Khabar Dabali Logo
  October 14, Mon

एकल महिलाले झैँ एकल पुरुषले पनि अब भत्ता पाउने !

मेलम्ची– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता पाउँने भएका छन् । एकल महिलाले झैँ एकल पुरुषले पनि अब सामाजिक सुरक्षा भत्ता पाउँने भएका हुन् । पालिकाले श्रीमती मृत्यु भएका सबै उमेर समूहका एकल पुरुषलाई आन्तरिक स्रोतबाट भत्ता दिने निर्णय गरेको हेलम्बु गाउँपालिकका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

एकलल पुरुषले अब मासिक ५ सय रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उहाँले बताउनुभयो । एकल पुरुष भत्ताका लागि चालु आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

‘राज्यले महिला पुरुष समान भनेकाले व्यवहारिक रूपमा नै पनि कार्यान्वयनमा ल्याउनका लागि सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हौँ’ अध्यक्ष शेर्पाले भने । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये हेलम्बु कम आन्तरिक आय भएको गाउँपालिकामा भएको समेत उहाँको भनाइ छ ।

गत आर्थिक वर्षमा ४० लाख आन्तरिक आम्दानी गरेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए । हेलम्बुले यस आर्थिक वर्षमा ६१ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको समेत बताए ।

वृद्धभत्ता लिइरहेका एकल पुरुषको हकमा भने एकल भत्ता लिन नपाउँने व्यवस्था गरेको छ । सरकारी तर्फबाट दोहोरो सुविधा नपाउने भएकाले यस्तो व्यवस्था पालिकाले गरेको हो ।

हाल पालिका भित्रका सबै वडामा एकल पुरुषको संख्या संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ । करिब ३ सय ५० एकल पुरुष रहेको अनुमान गरिएको पालिका अध्यक्ष शेर्पाले जानकारी दिए ।

अशोज १६ गते, २०७६ - २१:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

अष्टमी, नवमी र टीकाको दिन प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्ने (हेर्नुहाेस् रूट)

काठमाडौं । दशैंको अवसरमा नेपाल प्रहरीले सर्वसाधारणलाई निःशुल्क बस सेवा प्रदान गर्ने भएको छ । ती बस...   
राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

राजधानीमा फूलपाती अवसरमा नेपाली सेनाको बढाइँ

काठमाडौं । नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा...   

६३ वर्षीय वृद्धकाे हत्या गर्ने अभियुक्त पक्राउ

भोजपुर । कुटपिटका कारण छिमेकीको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरले भोजपुर नगरपालिका–१०...   

भर्याङबाट धकेलेर आफ्नै भाईको हत्या

भक्तपुर । भर्‍याङबाट धकेलेर आफ्नै भाईको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ...   

दुई तिहाइ सरकार र नेकपाको अग्निपरीक्षा सुरु भएकाे छः नेता नेपाल

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको र नेपाल कम्युनिस्ट...   

नेपालथोकमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौं । नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते छन् ।  काभ्रे र सिन्धुलीको...   
विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

विप्लव समूहकाे विष्फोटक पदार्थ प्रहरीद्वारा बरामद

काठमाडौं । मोरङमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले  भण्डारण गरेर राखेको विष्फोटक पदार्थ...   
दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

दशैंको टीकाको दिन नेपाली सेनाले विभिन्न ७ रुटमा निःशुल्क बस चलाउँदै (सूचनासहित)

काठमाडौं । आश्विेन २१ गते परेको विजया दशमीको दिन नेपाली सेनाले राजधानीका विभिन्न ९ रुटमा निशुल्क...   
नगरपालिकाकाे लापरबाहीका कारण  ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

नगरपालिकाकाे लापरबाहीका कारण ज्येष्ठ नागरिककाे भत्ता राेकियाे

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ...   
बँदेलको आक्रमणबाट चारजना घाइते

बँदेलको आक्रमणबाट चारजना घाइते

कञ्चनपुुर । जङ्गली बँदेलको आक्रमणमा परेर शुक्लाफाँटा नगरपालिका–८ पारीफाँटाका चार जना घाइते भएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top