Khabar Dabali Logo
  May 30, Sat

वर्तमान सरकारलाई असफल हुने छुट छैनः महासचिव पौडेल

महासचिव विष्णुप्रसाद पौडेलले वर्तमान सरकारलाई कुनै पनि अवस्थामा असफल हुने छुट नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठपर्वको अवसरमा आज रुपन्देहीको मणिग्राममा आयोजना गरेको शुभकामना कार्यक्रममा उहाँले सरकार असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँने चेतावनी दिए।

कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उहाँले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहेको बताए । महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजना सम्पन्न भएपछि आमूल परिवर्तन आउनेसमेत बताए ।

महासचिव पौडेलले वर्तमान सरकारका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको दावी गर्दै
उहाँले स्थानीय, प्रदेश र सङ्घीय तीनै तहका सरकारले आवधिक समीक्षासहित सरकारका काम कारवाहीलाई आगामी दिनमा अझै प्रभावकारी ढङ्गले परिचालित गर्ने योजना बताएको समेत बताए ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामलाई जनतामाझ लैजान र गलत भएको भए खबरदारी गर्न कार्यकर्तालाई आग्रह गरे । नेकपाले प्राप्त गरेको सफलताबाट अत्तालिएकाले सरकारका विरुद्ध भ्रम फैलाउने कोसिस भइरहेकोसमेत उहाँले बताए ।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पङ्क्तिमा उत्साह थपिएको उल्लेख गर्नुभयो ।

अशोज १७ गते, २०७६ - १७:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको विभिन्न...   
अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

अमेरिकाको दर्जनौं शहरमा हिंसा भड्किएपछि सैन्य प्रहरी तैनाथ

New York City. Manhattan downtown skyline with illuminated Empire State Building and skyscrapers at sunset. जेम्स ल्यापोर्टा । संयुक्तराज्य अमेरिकाका दर्जनौं शहरहरूमा...   

सिमानामा क्वारेन्टिन निर्माण गर्न माग

जाजरकोट । कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहँदा दिनहुँ बाहिर जिल्ला र विदेशबाट आउनेले प्रहरीलाई झस्काउने...   

भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश भित्रिनेको चाप बढ्यो : तर क्वारेन्टिन बढेन

कञ्चनपुर । भारतमा रेल सेवा सञ्चालनमा आएसँगै स्वदेश फर्कने नागरिकहरुको सङ्ख्या दैनिक बढ्दो रहेको...   

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६६ हजार भन्दा बढीको मृत्यु, ६० लाख ३५ हजार संक्रमित

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६६ हजार ९२८ पुगेको छ...   

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर १८ वर्षीय भुवन बोहराको मृत्यु

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजनाको मृत्यु...   

कोरोना सङ्क्रमितलाई आयुर्वेदिक औषधि

स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका...   

संविधान संशोधनबारे छलफल गर्न काँग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल गर्न...   

भारतमा अहिलेसम्मकै धेरै जनामा कोरोना सङ्क्रमण, पछिल्लो २४ घण्टामा ८ हजार सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् ।...   

एमसीसी अनुमोदन गर्ने/नगर्ने जिम्मेवारी संसदको भएको नेकपाको निर्णय

काठमाडौं । एमसीसी अनुमोदन गर्नेरनगर्ने निर्णय संसदले गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top