Khabar Dabali Logo
  November 13, Wed

समन्वय नहुँदा योजना प्रभावित –मुख्यमन्त्री गुरुङ

पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासे अड्डाबीच समन्वय नहुँदा योजना प्रभावित हुने गरेको बताएका छन् ।

पोखरा–बेनी–जोमसोम–कोरला सडक खण्डको स्थलगत अध्ययन गरी फर्केको सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको टोलीले आज पोखरामा राखेको छलफल एवम् अन्तरक्रियामा उहाँले सम्बद्ध अधिकारीमा नै जिम्मेवारी र जवाफदेहिता नहुँदा समस्या हुने गरेको बताए।

सङ्घअन्तर्गत सञ्चालित आयोजना सञ्चालनमा पनि प्रदेश सरकारसँग समन्वय नभएको उहाँले बताए । भिजिट नेपाल २०२० हचुवाका भरमा घोषणा गरिएको बताउँदै उहाँले यस सम्बन्धमा सात वटै प्रदेश कसैसँग पनि परामर्श नगरिएको उल्लेख गरे।

मध्यपहाडी लोकमार्गअन्तर्गत १४२ किलोमिटर सडक खण्ड गण्डकीमा परेको बताउँदै उहाँले बाग्लुङदेखि बुर्तिवाङ सडक बिग्रेको अवस्थामा रहेको बताउनुभयो ।

प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सबैको सामूहिक प्रयास भयो भने विकास निर्माणले गति लिने बताउँदै एकापसामा समन्वय हुनु जरुरी रहेको बताए ।

आयोजना प्रमुख मुकुन्दराज अधिकारीले बेनी जोमसोम सडक खण्डमा चार वटा ठेक्का रहेको जानकारी दिँदै हालसम्म झण्डै ४७ देखि ५० प्रतिशत भौतिक प्रगति भएको बताए । घाँसा जोमसोम सडक खण्ड कालोपत्र गर्ने अवस्थामा रहेको उहाँले जानकारी दिए ।

उहाँका अनुसार जोमसोम कोराला सडक खण्डमा सात वटा ठेक्का रहेकामा चार वटाको काम सकिएको छ भने तीन वटाको ५० प्रतिशत भौतिक प्रगति भएको छ । बाँकी योजना सम्पन्न हुन पाँच÷६ महीना समय लाग्ने उहाँले जानकारी दिए ।

सांसद पदम गिरीले भिजिट नेपाल २०२० घोषणा भइसकेका अवस्थामा सडक पूर्वाधार भने पर्यटक ल्याउने अवस्थामा नरहेको बताए । यथास्थितिमा नै पर्यटक ल्याउने हो भने त्यसले राम्रो सन्देश नदिने बताउँदै उहाँले यसतर्फ गम्भीर बन्नुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले गाउँगाउँमा जथाभावी बाटो खन्ने क्रमले अन्य सडकमा समेत समस्या निम्तने गरेको बताउँदै कोरला नाका खुला गर्नका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रमोहन गौचन, जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर अधिकारी क्षेत्री लगायतले पूर्वाधार निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेकामा जोड दिए ।

विकास तथा प्रविधि समितिको टोलीले यही असोज ७ गतेदेखि पोखरा, बेनी, जोमसोम, कोरला सडक खण्डको स्थलगत अध्ययन गरी आइतबार पोखरा आइपुगेको हो ।

अशोज १३ गते, २०७६ - १२:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालको सुरुवाती मै जम्मू–कश्मीरलाई विभाजन...   
गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

गरिबीको कारण बाबुले आत्महत्या गरेपछि तीन बच्चा भोकै

धादिङ । छ दिन अघि बाबुले गरिबीका कारण आत्महत्या गरे । कमाइ गरेर परिवार पालिरहेका यमबहादुर थापामगरको...   

एनसेलले ल्यायो सस्तो भ्वाईस प्याक, जुनसुकै नेटवर्कमा पनि एउटै शुल्क

काठमाडौं । एनसेलका आफ्ना प्रिपेड ग्राहकहरुको विशेष भ्वाइस प्याक सार्वजनिक गरेको छ । एनसेलले देशभित्रका...   

सस्तोमा धेरैलाई एकैपटक एसएमएस गर्नुछ ? टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले एकै पटकमा धेरै जनालाई एकै प्रकारको सन्देश अर्थात् एसएमएस पठाउनका लागि बल्क...   
सीमा विवाद टुंग्याउन होइन जनतालाई भ्रम छर्न सरकार सक्रिय छ

सीमा विवाद टुंग्याउन होइन जनतालाई भ्रम छर्न सरकार सक्रिय छ

काठमाडौं । सन् १८१६ मार्च ४ तारिका भएको ब्रिटिस–इन्डिया कम्पनीसँग भएको असमान सुगौली सन्धिपछि पूर्वमा...   
भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

भीम रावल भन्छन् – सरकारले सीमा समस्या हल गर्ने ऐतिहासिक अवसर नगुमाओस्

काठमाडौं । नेपालको पश्चिमी क्षेत्रमा रहेको कालापानी, लिम्पियाधुरा र लीपूलेक कार्तिक १६ गते भारतले...   
महाराष्ट्रमा राष्ट्रपति शासन लागु, शिवसेना पुग्यो अदालत

महाराष्ट्रमा राष्ट्रपति शासन लागु, शिवसेना पुग्यो अदालत

काठमाडौं । पछिल्लो २० दिन सरकार गठनमा चलिरहेको खिचातानीका बीच अब महाराष्ट्रमा राष्ट्रपति शासन लागु...   
पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

पत्नि ऋतिक रोशनको फ्यान हुँदा गयो पति पत्निकै ज्यान

काठमाडौं । अमेरिकामा एक भारतीय मुलका ३३ वर्षीया व्यक्तिले आफ्नै श्रीमतिलाई चक्कु हानी हत्या गर्दै...   
चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

चिन्ताजनक अवस्थामा गायिका लता मंगेश्करको उपचार हुँदै

काठमाडौं । भारतकी चर्चीत गायिका लता मंगेश्करको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ । मंगेश्करको...   
एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

एनसेलद्वारा सुपर सेलरलाई पुरस्कार वितरण, सात सुपरसेलरले पाए एक/एक तोला सुन

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजनाअन्तर्गत काठमाडौं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top