Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

द्वन्द्वकालमा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका सेनाकाे 'सिपाहीको डायरी’ विमोचित

काठमाडौं । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ ।

लडाईँ, प्रेम र पुर्नजन्मजस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालले विमोचन गरे। पूर्वसेनापति कटुवालले सिपाहीहरु पठित हुँदैनन् भन्ने टिप्पणीलाई पुस्तकका लेखकले खण्डन गरिदिएको बताउँदै उपन्यासमा साहस, ज्ञान र अनुभव सङ्कलित भएको जनाए । उनले सो पुस्तक हरेक सिपाहीले पढ्नुपर्ने जनाए ।

विसं २०६१ साउन २३ गते कालीकोटको पिलीमा भएको दोहोरो भिडन्तमा मारिएको भनेर किरियासमेत गरिएका लेखक ९म पात्र० अपहरणमा परेर बचेको रोचक सन्दर्भ पनि पुस्तकमा छ । सेनाको आठ वर्षे सेवापछि शान्तिवार्तापछि लेखक कटुवालले राजीनामा दिई अध्ययन र योग क्षेत्रमा प्रवेश रोजेका थिए।

उनी हाल योग र महिला सशक्तिकरणमा विद्यावारिधि गर्दै छन् । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय संस्कृति विभागका सहप्राध्यापक रोहिणीराज तिमल्सिना र पत्रकार आश्विनी कोइरलाले पुस्तकको समीक्षा गर्दै यसमा मान, अभिमान, सान र मनोविज्ञान समेटिएको जनाए । प्रकाशक ‘बुलबुल’ प्रकाशनका प्रमुख अच्युत घिमिरेले प्रकाशनको ५१औँ कृतिका रुपमा फरक विषयमा अनुभवमा आधारित उपन्यास प्रकाशन गरिएको बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies