Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दशैँ खर्च जुटाउन गिट्टी कुट्ने यी बालिकाको कथा

जाजरकोट । राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ ।

सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका बालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैँका लागि खर्च जुटाउने उपाय खौज्दैछन् । रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ रिटा गाउँ नजीकै त्रिभुवन मावि दल्लीमा कक्षा ६ मा पढ्ने सावित्रा घर्ती सडकमै गिट्टी कुट्न थालेको पाँच दिन बितेको छ । घरमा बाबा नभएका कारण आमाले कमाएको रकमले घर खर्च नटरेपछि बाध्य भएर गिट्टी कुट्न लागेको उनले बताइन् ।

“गिट्टी कुट्दै गर्दा यही बाटो भएर साथीहरु जान्छन्, तर म भने कसैसँग नहेरी गिट्टी कुटिरहन्छु”, सावित्राले भनिन् । उनीसँगै अर्का नौ वर्षे बालक सरोज घर्ती पनि गिट्टी कुट्छन् । विद्यालयमा छुट्टी भएका कारण गिट्टी कुट्न लागेको उनले बताए । “विद्यालय सञ्चालन भएपछि दैनिक पढ्न जान पर्छ”, उनले भने, “अहिले फुर्सदको समयमा गिट्टी कुटेर कमाएको पैसाले दशैँ र अन्य काम गर्नुपर्ला ।”

उनीसँगै कक्षा ३ मा पढ्ने रमेश विक सकी÷नसकी गिट्टी कुट्ने काममा लागेका छन् । “गिट्टी कुट्दाकुट्दै कहिले घामले चर्काउँछ, कहिले पानीले भिजाउँछ”, उनले भने । अहिले अर्थ अभावका कारण समस्यामा परेका अधिकांश बालबालिका आफँै मजदुरी गर्दै आमाबाबालाई सघाउने गर्दछन् । तीस किलोको बोरामा गिट्टी कुटेर दिएमा रु ४० पाउने गरेको उनीहरुको भनाइ छ ।

गिट्टी कुट्दा काम गर्न सजिलो होस् भनी पानीको मूल भएको ठाउँमा गएर काम गरिरहेको उनीहरु बताउँछन् । कसैलाई दशैँ आएको छ भने कसैलाई दशा आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ । दिनभरि गिट्टी कुट्दा पहिले पहिले हात दुखे पनि अहिले, दुख्न छाडेको उनीहरु बताउँछन् । उनीहरु अभावकै बीचमा सङ्घर्षबाट कमाएको पैसाले उज्यालो भविष्यको सपनालाई सार्थक बनाउने योजनामा छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies