Khabar Dabali Logo
  October 14, Mon

महात्मा गान्धीबारे रोचक प्रसंग, उनी लेख्दा दुवै हातको प्रयोग गर्थे

काठमाडौं । आज भारतका महान नेता महात्मा गान्धीको १५१ औं जन्म जयन्ती हो । महात्मा गान्धीको नेतृत्वमा दशकौंसम्म चलेको अहिसांत्मक आन्दोलनको बलमा भारत अग्रेंज उपनिवेशबाट मुक्त भएको थियो । भारतलाई उपनिवेशबाट मुक्त गराउन गान्धीले करिब ४० वर्षसम्म अहिसांत्मक लडाईं लडेका थिए ।

तिनै महान् नेता गान्धीबारे हामीले केहि रोचक प्रसंग तपाईंको जानकारीका लागि प्रस्तुत गरेका छौं । जानौं गान्धीबारे केहि रोचक प्रसंग :

गान्धीले हिंडेर ७९ हजार किमि दुरी पार गरे

आन्दोलनको समयमा गान्धीले ७९ हजार किमी दुरी हिंडेर पार गरेका थिए । यो दुरी पृथ्वीकै दुई चक्कर लगाए जस्तै हो । ४० वर्षसम्मको स्वतन्त्रता संग्रामका बेला गान्धी हर दिन १८ किमी जति यात्रा गर्दथे । यहि गतिमा उनले ७९ हजार किमी दुरी पार गरेका थिए ।

भारतीयको समस्या फोहारी बानी

गान्धी हिँडेरै लाखौं जनताको घर दैलोमा पुगे । उनी भारत स्वतन्त्रता संग्रामको बेला धेरै भारतीयसँग नजिक भएर पनि काम गरे । गान्धीले भारतका गाउँ ठाउँ जहाँ तहीँ डुल्दै गर्दा फोहोरको समस्यालाई निकै ध्यानपूर्वक हेरेका थिए । उनले बेला–बेला विभिन्न समारोहमा पनि भारतमा व्याप्त फोहोरी संस्कृति देखेर हैरानी भएको बताउने गर्दथे ।

गान्धीले गरिबीको कारण मानिसहरुमा सरसफाई प्रति ध्यान नगएको पनि बताएका थिए । गान्धी सरसफाईमा ध्यान जानसके लाखौं रुपैयाँसमेत बचाउन सकिने र रोगमुक्त हुन सकिने बताउँथे ।

गान्धीले जीवनकालमा १ करोडभन्दा बढि शब्द लेखे

महात्मा गान्धीले जीवनकालमा करीब १ करोडभन्दा बढि शब्द लेखेका थिए । उनले प्रत्येक दिन ७ सयभन्दा बढि शब्द लेख्दथे । उनले लेखेका ५० हजार डक्यूमेन्ट सुरक्षित छन् । उनले सिधा र उल्टो गरि दुवै हातले लेख्न सक्थे । उनले लेख्दा एउटा हातमा समस्या भए अर्को हातको प्रयोग गर्दथे ।

जेलमा बस्दा उपवास

गान्धी १४ पटकसम्म गिरफ्तार भई ६ वर्षसम्म जेल बसेका थिए । उनले आफ्नो जेल जीवनकालमा १३४१ दिन उपवाससमेत बसेका थिए । उनले जेल बस्दाको समयलाई पनि आन्दोलनको रुपमा प्रयोग गर्नुपर्छ भन्दथे ।

अशोज १५ गते, २०७६ - १७:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

आफ्ना बालबच्चाको उज्जल भविष्य चाहनुहुन्छ ? बच्चालाई सानैदेखि सिकाउनुस् यी नाै कुरा

काठमाडाैं । तपाईंले आफ्ना बालबच्चालाई जस्तो संस्कार अनि शिक्षा दिक्षा दिनुभयो उनिहरु त्यस्तै नै हुँदै...   

पूर्वसभामुख महरालाई भोलि मात्रै अदालत पेश गरिने

काठमाडौं । बलात्कार प्रयास आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई भोली (मंगलबार) मात्रै...   

शीको भ्रमणमा सरकार परिपक्क देखियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सरकारले एकदमै परिपक्क व्यवहार प्रदर्शन...   

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको...   

कांग्रेसको चियापानमा प्रचण्डको सम्बोधन : हेर्दै जाउँ राजनीतिले कता कोल्टे फेर्छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको...   

सीको भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ युगमाः राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति...   

चिनियाँ राष्ट्रपतिको भ्रमणका बेला मधेशी नेताहरुलाई वेवास्ता गरिएको भन्दै बाबुरामको आपत्ति

काठमाडौं । समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको सी चिनफिङको नेपाल...   

दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

काभ्रेपलाञ्चोक । असोज २४ गते रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका...   

यी हुन् नेपाल र चीनबीच भएका २० सम्झौता (सूचीसहित)

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको अवसरमा दुई देशबीच २० वटा सहमति तथा सम्झौता...   

पाकिस्तानी प्रधानमन्त्री साउदी अरबिया प्रस्थान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आइतबार इरानतर्फ प्रस्थान गरेका छन् । अरब खाडी क्षेत्रमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top