Khabar Dabali Logo
  February 29, Sat

कम उमेरमा विवाह : भविष्य उज्वल होइन अन्धकार रासस

मोरङ । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् ।

अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् ।

विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन र पछुताउनुपर्छ भन्न थालेका छन अहिले उनीहरु ।

पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको मेनुका चौहानले बताइन् । विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया चौहान आफू कक्षा ९ मा पढ्दापढ्दै एक युवकसँग भेटघाट भयो ।

भेटघाट भएसँगै सम्बन्ध बलियो हुँदै जाँदा ती युवकसँग भागेर विवाह गरेको स्मरण गरिन् । आफू १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह आफ्नो जीवनमा अभिशाप बन्यो उनले अतितलाई सम्झँदै भनिन् ।

पछि गएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो तर त्यसलाई सच्याउने बाटो नपाएको उनको कथन थियो ।

सोचेअनुसार वैवाहिक जीवन नचलेपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएसँगै उनले सम्बन्धविच्छेद गरिन् । हुनेखाने घरको छोरी भएर पनि अहिले कष्टकर जीवन बिताउनु पर्दा मलाई झन् पीडावोध हुन्छ उनी भन्छिन् ।

हतारमा गरिएको यो विवाहले मेरो सर्वस्वहरण त भयो तर अब आउने दिनमा कसरी समस्याको सामना गर्ने झन् चुनौती थपिएको दुखेसो चौहानले गरिन् । उनले भनिन्, “आफूले गरेको विवाहप्रति निकै पछुतो छ, यसकोे कारण आफ्नो पढाइ सबै बिग्रियो, केही काम छैन, बेरोजगार छु र विवाहको परिणाम भोग्दैछु ।”

यस्तै, विराटनगर महानगरपालिका निवासी २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको सुनाइन् ।

घरका आमाबुबाले नै विवाह गरिदिएको उनको भनाइ छ । आफ्नो आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नोे रहर र सबै सपना चकनाचुर भएको उनको भनाइ छ ।

उनले आफ्नो हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्ने, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहेको अनुभव सुनाइन्। आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो कार्कीले गरिन् ।

त्यस्तै, कम उमेरमै विवाह गर्ने ममता पासवानको पारिवारिक स्थिति निकै कमजोर र नाजुक देखिएको छ । कक्षा ८ मा पढ्दा आफ्नो विवाह भएको उनी बताउँछिन् ।

परिवारको आर्थिक स्थिति कमजोर भएका कारण केटा पक्षले केही दाइजो नलिने भनेपछि घरपरिवारका सदस्यले विवाह गरिदिएका थिए । उनी भन्छिन्, “परिवारको मायाले विवाह गर्न बाध्य भएँ । आफ्नो पढाइलेखाइलाई बीचमै छाडे । विवाहपछि घरकै काममा व्यस्त हुने गरेको छु, पढ्ने सोच बनाए पनि घरको कामले फुर्सद हुँदैन ।”

विवाहपछि धेरै मानिसहरुको जीवन धरापमा परेको छ तर यहाँ केही प्रतिनिधिमूलक घटनाको मात्र प्रस्तुत गरिरहँदा सुष्मा शर्मा पनि यही कारणले दुःख पाएकी छिन् । आफू १४ वर्षकी हुँदा पे्रमविवाह गरेको र एक वर्षपछि छोरी जन्माएको उनले बताइन् ।

शर्माले परिवारमा सधैँ झगडा हुने, गाली खानुपर्ने, सकिनसकी काम गर्नुपर्ने र कलह मात्र हुने यो परिवारबाट छुटकारा पाउन सम्बन्धविच्छेद गरेको जानकारी दिइन् । कलिलो उमेरमा विवाह भयो, एक वर्षपछि बच्चा जन्मियो, घरको झगडाले सीमा नाघेको र सधैँ श्रीमान्बाट कुटाइ खाइरहनुभन्दा एक्लै बस्ने मनस्थिति बनाएका कारण सम्बन्धविच्छेद गरेको शर्माको भनाइ छ ।

आफूसँगै पढ्ने साथीहरु शिक्षित भएको र केही जागिरमा पनि रहेकाले अहिले मैले पछुताउनुको विकल्प छैन, उनको भनाइ थियो । उनको वैवाहिक जीवन साह्रै पीडादायी बनेको र अहिले त्यही नानी लिएर माइतीमा बसेको बताइन् ।

विराटनगर महानगरपालिका–१२ मा मात्र यो तीन महीनामा १५ भन्दा बढी उमेर नै नपुगी विवाह दर्ताका लागि सिफारिश लिन आएको वडाध्यक्ष हीरालाल कामतले जानकारी दिइन् । उनले २० वर्ष नपुगी गरिने विवाह बालविवाह हो । यस्तो विवाह गर्नु हुँदैन र २० वर्ष नपुगी विवाह दर्ता नहुने कानूनी प्रावधान भएकाले सम्झाएर पठाउने गरेको अध्यक्ष कामतको भनाइ छ । सरकारले कम उमेरमा विवाह गरेमा रु २५ हजार जरिवाना र एक वर्ष कैद गर्ने कानून बनाए पनि यसलाई व्यवहारमा नमान्ने मानिसहरुले नै भविष्यमा दुःख भोग्ने गरेका छन् । रासस

अशोज १२ गते, २०७६ - १२:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –मन्त्रि नै नभएको मैंले कसरी निर्णय गरेँ ?

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –मन्त्रि नै नभएको मैंले कसरी निर्णय गरेँ ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   
UPDATE परिवार नै सबै घाईते –मैनाली र बुहारीको अवस्था गम्भिर

UPDATE परिवार नै सबै घाईते –मैनाली र बुहारीको अवस्था गम्भिर

काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी...   
सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं ल्याईदै

सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं ल्याईदै

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् । झापाबाट काठमाडौं आउने क्रममा...   

राष्ट्रियसभा : ‘अरु हरुवा हुने वामदेव किन नहुने ?’ यसअघि नेकपाले ककसलाई बनायो ?

काठमाडौं । चुनावमा पराजित भएका वामदेव गौतमलाई राष्ट्रियसभामा उम्मेदवार बनाइएकोमा व्यापक आपत्ति...   

यि हुन् बामदेवका ६ जवर्जस्ति ! सबै फेल !

आजको नयाँ पत्रिका दैनिकमा खबर छ– १. डोल्पाबाट उम्मेदवार बन्ने पहिलो कोसिस मंसिर ०७४ मा बर्दियाबाट...   

वामदेवलाई फेरि ‘ब्याक फायर’

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान...   

नेकपामा संविधान संशोधनको पहल : खासमा के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला...   

विषय नपाएपछि कोट र टोपी मिलेन भन्दै विषय बनाएर हिँडेका छन् : ओली

पोखरा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास...   

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top