Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

म्याग्दीमा बेपत्ता दुई बालिकामध्ये एकको शव फेला

गलेश्वर । असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ ।

शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए । उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार शव आफन्तको जिम्मा लगाइएको छ ।

बगरफाँट स्थायीरुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए । बेपत्तामध्ये अनुश्का परियारको अवस्था भने अझै थाहा हुन सकेको छैन । खोलाले धार परिवर्तन गरी बस्तीतिर आएको बाढीले बगरफाँटमा स्थायीरुपमा बस्ने दीपक जुग्जाली, पार्वती परियार, राममाया परियारको तीन घरमा पूर्ण क्षति गरेको छ भने तीन घरमा आंशिक क्षति गरेको छ । सोेही स्थानमा रहेको बुद्ध एकेडेमी विद्यालयको १८ कोठासहितको भवन शौचालय र खेलमैदान पूर्ण क्षति भएको छ ।

प्रवासीद्वारा प्राथमिक स्वास्थ्य केन्द्रलाई एक लाख सहयोग

म्याग्दीका प्रवासी एक व्यक्तिले प्राथमिक स्वास्थ्यचौकीको स्तरवृद्धिका लागि रु एक लाख सहयोग गरेका छन् । समाजसेवी मुक्ति रोकामगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मङ्गला गाउँपालिका–१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका–६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई रु एक लाख सहयोग गरेका हुन् ।

रोका र उनको परिवारद्वारा आयोजित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शुरु भएको निःशुल्क दन्त शिविरलाई सम्बोधन।गर्नुहुँदै मोना अष्ट्रेलियाका अध्यक्षसमेत रहेका रोकाले स्वास्थ्य केन्द्रमा विपन्न नागरिक औषधोपचार र स्वास्थ्य सामग्री खरीदका लागि सहयोग गरिएको बताए ।

समाजसेवी अध्यक्ष रोकामगर र उनको परिवारद्वारा आयोजित शिविर आइतबार सम्पन्न भएको छ । पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई लक्षित गरी आयोजित निःशुल्क दन्त शिविरमा ७०० बढीले सेवा लिएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies