Khabar Dabali Logo
  July 5, Sun

चिहानबाटै चोरी भएको थियो चार्ली च्याप्लिनको शव

काठमाडौं । विश्व चर्चीत हाँस्य कलाकार चार्ली च्याप्लिनको जीवन अनौठो कथाले भरिएको छ । हाँस्य क्षेत्रका बादशाह चार्लीको जीवनी बारे अहिले उनकै नाती कारमेनले डक्यूमेन्ट्री पनि बनाईरहेका छन् । ‘चार्ली च्याप्लिन, ए मैन अफ द वल्र्ड’ नाम दिइएको उक्त डकुमेन्ट्री आगामी वर्ष सार्वजनिक हुनेछ । जसमा चार्ली च्याप्लिनको जीवनबारे लुकेका धेरै कुराहरु देखाईनेछ ।

मानिसहरु चार्ली च्याप्लिनको हाँस्य जीवनलाई त चिन्दछन् तर उनका अन्तरंग जीवनबारे अनविज्ञ छन् । चार्लीका जीवनबारे अनौठा लुकेका कुरा आज हामी तपाईलाई बताउँदै छौं ।

चिहानबाटै शव चोरी

फिल्मी दुनियामा चार्ली च्याप्लिन एक अमर नाम हो । चार्लीको जन्म १६ अप्रिल, १८८९ मा लण्डनमा भएको थियो । चार्लीको निधन ८८ वर्षको उमेरमा सन् १९७७ मा क्रिसमसको दिन भएको थियो ।

अनौठो कुरा च्याप्लिनको मृत्यु भएको तीन महिनापश्चात चिहानबाट उनको शव चोरी भएको थियो । केहि चोरले उनको परिवारबाट पैसा असुल्नको लागि शव चोरेका थिए ।

अमेरिकाको प्रतिबन्धका बीच ओस्कार अर्वाड

चार्लीलाई कम्युनिष्ट विचारबाट प्रभावित भएको भन्दै अमेरिकाले उनको फिल्मलाई प्रतिबन्ध लगाएको थियो । अमेरिकाले प्रतिबन्ध लगाएपनि चार्लीलाई सन् १९७३ मा ओस्कार अर्वाड प्राप्त भएको थियो ।

charlie chaplinको लागि तस्बिर परिणाम

सन् १९४० मा चार्ली च्याप्लिनले हिटलरमाथि ‘द ग्रेट डिक्टेटर’ फिल्म बनाएका थिए । यसमा उनले हिटलरको नक्कल गर्दै उनको मजाक उडाएका थिए । चार्ली च्याप्लिनको सन् १९७३ मा ‘लाईम–लाइट’ बेस्ट म्यूजिकको लागि ओस्कार अर्वाड मिलेको थियो । २१ वर्ष पहिला निर्माण भएको फिल्मलाई अमेरिकामा भने प्रदर्शन हुन दिएको थिएन् । तरपनि पछि फिल्मलाई ओस्कारको लागि नामांकन गरिएको थियो ।

सन् १९७५ मा महारानी एलिजाबेथ द्धितीयले चार्ली चैपलिनलाई नाइटको उपाधी दिएकी थिइन् ।

कष्टकर बाल्यकाल

चार्ली च्याप्लिनको बाल्यकाल अत्यन्तै दुःखमा बित्यो । उनको परिवार असाध्यै गरिबिमा थियो । बेमतलबी तथा जड्याहा बाबुको कारण उनको परिवार पुरै बिजोगको अवस्थामा पुगेको थियो । घरायासी कारण चार्ली च्याप्लिन पागलपनको शिकारसमेत भएका थिए । जसको कारण उनलाई ७ वर्षको उमेरमा नै आश्रम पठाउनु परेको थियो ।

स्कुलमा पढाई छुटेसँगै चार्ली १३ सालको उमेरमा नै मनोरञ्जन क्षेत्रमा प्रवेश गरेका थिए । नाँचको साथ साथै च्याप्लिने स्टेज प्लेमा पनि हिस्सा लिने गरेका थिए ।

charlie chaplinको लागि तस्बिर परिणाम

अमेरिकी फिल्मी स्टूडियोबाट चम्कियो जीवन

चार्ली च्याप्लिनले कलाकारीको सुरुवाती समयमा निकै कष्ट भोगे । उनी स्टेजमा हुने जस्तोसुकै कार्यक्रममा पनि सहभागी हुन्थे । लामो समयको स्टेज कार्यक्रम पछि च्याप्लिनले अमेरिकी फिल्म स्टूडियोमा काम गर्ने अवसर पाएका थिए ।

अमेरिकी फिल्म स्टूडियोमा जोडिएसँगै च्याप्लिन विश्व भरका चर्चीत फिल्मी वादशाहको रुपमा प्रख्यात भए । हाँस्यका बादशाह चार्लीको लागि ओस्कार समारोहमा उपस्थिति दर्शकले १२ मिनेटसम्म खडा भएर तालि बजाएका थिए । यो ओस्कारको इतिहासमै सबैभन्दा अनौठो घटना मानिन्छ । एजेन्सीको सहयोगमा

अशोज १० गते, २०७६ - १३:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top