Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

साताको शेयर बजार, अर्बको हाराहारीमा कारोवार

काठमाडौं । धितोपत्र बजारमा साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन । निरन्तर ओरालो लागेको कारोवार मापनक नेप्से परिसूचक एक दिन मात्रै थामियो । अन्य दिन भने नेप्सेले आरोलो यात्रा नै कायम ग¥यो ।

धेरैले यसलाई चाडबाडको असरका रुपमा समेत चित्रण गरेका छन् । चाडबाड शुरु हुन लागेका कारण नेप्से मात्रै नभई कारोवार रकममा समेत गिरावट आई बजार एक हजार १२९ को विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ४० लाख ४१ हजार ९१९ कित्ता शेयर कारोवार भयो । कारोवार भने अर्बको हाराहारीमा मात्रै रह्यो । कूल रु एक अर्ब १९ लाख ७० हजार ८५७ बराबरको भएको स्टकले जानकारी दिएको छ ।

साताको पहिलो दिन नै शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुग्यो । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए ।

साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो । कूल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर रु १७ करोड ७२ लाख ७९ हजार ३९ मा खरीद बिक्री भए ।

साताको तेस्रो दिन नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक ६.४२ बिन्दुले घटेर एक हजार १३४.५६ बिन्दुमा झ¥यो । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरीद बिक्री भए ।

बुधबार पनि नेप्सेको ओरोलो यात्रा कायम रह्यो । सो दिन नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुग्यो । कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन पनि नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । सो दिन नेप्से १.७३ बिन्दुले घटेर एक हजार १२९.८० बिन्दुमा पुग्यो । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए ।

यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्ष स्थानमा रह्यो । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः शीर्ष स्थानमा रहे ।

स्टकमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । त्यसमा लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता शेयर लाभांश, सिद्धार्थ म्युअल फण्डको १२ करोड एकाइ साधारण शेयर, सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६ कित्ता शेयर लाभांश र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies