Khabar Dabali Logo
  June 4, Thu

पृथ्वीराजमार्गमा यात्रुवाहक बस दुर्घटना, एकको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको लु१च ७०४१ नंको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको ग१ख ४०२२ नंको यात्रुवाहक बस एकापसमा ठोक्किँदा जिप चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नवलपरासी सरावल गाउँपालिका–१ बस्ने २१ वर्षीय रमेश थारू रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । दुर्घटनामा घाइते भएका थारूको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।

तीव्रगतिमा आएका दुई सवारी घुम्तीमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । केरा बोकेर आउँदै गरेको जिप बसको ठक्करबाट पूर्णरूपमा क्षति भएको छ । बस चालक र बस प्रहरी नियन्त्रणमा छ ।

अशोज २६ गते, २०७६ - १०:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मृतक बाबुको पिसिआर रिपोर्ट नआउँदा छोराले किरिया गर्न पाएनन् !

सल्यान । जिल्लामा स्वाब सङ्कलन गरेको नौ दिन बितिसक्दा पनि पिसिआर रिपोर्ट नआएपछि छोराले आफ्ना बाबुको...   

सोती घटनाका आरोपितलाई १० दिन थुनामा राख्न अदालतको अनुमति

रुकुम । सोती घटनाका आरोपितलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । चौरजहारी नगरपालिका–८,...   

थप आठ प्रकारका मुद्दामा सुनुवाइ गर्ने सर्वोच्च अदालतको निर्णय

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठकले कोरोना भाइरसको जोखिम हुन नदिन जारी बन्दाबन्दीका अवस्थामा...   

बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने तीनवटै प्रशासनको निष्कर्ष

काठमाडौं । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निष्कर्ष...   

कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला गाँउपालिका...   

आज एकैदिन ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौं । नेपालमा बिहीबार एकै दिन थप ३३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा...   

यी हुन् भाेलीदेखि विदेशबाट आउनेका लागि तयार भएको सुविधासम्पन्न होटल

काठमाडौं । विभिन्न देशबाट सरकारले फर्काउन लागेको नेपाली नागरिकलाई राख्न सम्बन्धित स्थानीय तहले क्वारेन्टिन...   
विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

विदेशमा अलपत्र नेपाली भोलीदेखि उद्धार गरिने, युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

काठमाडाै‌ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा...   

प्रदेश नम्बर २ मा आज मात्रै १ सय २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९६१

धनुषा । प्रदेश नम्बर २ मा बिहिबार मात्रै १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश नम्बर...   

रौतहटमा आज मात्रै ६५ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा एकैपटक ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीवार राष्ट्रिय जनस्वास्थ्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top