Khabar Dabali Logo
  June 4, Thu

म्याग्दीबाट पच्चीस हजार भेडाच्याङ्ग्रा निकासी

म्याग्दी । दशैँलाई लक्षित गरी मुस्ताङबाट २५ हजार भेडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु, जुम्लाबाट ल्याइएको भेडाच्याङ्ग्रा म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

पाँच हजार भेडा र २० हजार च्याङ्गा निकासी भएको केन्द्रका प्रमुख पशु चिकित्सक नारायण कसुमले बताए । भेडाच्याङ्ग्राबाट मुस्ताङमा करीब रु ४० करोड भित्रिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने घाँसा प्रहरी चौकीले भेडा च्याङ्ग्राको तथ्याङ्क राख्ने गरेको छ ।

पोखरा, काठमाडौँ, चितवन, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, पर्वत र म्याग्दीलगायत जिल्लामा भेडाच्याङ्ग्रा निकासी भएको उनले बताए । पशु सेवा विभागले निकासी हुने भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि पाँच जना पशु चिकित्सकलाई खटाएको थियो ।

‘भेडाच्याङग्राको स्वास्थ्य परीक्षण गरेर, स्वस्थ भएकालाई प्रमाणित गरेर मात्र बजारमा पठाइएको छ”, उनले भने “निकासी भएका मध्य धेरै भेडाच्याङ्ग्रा मुस्ताङका कृषकले पालेका हुन् ।”

खाद्य संस्थानले दुई हजार भेडाच्याङ्ग्रा काठमाडौँ लगेको छ । मुस्ताङबाट हिँडाएर बेनी ल्याइएका भेडाच्याङ्ग्रा यहाँबाट ट्रकमा राखेर काठमाडौँ लगिएको हो । देशका विभिन्न ठाउँका ब्यापारीहरु भेडाच्याङ्ग्रा खरीद गर्न असोज पहिलो सातानै मुस्ताङ पुगेका थिए ।

गत वर्ष १६ हजार पाँच सय भेडाच्याङ्ग्रा निकासी भएको थियो । जसमध्ये खाद्य संस्थानले ९२५ वटा काठमाडौँ लगेको छ । प्रति रोज्जा च्याङ्ग्रा रु २५ हजारका दरले खरीद गरेको ब्यापारी दुर्गा थापाले बताए ।

“अघिल्लो वर्षभन्दा किन्दानै तीनदेखि चार हजारले बढी तिर्नुपर्यो”, थापाले भने “चार पाँच ठाउँमा स्थानीय तह पिच्छेनै कर तिरेका छौँ ।” मुस्ताङको तीन ठाउँमा डेढ सय रुयैयाँका दरले कर तिरेको ब्यापारी हमाल गुरुङले बताए ।

बजारमा जिउँदा रोज्जा च्याङग्रा रु ३० हजारसम्ममा बिक्री भएको छ । प्रतिकिलो च्याङ्ग्राको मासु रु एक हजार ४०० पुगेको छ । च्याङग्रा खरीद गर्न लागेका मिलनचोकका थमप्रसाद कँडेलले वर्षेनी मूल्य बढेकोमा गुनासो गरे । च्याङ्ग्रा कम आउनु, बढ्दो करका कारणले पनि च्याङ्ग्रा महँगिँदै गएको छ ।

छुसाङका कृषक थाक्पा गुरुङ हिमपातका कारण च्याङ्ग्रा मरेको, तिब्बत र डोल्पाबाट कम आएको बताए । बजारमा माग बढेको तर उत्पादन कम भएकाले मूल्य बढेको उनले जानकारी दिए । त्यस्तै च्याङ्ग्राको मूल्य वृद्धि भए पनि उपभोक्ताले दशैँमा खोजीखोजी उपभोग गर्छन् । हिमाली हावापानीमा जडीबुटी खाएर हुर्केको हुनाले च्याग्राको मासु स्वादिष्ट मानिन्छ ।

यार्सागुम्बा, जटामसी, निरमसी, जिम्बुलगायत जडिबुटी पाइने खर्कहरुमा भेडाच्याङ्ग्रा चर्ने गरेको कृषक राजकुमार गुरुङले बताए । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायतका ठाउँका कृषकहरुले व्यावसायिक च्याङ्ग्रा पालन गर्छन् । यो वर्ष करीब रु ४० करोड मूल्य बराबरको भेडाच्याङ्ग्रा निकासी भएको अनुमान गरिएको छ ।

अशोज १७ गते, २०७६ - १८:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेशमा रहेकाको उद्धार शुक्रबारदेखि : युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

विदेशमा रहेकाको उद्धार शुक्रबारदेखि : युएईबाट डेढसयभन्दा बढी ल्याइँदै

काठमाडौ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनै पर्ने परिस्थितिमा...   

राष्ट्रियसभा अध्यक्षले बैठक र भ्रमण भत्ता नलिने

काठमाडौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि २०७७ चैत मसान्तसम्मको...   

धान पाक्ने बेलामा ‘नेकब्लास्ट’को समस्या

भरतपुर । भित्र्याउने सयम चैतेधानमा समस्या देखिएपछि चितवनका किसान निरास बनेका छन् । पूर्वी चितवनका...   

ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाई

वासिङ्टन । अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका...   

भारतमा यातायात सञ्चालनसँगै सयौँ नेपाली भित्रिए

भद्रपुर । भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट दैनिक सयौँ नेपाली स्वदेश प्रवेश...   

किशोरी सामूहिक बलात्कारकाे आरोपमा चार जना पक्राउ

लहान । एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ...   

कुखुराको खोरमा गाँजाको भण्डार

महोत्तरी । कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको...   

सामाजिक दूरी कायम गर्दै आजदेखि दैशैभरका उद्योग र पसल खोल्छौँ : व्यवसायी महासङ्घ

काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने...   
विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

काठमाडौ । विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति...   

बैंकमा अत्यधिक भीड बढेपछि वडाबाटै सामाजिक सुरक्षाभत्ता

काठमाडौ । बन्दाबन्दीको समयमा बैंकमा सर्वसाधारणको अत्यधिक भीड बढेपछि व्यास नगरपालिकाका वडा कार्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top