Khabar Dabali Logo
  October 14, Mon

महरालाई भट्टराईको खुला पत्र : अपराध स्वीकार्दै प्रायश्चित गर्नुस् !

प्रिय महराजी,

हालैको तपाईं सम्बन्धित घटनाले सम्पूर्ण देश र केही हदसम्म अन्तर्राष्ट्रिय जगत पनि तरंगित त छँदैछ म ब्यक्तिगत रूपमा समेत अत्यन्त मर्माहत भएको छु । यो तपाईंको मात्र प्रश्न नभएर ऐतिहासिक माओवादी आन्दोलन, हामीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र हामीले परिकल्पना गरेको महिलामुक्ति तथा उन्नत संस्कृतिको प्रश्नसँग जोडिएको विषय पनि हुनाले यहाँ केही बोल्ने धृष्टता गरेको छु ।

१. माओवादी नेतृत्व तहमा हामी -विशेषतः प्रचण्ड र म) सुरेश वाग्ले र तपाईंलाई उच्च नैतिकवान् र इमान्दार पात्र मान्थ्यौं । हामी वीच विवाद पर्दा तपाईं दुई जनाको कुरालाई हामीले विशेष महत्व दिन्थ्यौं । प्रचण्ड र मेरो वीचमा २०५५-५६ मा पहिलो ठूलो वैचारिक-सांगठनिक बहस हुँदा २०५६ साउन/भदौमा पन्जाबको रोपडमा भएको पोलिटब्युरो बैठकमा तपाईं दुई जनाको सुझाव मानेर हामीले विवाद हल गरेका थियौं । (दुर्भाग्यवस त्यो बैठक सकेर फर्कनेवित्तिकै भदौ २३ गते गोरखामा सुरेश वाग्लेले गौरवपूर्ण सहादत प्राप्त गर्नुभएको थियो ।)

पछि पोष्टबहादुर बोगटी र तपाईं पार्टीका आदर्श पात्र मानिन थाल्नुभयो । २०७१ सालमा बोगटीजीको दुःखद निधन र पार्टीको क्रमशः ओरालो लाग्दो नैतिक धरातलले आम जनतालाई समेत माओवादी आन्दोलनप्रति वितृष्णा बढाउँदै लग्यो । कांग्रेस-एमाले पहिले नै भ्रष्टाचार र सुरासुन्दरी काण्डले बदनाम भैसकेका थिए । तपाईंको यो पछिल्लो प्रकरण त्यसैले तपाईंको एउटा निजी मामिला मात्र नभएर नेपालको क्रान्तिकारी आन्दोलनको वैचारिक-राजनीतिक र नैतिक संकटको एउटा अत्यन्त नकारात्मक बिम्ब बन्न पुगेको छ । यसलाई तपाईं हामी सबैले स्वीकार्नैपर्छ ।

२. माओवादी आन्दोलन यो रसातलको बिन्दुसम्म कसरी पुग्यो ? त्यसको सांगोपांगो विश्लेषण र संश्लेषण छुट्टै गरौंला । हामीले नेपाली क्रान्तिलाई संघीय लोकतान्त्रिक गणतन्त्रको शिखरसम्म पुर्‍याएकै हो । यसमा हामीले सामूहिक गर्व गर्नुपर्छ । तर रोजा लक्जेम्बर्गले भने झैं क्रान्ति स्थीर भएर बस्दैन, कित त्यो अघि बढाइनु/बढ्नु पर्छ, नत्र त्यो पछाडि हट्छ ।

त्यस्तै अर्को भनाइ छ- शिखर चढ्न सजिलो हुन्छ तर त्यहाँ टिक्न गाह्रो हुन्छ । अझै अर्को भनाइ छ- क्रान्ति सम्पन्न भएको भोलिपल्ट हिजोका क्रान्तिकारीहरू प्रन्तिक्रान्तिकारीमा बदलिन्छन् ।

यहीँनेर हामी चुक्यौं । मैले यो एउटा शिखर चढेपछि अर्को शिखर चढ्न नयाँ बाटो खोजौं भनेको थिएँ । तर मैले साथीहरूलाई मनाउन सकिनँ । साथीहरू पुरानै शिखरमा बसिराख्न खोज्नुभयो तर वैज्ञानिक रूपमा त्यो सम्भव थिएन । त्यसैले अब क्रमशः साथीहरू पुरानो शिखरबाट खुर्मुरिइरहनुभएको छ । तपाईं (महराजी) को पछिल्लो प्रकरण त्यसैको एउटा नमूना हो ।

३. यो प्रकरणमा तपाईं दोषी हुनुहुन्छ वा हुनुहुन्न म किटेर भन्न सक्दिनँ । सत्य कि तपाईंलाई थाहा छ, कि सम्बन्धित महिलालाई थाहा छ । तर अहिलेसम्म बाहिर आएका कुराबाट शंकाको सुई तपाईंतिर सोझिन्छ । हामीले एसएलसीमा पुष्कर शमशेरको ‘परिबन्द’ कथा पढ्थ्यौं । त्यहाँ परिबन्दले निर्दोष व्यक्ति दोषी ठहरिन्छ ।

यौन मामिलामा महान् व्यक्तित्वहरू पनि कसरी चुक्छन् भन्नेबारे स्कूलमा पढ्दा गुरूले सुनाएको यो संस्कृत श्लोक सम्झिन्छु ।

‘विश्वामित्र परासर प्रभृत्तयो वाताम्बु पर्णाशना ।
तेपिस्त्री मुखपंकजं सुललितम् दृष्ट्वैव मोहम् गता ।।
साल्यान्नम् सघृतम् पयोदधियुतम् भुन्जन्ति ये मानबास् ।
तस्याम् इन्द्रीय निग्रहो यदि भवेत् विन्ध्यस्तरेत् सागरम् ।।’

तर प्राकृतिक कारण र ऐतिहासिक उदाहरण दिएर सामाजिक दायित्व बहन गर्ने मान्छेले यौन उच्छृंखलता गर्न मिल्दैन । अझै गम्भीर कुरा त महिलालाई उपभोग्य वस्तुको रूपमा प्रयोग गर्नु र सत्ताशक्ति र धनको बलमा महिलाको अस्मिता हरण र यौनशोषण गर्नु कानूनी दृष्टिले समेत दण्डनीय हुन्छ ।

हाम्रो जस्तो पितृसत्तात्मक समाजमा अधिकांश रूपमा महिला नै पीडित हुने भए पनि कहिलेकाहीँ पुरूष पनि उत्पीडन वा प्रतिशोध/षडयन्त्रको जालमा पर्नसक्छ । तपाईंको हकमा पनि अन्यथा भएको हुनसक्छ । त्यसनिम्ति पनि तपाईंले सत्यतथ्य बाहिर ल्याएर कानून बमोजिम न्यायको निरूपण गर्न र आफूलाई निर्दोष सावित गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धानको माग गर्नुपर्छ र त्यसलाई सघाउनुपर्छ । त्यसले तपाईंको प्रतिष्ठा घटाउने हैन बढाउनेछ ।

यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित गर्नु नै तपाईं स्वयम्, क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ- गल्ती गर्नु अपराध हैन : गल्ती नसच्याउनु अपराध हो ।

तपाईंको शुभेच्छुक,
बाबुराम

अशोज १८ गते, २०७६ - ०९:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

काठमाडाैं । तपाईंले आफ्ना बालबच्चालाई जस्तो संस्कार अनि शिक्षा दिक्षा दिनुभयो उनिहरु त्यस्तै नै हुँदै...   

पूर्वसभामुख महरालाई भोलि मात्रै अदालत पेश गरिने

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भोली (मंगलबार) मात्रै...   

शीको भ्रमणमा सरकार परिपक्क देखियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सरकारले एकदमै परिपक्क व्यवहार प्रदर्शन...   

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको...   

कांग्रेसको चियापानमा प्रचण्डको सम्बोधन : हेर्दै जाउँ राजनीतिले कता कोल्टे फेर्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको...   

सीको भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमाः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति...   

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल...   

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

काभ्रेपलाञ्चोक । असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका...   

यी हुन् नेपाल र चीनबीच भएका २० सम्झौता (सूचीसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा दुई देशबीच २० वटा सहमति तथा सम्झौता...   

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top