलाई घर छोडी सुरक्षीत स्थानमा जान सरकारले अपिल गरेको छ ।

सबै हवाई रेल सेवा बन्द

जापानमा आँधीको कारण सबै हवाई सेवा स्थगित भएका छन् । सबै सिनेमाघर, सपिङ्ग कम्पलेक्स, उद्योगधन्दा बन्द गरिएको छ । मानिसहरुलाई घरबाट बाहिर नसिस्कन सरकारले अपिल गरिएको छ ।

\"\"/

मौसमविद्ले अहिलेको आँधी ६ दशक यताकै सबैभन्दा शक्तिशाली भएको पनि जनाएका छन् ।

यसअघि सन् १९५८ मा यस्तै प्रकृतिको आँधी आउँदा ठुलो नोक्सानी मच्चाएको थियो । त्यतिखेर १२ सय मानिसको मृत्यु भएको थियो भने हजारौं मानिस घरबार बिहिन भएका थिए ।

जापान सामुन्द्रिक आँधी र भूकम्पबाट अति संवेदनशील देश हो । यहाँ प्रत्येक वर्ष करिब २० भन्दा बढि शक्तिशाली आँधी आउने गरेको बताइन्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies