Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

चन्दा मागेर अन्तरराष्ट्रिय खेलमा सहभागी हुँदै मङ्गलराज कामी

सल्यान । गोठीचौर गाउँपालिकाका मङ्गलराज कामीले सल्यानमा तेक्वान्दो महासङ्घले आयोजना गरेको खेलमा स्वर्ण जिते । उनी आगामी कात्तिक ६ देखि १२ सम्म थाइल्याण्डमा हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा छनोट भए ।

तर जानको लागि पैसा थिएन, यसै त दुर्गमको बसाइँ दलित र विपन्न परिवारका मङ्गलराज कसरी जाने चिन्तामा थिए । उनका बाबु काले कामीले गाउँपालिकामा सहयोगको लागि अपिल गरे तर पहिला गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए पनि अहिले अन्तिममा आएर सहयोग गर्न नसकिने जानकारी दिएपछि उनमा निरासा छायो । छोराको प्रतिभा हुँदा पनि पैसाको कारणले छोराले खेल्ल नपाउने भयो भनेर उनी चिन्तित भए ।

यो खबर गोठीचौर गाउँपालिकाका समाजसेवी गणेशबहादुर बुढासम्म पुग्यो । खबर पाएपछि समाजसेवी बुढाले जुम्ला चन्दननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह काठायतसँग सल्लाह गरी सबैसँग एक/दुई हजार गर्दै सहयोग सङ्कलन गरेर मङ्गललाई चाहिने रु एक लाख सहयोग रकम सङ्कलन गरी खेलाडी मङ्गलराजलाई हस्तान्तरण गरे । आफू जाने रकम पाएपछि १४ वर्षे मङ्गलराजले सबैलाई धन्यवाद दिएका छन् । मङ्गलराजका बुबाको पनि सपना पूरा भएको छ ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महतले सरकारले गर्ने दायित्व एक समाजसेवीले पूरा गरेको बताए । उनले भने, “एउटा गाउँपालिकाको इच्छा पूरा भएको छ, एउटा जिल्लाको इच्छा पूरा भएको छ भने सिङ्गो देशको इच्छा पूरा भएको छ । अबका दिनमा यस्ता खेललाई प्रोत्साहन र सहयोग गर्न अक्षयकोषको स्थापना गर्नुपर्छ ।”

सहयोग अभियानकर्मी दनबहादुर बुढाले गाउँघरमा यस्तै समस्याको समाधान होस् भनी देश सङ्घीयता ल्याएको र स्थानीय सरकारको स्थापना भएको बताए । सरकारले आफूले गर्नुपर्ने दायित्व भुलेको उहाँको भनाइ छ । खेल क्षेत्रको विकासका लागि स्थानीय सरकारले योजना बनाउन नसकेको उनले बताए ।

सहयोग रकम सङ्कलनमा सहयोगी बनेका चन्ननाथ नगरपालिका–५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले खेल क्षेत्रलाई स्थानीय सरकारको प्रमुख प्रथामिकतामा राख्नुपर्ने र यसका लागि जनप्रतिनिधिलाई पनि खेल क्षेत्रको महत्वको जानकारी गराउनुपर्ने बताए ।

मङ्गलराज आगामी कात्तिक ६ गतेदेखि हुने नवौँ डिरक तेक्वान्दो आन्तरराष्ट्रिय प्रतियोगिता २०१९ मा ३४ किलो अन्तर्गत खेलमा सहभागी हुनेछन् भने उक्त प्रतियोगितामा ३२ राष्ट्रको सहभागिता रहनेछ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies