Khabar Dabali Logo
  February 24, Mon

दशैँमा मदिरा बिक्री वितरण गर्न रोक

काठमाडौं । चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका सहायक प्रजिअ गोर्कणप्रसाद उपाध्यायले जानकारी दिए ।

मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधिलाई निरुत्साहित गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसितको समन्वयमा सो निर्णय गरिएको उनले बताए । “दशै‌ँमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएको छ”, सहायक प्रजिअ उपाध्यायले भने, “तिहारमा पनि भाइटीकालाई मध्यनजर गर्दै ४८ घण्टा बिक्री बन्द हुन्छ ।”

यसअघि चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउँदै आइएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी सङ्घ, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा बजार क्षेत्रमा स्थानीय तहसहित बजार अनुगमन गरिरहेका छन् ।

यस्तै सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरेको खबर लोकान्तर अनलाईनले लेखेको छ ।

अशोज १९ गते, २०७६ - १०:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमसिसी सम्झौता अनुमोदन भए हाम्रै देशमा हाम्रै ऐनकानुन नै नचल्ने खतरा हुन्छ : नारायणमान बिजुक्छेँ

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी...   

प्रधानमन्त्री ओलीप्रति भीम रावलको प्रश्न : देशलाई आमा भन्ने अनि काटेर खाने ?

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव कार्यक्रम अत्यन्त तडक–भडकसहित गरेको...   

कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित...   
वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल बनाएसँगै नेकपाभित्रको नयाँ खेल बाहिर...   
सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

सुरेन्द्र महर्जन ‘अमर’ को आउन माया बसी देऊ गीत सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । गीतकार एंव साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’काे गीत ‘आउन माया बसी देऊ’ सार्वजनिक भएकाे...   
के छ नेकपाको आचारसंहितामा ? के प्रम ओलीले करोड खर्च गरेर जन्मदिन मनाउन पाउँछन् ?

के छ नेकपाको आचारसंहितामा ? के प्रम ओलीले करोड खर्च गरेर जन्मदिन मनाउन पाउँछन् ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा पार्टी अध्यक्ष केपि शर्मा ओलीले मनाएको जन्मदिन अहिले निकैं...   
नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

नेपालको नक्शा राखिएको ‘ओली केक’ विवादमा, सामाजिक सञ्जालभर गालीको वर्षा

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिनको दिन काटेकाे केक विवादमा परेकाे छ ।...   

संविधान संशोधनका लागि माधवकुमार नेपालकाे नेतृत्वमा नेकपाले बनायो कार्यदल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनबारे गृहकार्य गर्न कार्यदल बनाएको छ । वरिष्ठ...   
सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सरकारको दुई वर्षे समिक्षा : राम्रो कामको प्रचार भएन, गलत कामलाई उचालियो

सकारात्मक पक्ष सरकारको दुईवर्षे कार्यकाललाई आर्थिक दृष्टिकोणबाट मुल्याङकन गर्दा समग्रमा आर्थिक...   

निर्भया हत्या मुद्दा : अपराधी विनयको उपचारको अनुरोध अदालतद्वारा खारेज

काठमाडौं । दिल्लीको एक अदालतले निर्भया सामूहिक बलात्कार तथा हत्याका एक अपराधी विनय कुमार शर्माको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top