Khabar Dabali Logo
  October 14, Mon

सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्छ – उपसभापति गच्छदार

विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए।

उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने तर्क गरे । उनले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए। उपसभापति गच्छदारले नेपाली काङ्ग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गर्दै आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।

अशोज १७ गते, २०७६ - १२:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जहाज ‘डिले’ भएपछि सांसदले गरे एयरपोर्टमै तोडफोड

जहाज ‘डिले’ भएपछि सांसदले गरे एयरपोर्टमै तोडफोड

जनकपुर। राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड...   

नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका...   

हवाई कारबाहीमा नौ लडाकूको मृत्यु

अफगानिस्तान । अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस)...   

केरुङ–काठमाडौँ रेलमार्गः सम्भाव्यता अध्ययनका लागि मार्ग प्रशस्त

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको समझदारीले लामो समयदेखि चर्चामा...   
तरकारीवाली अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

तरकारीवाली अभिनित म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’...   

उपत्यकामा आजदेखि पोस्टपेड मोबाइल खुल्यो

श्रीनगर । जम्मु काश्मिरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा शुरु गरिएको छ । जम्मु काश्मिरका...   

नेपाल र चीनबीचका २० बुँदे सम्झौता पत्रमा को कसले गरे हस्ताक्षर ?

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच भएका २० बुँदे सम्झौता...   

काङ्ग्रेसको चियापान समारोहमा सत्ता पक्षको उपस्थितिले एकताको सन्देश दियो – उपसभापति गच्छदार

काठमाडौं । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले वर्तमान राजनीतिक व्यवस्था सबैको साझा...   

उपलब्धि संस्थागत गर्न एकजुट हुुनुपर्छ – मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायको विषयमा प्राप्त उपलब्धिलाई...   
गृहमन्त्री बादलले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

गृहमन्त्री बादलले दिए सुरक्षाकर्मीहरुलाई धन्यवाद

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले चिनिया राष्ट्रपति सि चिन फिङको भमणको क्रममा प्रभावकारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top