Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेताको दशैं कस्तो ? कुन नेताले दशैंमा के गर्दैछन् ?

गणेश पाण्डे, काठमाडौं । नेपालीहरुको महान चाड दशैंतिहार घरआगनमा आइसकेको छ । काम र अध्ययनको सिलसिलामा देश विदेश गएका आम नागरिकहरु पनि आ–आफ्ना घर फर्किने क्रम जारी छ । कोही फर्किसेका छन् । कर्मचारी, प्रशासक, निजामती लगायतका सरकारी तथा निजि क्षेत्रमा कार्यरत कर्मचारीहरु विदाको ताँजोपाँजो मिलाउँदै छन् । अहिले दशैंतिहारको माहोल शहरबाट गाउँघरतिर बाक्लिदै गएको छ ।

आपसी भाइचारा, भातृत्व विकास, हर्षउल्लास र एक अर्काको सुखदुःख साटासाट गर्ने चाडको रुपमा दशैं र तिहारलाई लिइन्छ ।

वर्षभरीको राजनीतिक दौडधुपले थकित भएका उच्च तहका नेताहरु दशैतिहारको विदालाई परिवार, आफन्त, नातेदारसँग भेटघाट रमाइलो माहोलकोरुपमा सदुपयोग गर्दै आएका छन् । दशैंको आगमनसँगै संसदको बर्खे अधिवेशन समाप्त पछि नेताहरु विस्तारै ‘रि फ्रेस मोड’मा देखिन्थे । तर, सभामुख कृष्णबहादुर महरा संसद सचिवालयको एक कर्मचारीसँग यौन दुराचारको आरोप लागेपछि एकाएक राजनीतिक माहोल तातिएको छ । महराले सभामुखको पदबाट राजिनामा दिइसकेका छन् । विकसित घटनाक्रमलाई व्यवस्थापन गर्ने सम्बन्धमा नेताहरु आन्तरिक छलफल र भेटघाटमा व्यस्त छन् ।

दशैंको विदामा समेत संसदमा सभामुख चयनको विषयलाई लिएर नेताहरु आन्तरिक छलफलमा व्यस्त हुने देखिन्छ । यस बाहेक दशैंको विदामा कुनकुन नेताले के गर्दै छन् ? यसमा सबैको चासो हुन सक्छ ।

विद्यादेवी भण्डारी, राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारी यसपालिको दशैंमा काठमाडौं उपत्यकामा रहेका देवीको विभिन्न शक्ति पीठको दर्शन गरी विताउने योजना रहेको छ । दशैंमा खासै राजनीतिक भेटघाट तथा कार्यक्रम नहुने भएकोले राष्ट्रपति भवन सितल निवासमा आफन्त, नातेदारसंग बसेर दशैं मनाउने योजना रहेको सूचना सहयोगी श्रीधर गौतमले जानकारी दिए । यस पटक भीआइपी र सर्वसाधारणलाई राष्ट्रपतिबाट टिका लगाउने कुनै निर्णय नभएको समेत गौतमले जानकारी दिए । तर, राष्ट्रपतिको हातबाट टिका लगाउन इच्छुक भीआइपी, राष्ट्रसेवक, सर्वसाधारणलाई भने भण्डारी टिका लगाइदिने गौतमले बताए ।

नन्दबहादुर पुन, उप–राष्ट्रपति

उपराष्ट्रपति नन्दबाहादुर पुन यस बर्षको दशैं उपराष्ट्रपतिको निवासमै मनाउँने भएका छन् । दशैंमा परिवारसँग बसेर टिकाटाला गरी मनाउने उपराष्ट्रपतिका छोरा दिपेश पुनले बताएका छन् । टिकाको दिन उपराष्ट्रपतिले आफन्त, नातेदारसँग भेटघाटमा समय विताउने बाहेक अन्य नयाँ कुनै योजना नबनेको पुनको भनाइ छ ।

केपी शर्मा ओली, प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटरमा दशैं मनाउने भएका छन् । यस पटक दशैं मनाउन उनको निजि निवास बालकोट नजाने भएका हुन् । प्रधानमन्त्री निवासमै ओलीले बुवा मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गर्नुहुने प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले जानकारी दिएका छन् । यस बाहेक ओली आफन्त, नातेदार तथा शुभचिन्तकसँग बसेर दशैं मनाउने छन् ।

डाक्टर रामबरण यादव, पूर्वराष्ट्रपति

पूर्वराष्ट्रपति रामबरण यादबले दशैंमा निजि निवास धनुषा नजाने भएका छन् । सरकारले उपलब्ध गराएको ललितपुरको बागडोलमा रहेको निवासमै शुभचिन्तक, आफन्त तथा नातेदारसँग यादवले दशैं मनाउने छोरा चन्द्रमोहन यादवले जानकारी दिए ।

पूष्पकमल दाहाल (प्रचण्ड), अध्यक्ष नेकपा

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यस पटक दशैंको टिका नलगाउने भएका छन् । प्रचण्ड पहिलेदेखिनै दर्शैंको टिका लगाउने गरेका छैन् । परिवारका अन्य सदस्यहरुले टिका लगाएपनि छोरा प्रकास र श्रीमति सिता दाहालको आग्रहमा ०७४ सालमा एक पटक लगाएका थिए । छोराको मृत्यु पश्चात अध्यक्ष दाहालले दशैंं मानउने गरेका छैन । दशैंको अवधिमा दाहाल निवास खुमलटारमै रहने । र, किताब पढेर फूर्सदको सदुपयोग गर्ने मुडमा दाहाल रहेको छोरी गंगा दाहालले जनकारी दिइन् ।

माधब कुमार नेपाल, नेता नेकपा

पूर्वप्रधानमन्त्री तथा नेकपा नेता माधब कुमार नेपाल ठुलो बुवाको छोराको हातबाट टिका लगाइ यसपालि दशैं मनाउने सोचमा रहेका छन् । दशैंमा रौतहट नगइ कोटेश्वर निवासमै परिवारसँग दशैं मनाउने उनका सहयोगीले बताएका छन् ।

झलनाथ खनाल, बरिष्ठ नेता, नेकपा

पूर्वप्रधानमन्त्री झलनाथ खनाल आफ्नै निवास डल्लु आवसमा परिवार तथा कार्यकर्ताबीच दशैं मनाउने छन् । शुभचिन्तक, पार्टी कार्यकर्तासँग बसेर रमाइलो गर्ने मुडमा खनाल रहेको उनका सहायोगीले बताएका छन् ।

शेरबहादुर देउवा, सभापति नेपाली काँग्रेस

नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा आफ्नै निवास बुढानिलकण्ठमा दशैं मानाउँने छन् । दशैंको अवसरमा कतै जाने योजना नभएको पारिवारीक सदस्यसँग बसेर दशैं मनाउने देउवाका सहयोगी भानु देउवाले बताएका छन् ।

डाक्टर बाबुराम भट्टराई, नेता समाजवादी पार्टी

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराई यस पटक पूख्र्यौली घर नजाने भएका छन् । परिवारसँगै भट्टराई निवास टोखामा दशैं मनाउने उनका सहगोगी रोशन पोखरेलले जानकारी दिएका छन् । दशैं आफ्नै निवासमा मनाएपनि बुवाको हातको टिका लगाउन कोटेश्वर आउने छन् । बाँकी समय अध्ययनमा सदुपयोग गर्ने बाहेक कुनै खास योजना नभएको सहयोगी पोखरेलले बताए ।

रामचन्द्र पौडेल, नेता नेपाली काँग्रेस

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल आफ्नै निवास बोहरा टारमा पारिवारीक सदस्यहरुसँग बसेर दशैं मनाउने योजना रहेको पौडेलका सहयोगी चिरञ्जीवी ढुंगानले जानकारी दिएका छन् ।

कृष्णबहादुर महरा, निवर्तमान सभामुख

दशैंको मुखमा संसद सचिवालयको एक महिला कर्मचारीमाथि यौन दुराचार आरोप लागेपछि पद त्यागेका कृष्णबहादुर महरा यतिबेला तनाबमा छन् । नेपाको इतिहाँसमै उच्च ओहदाका व्यक्तिमाथि गम्भिर आरोप लागेसँगै महराको राजनीतिक उचाइनै समाप्त हुने स्थिति छ । निकै तनाव झेलिरहेका महरा दशैंको बारेमा केही नसोचिएको उनका निकट सहयोगीले बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies