Khabar Dabali Logo
  February 24, Mon

सुर्खेतमा पाँच हजार भन्दामाथि अवैध घरेलु मदिरा नष्ट

सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको पाँच हजार १६१ लिटर मदिरा नष्ट गरेको हो ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवि रावलले कार्यालयकै हाताभित्र खाडल खनेर अवैध घरेलु मदिरा र गाँजा नष्ट गरेको जानकारी दिए । उनका अनुसार तयारी अवस्थाको एक हजार ३५४ र कच्चा पदार्थका रुपमा रहेको तीन हजार ८०७ लिटर अवैध घरेलु मदिरा नष्ट गरिएको हो ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय तहका जनप्रतिनिधि, आमा समूहको सक्रियतामा जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ । सबैभन्दा बढी वीरेन्द्रनगर नगरपालिकाबाट बरामद गरिएको थियो ।

मदिरासहित बरामद गरिएका भाडाकुँडा प्रहरी कार्यालयमै राखिएको छ । जिल्ला प्रहरी प्रवक्ता रावलले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए ।

गाउँघरमा छ्याप्छ्याप्ती पाइने घरेलु मदिराका कारण दशैँ तिहारमा हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले केही दिन अघि जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरेको थियो । त्यस्तै, प्रहरीले एक हजार १५५ गाँजाका बोटसमेत नष्ट गरेको छ ।

अशोज १७ गते, २०७६ - १८:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मदिरारहित समाज निर्माणको अभियानमा देवघाट

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले...   
मायालु तवरले बालबालिका हुर्काउँदै

मायालु तवरले बालबालिका हुर्काउँदै

गौशाला । महोत्तरी गौशालाकी २६ वर्षीया रञ्जु शा संकरलाई पहिले बालमनोवैज्ञानिक तवरले बालबच्चालाई...   
चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

चौध जिल्लाका कफी कृषक गुल्मीको कफी अनुसन्धानमा

गुल्मी । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत कफी अनुसन्धान कार्यक्रम भण्डारीडाँडामा कफी नर्सरी...   
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका...   

महिला तथा बालबालिका हराउने क्रम बढ्दै

लमजुङ । गण्डकी प्रदेशअन्तर्गतको लमजुङमा महिला र बालबालिका हराउने क्रम बढेको छ । सामाजिक सञ्जालको...   
के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

के तपाई अनुहारमा बढी फेशियल गराउनुहुन्छ ? देखिन सक्छन् यी समस्या

कयौँ युवती तथा महिला अनुहार मुलायम बनाउन फेशियल गराउँछन्। तर, आवश्यकता भन्दा धेरै फेशियलले अनुहारलाई...   
अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट  हुँदै

अभिनेत्री आँचल र उदिपकाे इन्गेजमेन्ट हुँदै

अभिनेत्री आँचल शर्माले प्रेमि उदीप श्रेष्ठसँग कहिले विवाह गर्दै छिन् त्यसको मिति अझै सार्वजनिक भएको...   

ट्रकको ठक्करबाट भक्तपुरमा एक पैदल यात्रीको मृत्यु

भक्तपुर । भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक...   
बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुरमा ग्रेटवालको झल्को दिने पदमार्ग निर्माण हुँदै

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित मुकुन्देश्वरी क्षेत्र उत्खननका लागि बन्दीपुर गाउँपालिकाले...   

बालबालिकालाई मोबाइलमा बन्देज लगाउनु भन्दा उचित प्रयोग सिकाउनु ठिक

बालबालिकाहरू मोबाइल र अन्य उपकरणसँग हुर्किरहेको समयमा आमाको सूचना र सञ्चार प्रविधिको ज्ञान महत्वपूर्ण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top