Khabar Dabali Logo
  August 10, Mon

यी ४ कारण जसले हुनसक्छ पुरुषमा स्तन क्यान्सर

एजेन्सी । सामान्यतया मानिसहरु स्तन क्यान्सरको खतरा महिलालाई मात्र हुने सोच्छन् तर स्तन क्यान्सर महिलालाई बढी हुने भएपनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा हुने गर्छ। पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै जटिल हुन्छ।

सामान्यतया उमेर धेरै भएका व्यक्तिहरुलाई यसको बढी खतरा हुन्छ। पुरुषको वक्षस्थलमा मासु धेरै हुँदैन यसकारण ब्रेस्टको ट्युमर सहजै पत्ता लगाउन सकिन्छ। पुरुषका केही कुराहरुले स्तन क्यान्सरको खतरालाई बढाउँछ।

कलेजोको बिरामी भएका पुरुषलाई स्तन क्यान्सर हुने खतरा धेरै हुन्छ। जुन पुरुषमा बीआरसीए जीन वा क्लिन सेल्टर सिन्ड्रोम हुन्छ उनीहरुमा स्तन क्यान्सर हुने सम्भावना अत्यन्त उच्च हुन्छ। यो बाहेक फ्याटी लिभर र लिभर सिरोसिसको लामो समयसम्म उपचार नगरे स्तन क्यान्सर हुन सक्छ।

रेडियसनको सम्पर्कमा आउँदा

कतिपय रोगहरुको उपचार गर्दा रेडियसन थेरापीको प्रयोग गरिन्छ। यो थेरापीको कारण स्तन क्यान्सरको खतरा बढ्छ। यदि तपाईले कुनै रोगको उपचार गर्दा रेडियसन थेरापीको सहारा लिनुभएको छ भने भविष्यमा स्तन क्यान्सर हुने सम्भावना बढ्दै जान्छ।

उमेर

उमेर बढ्दै जाँदा पनि पुरुषमा स्तन क्यान्सर हुन सक्ने खतरा रहन्छ। सामान्यतया ४० देखि ६० वर्षसम्म पुरुषमा क्यान्सरको धेरै खतरा हुन्छ। यसका कारण उमेरको यो समयमा आइपुग्दा खानपान, जीवनशैलीलाई स्वस्थ र व्यवस्थित बनाउन जरुरी छ।

मोटोपन

मोटोपन धेरै रोगहरुको कारण बनेको हुन्छ। पुरुषमा मोटोपनका कारण स्तन क्यान्सरको समेत सम्भावना रहन्छ। मोटोपनको कारण शरीरमा फ्याट सेल्सको संख्या बढ्छ र पछि गएर त्यो ट्युमरको कारण बन्न सक्छ। यो बाहेक फ्याट सेल्सले शरीरमा एस्ट्रोजनको मात्रा बढाउँछ, जुन पुरुषमा हुने ब्रेस्ट क्यान्सरको प्रमुख कारण हो।

मद्यपान तथा धुमपान

अल्कोहल सेवन गर्ने बानी भएका पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना अत्याधिक हुन्छ। स्तन क्यान्सरबाट बच्न धुमपान तथा मद्यपानको प्रयोगलाई शुन्य बनाउनु पर्छ। स्तन क्यान्सरको कारण छातीमा असहज महसुस हुन्छ। स्तनको आकारमा परिवर्तन आएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।

अशोज १० गते, २०७६ - १४:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सोमबार ३३८ जनामा कोरोना संक्रमण

काठमाडौं । सोमबार थप ३३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...   

तीन उपसमिति गठन

काठमाडौ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफनो कार्यलाई व्यवस्थित...   

यि हुन् कोरोना रोकथामका लागी सिसिएमसीले गरेको ८ निर्णय

काठमाडौं । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विभिन्न महत्वपूर्ण निर्णय...   

कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु

काठमाडौं । वीरगंजमा कोरोना संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । नारायणी कोरोना विषेश अस्पतालमा...   

पिएसओलाई कोरोना देखिएपछि नेकपाका महासचिव पौडेलका आइसोलेसनमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण पुष्टि...   
यि हुन् पार्टी नफुटाउ भन्दै हस्ताक्षर गर्ने नेकपाका ६१ सांसद (सुचि सहित)

यि हुन् पार्टी नफुटाउ भन्दै हस्ताक्षर गर्ने नेकपाका ६१ सांसद (सुचि सहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले पार्टी विभाजन हुन नदिने प्रतिवद्धता जनाएका...   
यि हुन् च्यम्पियन्स लिगमा क्वाटरफाइनल खेल्ने ८ टिम : को सँग को भिड्दै

यि हुन् च्यम्पियन्स लिगमा क्वाटरफाइनल खेल्ने ८ टिम : को सँग को भिड्दै

काठमाडौं । कोरोना भाईरसका कारण गत मार्चदेखि स्थगित युरोपेली च्याम्पियन्स लिग प्रतियोगिता गत शुक्रबारबाट...   

गोगंबुमा टाउको नभएको शब सुटकेशभित्र भेटियो

काठमाडौं । काठमाडौंको गोगंबुमा टाउको नभएको एउटा शब सुटकेशभित्र भेटिएको छ । गोंगबुको गणेशस्थान नजिकै...   

उपत्यकामा ६२ सहित आज ३७८ जनामा कोरोन संक्रमण,

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य...   
टिकटक प्रतिबन्धको परिणाम –चिनियाँ मोबाइल कम्पनि बाहिरियो आइपिएलबाट

टिकटक प्रतिबन्धको परिणाम –चिनियाँ मोबाइल कम्पनि बाहिरियो आइपिएलबाट

काठमाडौं । लद्दाक सिमा क्षेत्रमा चीन र भारतबिच तनाव बढेपछि भारतले बहुचर्चित चिनियाँ एप्स टिकटक लगायत...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top