Khabar Dabali Logo
  November 22, Fri

दसैँ मनाएर फर्कने यात्रु बढ्दै

पोखरा । बडादशैँको मुख्य दिन आश्विन शुक्ल दशमी (विजया दशमी) सकिएसँगै यतिखेर पोखराबाट आ–आफ्ना कार्यस्थल जाने व्यक्तिका कारण सवारीसाधनमा चाप देखिएको छ । सामान्यतः दशैँको टीका विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने गरिए पनि कास्की र आसपासका जिल्लामा सकेसम्म विजयादशमीकै दिनमा नै टीका लगाउने प्रचलन भएकाले उक्त दिन टीका लगाएर सर्वसाधारण आआफ्ना कार्यस्थलमा फर्कने गर्दछन् ।

दशैँका कारण केही दिन भने पनि चहलपहल भएका गाउँ बस्ती पुनः पूर्ववत् सुनसान हुँदै जान थालेका छन् भने शहरमा देशका विभिन्न भागका लागि बाहिरिने सवारीसाधनको चाप बढेको छ । हिजोदेखि नै फर्कने यात्रुको सङ्ख्या बढ्दै गएको पृथ्वी राजमार्ग बस कम्पनी लिमिटेडका अध्यक्ष योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

पोखराबाट पूर्व र पश्चिमतर्फ ४९ वटा रात्रि बस नियमित सञ्चालन भएकोमा दशैँको टीका लगाई फर्कने यात्रुका कारण सवारीसाधन थपेर ७० वटा बनाइएको उनले बताए । उनका अनुसार काठमाडौँलगायतका स्थानमा जाने माइक्रो बस भने बिहानैदेखि खचाखच भरिएर गएका छन् ।

दशैँमा फर्कने यात्रुको सुविधा, सुरक्षा एवं जथाभावी भाडा बढी लिने क्रमलाई नियन्त्रण गर्ने लक्ष्यका साथ ठाउँठाउँमा गस्ती एवं सुरक्षा जाँच भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरिक्षक बाबुराम केसीले जानकारी दिए । फूलपातीदेखि बिदा भएका सरकारी कार्यालय आजदेखि खुलेका कारण पनि बजार क्षेत्र एवं कार्यालयमा चहलपहल बढेको छ । रासस

अशोज २३ गते, २०७६ - १८:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लालबाबुको दुःखेसो : निधाईरहेको बेला पदमुक्त भएछु, जानकारी पनि भएन

लालबाबुको दुःखेसो : निधाईरहेको बेला पदमुक्त भएछु, जानकारी पनि भएन

काठमाडौं । पदमुक्त भएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफुँलाई...   
मन्त्रिपरिषद पुनर्गठन : किन फालिए आशालाग्दा चर्चित मन्त्री ?

मन्त्रिपरिषद पुनर्गठन : किन फालिए आशालाग्दा चर्चित मन्त्री ?

काठमाडौं । महिनौंदेखिको चर्चा र कसरतका बीच बुधबार राती प्रधानमन्त्री केपि शर्मा ओलीले मन्त्रिपरिषद...   
लालबाबुको विदाइले हौसिए कर्मचारी, नयाँ मन्त्रीको स्वागतमा देखियाे कर्मचारीको अनौठो भिड

लालबाबुको विदाइले हौसिए कर्मचारी, नयाँ मन्त्रीको स्वागतमा देखियाे कर्मचारीको अनौठो भिड

काठमाडौं । जबरजस्त कर्मचारी समायोजनको कारण कर्मचारीकै आँखाको तारो बनेका लालबाबु पण्डितको बिदाइसँगै...   
नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ

नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भण्डारीबाट लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा...   
मन्त्रिपरिषद पुनर्गठनले लज्जित बनायो : प्रभु शाह

मन्त्रिपरिषद पुनर्गठनले लज्जित बनायो : प्रभु शाह

काठमाडौं । नेकपा प्रभावशाली नेता एंव प्रदेश नं. २ का अध्यक्ष प्रभु शाहले मन्त्रिपरिषद पुनर्गठनले लज्जित...   

धरानका सयौंं युवालाई नेकपामा प्रवेश गराउँदै दीपशिखाले भने : देश बिगार्ने कम्युनिस्ट होइन काङ्ग्रेस हो

काठमाडौं । नेकपाका युवा नेता एंव राष्ट्रिय युवा संघका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले राष्ट्रिय...   

नेकपा सचिवालयको निर्णय : पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय वैठकले केपी शर्मा ओलीलाई नै पाँच वर्षसम्मै...   

मन्त्रिपरिषद पूनर्गठनको अन्तिम निर्णय लिन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको पुनर्गठन बारे अन्तिम निर्णय लिन नेकपा सचिवालय बस्न लागेको छ । प्रधानमन्त्री...   

काङ्ग्रेसका क्षेत्रीय कोषाध्यक्ष नेकपामा

कञ्चनपुर । नेपाली काङ्ग्रेस क्षेत्र नं १ का कोषाध्यक्ष टेकबहादुर साउद सत्तारुढ नेपाल कम्युनिट पार्टी...   

नेपालको झण्डा बारे अनाैठाे रहस्य, पढौ खोजमुलक इतिहास

काठमाडाैं । संसारभरि नै एकमात्र त्रिकोणात्मक झन्डा नेपालको छ । यो सनातन धर्म–संस्कृति एवं योग दर्शनमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top