Khabar Dabali Logo
  February 24, Mon

सरकारले पठाएको सामाजिक सुरक्षाभत्ता वृद्धृवृद्धाले पाएनन्

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् ।

जिल्लामा रहेको एनएमबी बैंकमा खाता छ, साबिकको नगरपालिका वडा नं १ देखि वडा ९ सम्मको सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्ने गरे पनि नगरपालिका कार्यकारी अधिकृतको सरुवा भएको कारण देखाउँदै नगरपालिकाले समयमै निकासा नदिएका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भएका छन् ।

नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिका कार्यालयको खाता सञ्चालन गर्न समय लागेका कारण सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको बताए। उनले खाता सञ्चालन हुनेबित्तिकै पहिला सामाजिक सुरक्षाभत्ता र शिक्षकहरुको तलब निकासा गरे पनि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण समयमै समाजिक सुरक्षाभत्ता पठाउन नसकेको बताए । नारायण नगरपालिका दैखलेले असोज १३ गते मात्र एनएमबी बैंकलाई सामाजिक सुरक्षाभत्ता निकासाको चेक दिएको बैंकका जिल्ला प्रबन्धक निर्मला श्रेष्ठले बताए ।

दशैँअगावै सामाजिक सुरक्षा वितरण गर्ने तयारीमा नगरपालिका रहे पनि विविध कारणले ढिला भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्कालले बताए। उनले नारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको एनएमबी बैंकबाट भत्ता विरतण गरेको र अन्य १० र ११ वडाका ज्येष्ठ नागरिक एकल महिला, बालबालिकाको भत्ता वडाका सचिवमार्फत वितरण गरेको बताए ।

अशोज १७ गते, २०७६ - ०९:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन आई सी बैंकका ग्राहकहरूलाई ‘सोनी ब्राभिया’ टेलिभिजन खरिदमा विशेष छुट

काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच यस बैंकका ग्राहक महानुभावहरूलाई...   

कोरोना सङ्क्रमणबाट इटालीमा ४ जनाको मृत्यु

रोम । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले...   

नेपाली काँग्रेसद्वारा चितवन बन्दको घोषणा

चितवन । चितवनको माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण...   
चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक

काठमाडौं । कमेडी जनराको फिल्म ‘हिजो आजका कुरा’ मा समाबेश माया जदौ बोलको गीत सोमबार सार्वजनीक गरिएको...   

अन्तर्राष्ट्रिय अभ्यासअनुसार केक काटिएको हो, पिछडिएको मानसिकता भएकाले अनावश्यक टिप्पणी गरे : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनमा नेपालको नक्सा आकृतिको केक काटिएको भनेर यतिबेला...   
डोनाल्ड ट्रम्पको भारतमा भव्य स्वागत

डोनाल्ड ट्रम्पको भारतमा भव्य स्वागत

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट...   
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा

क्‍वालालम्पुर । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार राजीनामाको घोषणा गर्दै नयाँ सरकार...   

गाडीको ठक्करबाट नन्दलाल श्रेष्ठको मृत्यु, स्थानीयवासीद्वारा बिपी राजमार्ग अवरुद्ध

सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक...   

राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउँदै, नागरिक अभिनन्दन गरिने

बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् । राष्ट्रपति भण्डारीले...   

सुरक्षा व्यवस्था सबल बनाउन सरकारको उच्च प्राथमिकता – गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले निर्यातमुखी अर्थतन्त्र सबल हुनुपर्ने बताएका छन् । व्यापार तथा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top