Khabar Dabali Logo
  November 16, Sat

६३ वर्षीय वृद्धकाे हत्या गर्ने अभियुक्त पक्राउ

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका–१० भैसीपंखा जीमीगाउँबाट स्थानीयवासी ४२ वर्षीय शंखराज भनिने श्रीकृष्ण राईलाई आज पक्राउ गरेको छ ।

छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ ।

आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले एक बोतल रक्सी किनेर एकापसमा मिलापत्र गरेको तर बलबहादुरको शुक्रबार घरमै मृत्यु भएको थाहा भएको छ ।श्रीकृष्णले अनुहारको भागसँगै बायाँ आँखाको डिलमा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिइएको प्रहरीको भनाइ छ ।

बलबहादुरमाथि बुधबार कुटपिट भएको प्रहरीले जनाएको छ । श्रीकृष्णलाई शुक्रबार पक्राउ गरेपछि प्रहरीले घटनाको विषयमा आज मात्र जानकारी दिएको हो ।

अशोज १९ गते, २०७६ - ००:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति हमिदको पोखरामा यसरी स्वागत गरियो

राष्ट्रपति हमिदको पोखरामा यसरी स्वागत गरियो

पोखरा । नेपाल भ्रमणमा रहेका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको पोखरामा भव्य स्वागत गरिएको...   
नेकपाको  सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी

काठमाडौं । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा सीमा विवाद,...   
कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

कास्की । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा...   

पक्राउ परेका सेनानीमाथि प्रहरी अनुसन्धान शुरु

काठमाडौं । जुवामा संलग्न रहेको आरोपमा नेपाली सेनाका सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी...   
सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सीमा क्षेत्रमा भारतीय एसएसबीको दादागिरी, बन्दुक देखाएर शवगृह निर्माण नै रोके

सप्तरी । छिन्नमस्ता गाउँपालिका – ४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको...   
भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

भारतद्वारा अढाइ दशकपछि नहर निर्माणको थालनी

कञ्चनपुर । एकीकृत महाकाली सन्धी भएको अढाइ दशकपछि भारतले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित नेपालको...   

विमान दुर्घटनामा जहाज चालकको निधन

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर...   
हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

हुने भयो सिसडोलका स्थानीयवासीका स्वास्थ्य, कृषि र पशु बिमा

काठमाडौँ । महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले...   
जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

जेलमै प्रहरी कुटेका थिए शेरचनले, यस्तो छ उनको बायोग्राफी

काठमाडाैं । अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्छन्...   

प्रदेश प्रमुखको सिफारिसप्रति माधब नेपालको नोट अफ डिसेन्ट

काठमाडाैं । सात जना प्रदेश प्रमुख नियुक्तिसम्बन्धी सचिवालयको निर्णयमा असहमति जनाउँदै नेकपाका नेता...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top