Khabar Dabali Logo
  August 10, Mon

तीन करोडको विप्रेषण भित्रियो

म्याग्दी । रोजगारका सिलसिलामा विभिन्न देशमा गएका म्याग्देलीले दशैँ तिहारलाई लक्षित गरी जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा दैनिक तीन करोडसम्म विप्रेषण पठाउने गरेका छन् ।

असोजको पहिलो सातासम्म सामान्य भीडभाड रहेका वित्तीय संस्थामा तीन दिन सामान्य अवस्थाभन्दा चारगुणा बढेको बैंक तथा वित्तीय संस्थाले जनाएको छ । दशैँ तिहारलाई लक्षित गरी पठाएको विप्रेषण लिन सदरमुकाम बेनीसहित जिल्लाका अन्य व्यापारिक केन्द्रमा दैनिक विप्रेषण लिन आउनेको भीड लागेको थियो ।

विश्वका विभिन्न देशमा रहेका म्याग्दीवासीले परिवारलाई खानपिन, लत्ताकपडासहित घरायसी खर्चलाई लक्षित गरी २० हजारदेखि तीन लाखसम्म विप्रेषण पठाउने गरेको गरिमा विकास बैंक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले बताए।

जिल्लामा चार वटा शाखा रहेको गरिमाको बेनी शाखाले मात्रै दशैँको अवधिमा करीब पाँच करोडको कारोवार गर्ने जनाएको छ । गरिमाले वार्षिक करीव एक अर्बको हाराहारीमा गरिमाले विप्रेषण भुक्तान गर्ने बताउँदै यस वर्ष विगतको तुलनामा बढेको जनाएको छ ।

जिल्लामा रहेका सेवाप्रदायक संस्थाले दिएको तथ्याङ्कअनुसार प्रतिव्यक्ति न्यूनतम रु १० हजारदेखि पाँच लाखसम्म वितरण भइरहेको लोकदीप बचत तथा ऋण सहकारीका प्रबन्धक नेत्रराज सुवेदीले बताए ।

उहाँले सहकारीमार्फत वार्षिक छ करोडको विप्रेषण वितरण गर्ने गरिए पनि दशैँको मौसममा अत्यधिक रहेको बताए । जिल्लामा सार्क राष्ट्रका साथै युरोप, अमेरिकासहित खाडी मुलुकबाट विप्रेषण भित्रिने गरेकामा करीव ७० प्रतिशत विप्रेषणको हिस्सा खाडीमुलुक रहेको छ । खाडी मुलुकबाट भित्रिने विप्रेषण घरायसी खर्चमै सीमित हुने गरेकोसमेत सेवाप्रदायक संस्थाले जनाएका छन् । रासस

अशोज १८ गते, २०७६ - १०:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा कोरोनाबाट थप चारको मृत्यु, मृत्यु हुनेको सङ्ख्या ७९ पुग्याे

काठमाडौ । नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा...   

धितोपत्र बजार : ३७ अङ्कले बढ्यो नेप्से

काठमाडौ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३७ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका...   

कोरोनाको कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै

काठमाडौ । सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित...   

काठमाडौंमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । संघीय राजधानी काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय...   

महिला स्वास्थ्यकर्मी कुटिए, कुटपिट गर्ने दुई युवक फरार

बैतडी । बैतडीमा महिला स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–३ स्थित न्वादेउ...   

काठमाडौंको कोटेश्वरमा १७ जनालाई कोरोना पुष्टि

काठमाडौं । कोरोना संक्रमित बढेपछि काठमाडौं महानगरपालिका-३२ कोटेश्वरको असर्फी टोल सिल गरिएको छ । साउन...   

शनिबार वीरगञ्जमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

वीरगञ्ज । शनिबार वीरगञ्जमा मृत्यु भएकी ४५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकी...   
यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

यसरी नयाँ तरिकाबाट उपभोक्ता ठग्दै भाटभटेनी

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने...   
आजदेखि धनगढी ‘लकडाउन’

आजदेखि धनगढी ‘लकडाउन’

लहान । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा...   

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौ । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top