Khabar Dabali Logo
  July 5, Sun

कन्डम पखालेर फेरि प्रयोग गर्नू गलत – स्वास्थ्यकर्मी

वासिङ्टन । झट्ट सुन्दा सामान्य नै लाग्ला, तर अहिले पनि कहीँ कतै कन्डम फेरि प्रयोग गर्नु हुँदैन भनेर ज्ञान बाँड्नुपर्ने अवस्था छ ।

रोग नियन्त्रणको क्षेत्रमा सक्रिय अमेरिकी संस्था ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले कन्डम प्रयोगकर्तालाई फेरि प्रयोग गर्न नहुने सन्देश प्रवाह गरेको छ । उक्त संस्थाले आफ्नो ट्वीटरबाट समेत कन्डमलाई पखालेर वा यत्तिकै पनि फेरि प्रयोग गर्न नहुने भन्दै सचेत गराएको हो ।

लाखौंको संख्यामा कतिपय स्थानमा एकपटक यौन सम्पर्कको बेला प्रयोग गरिएको कन्डमलाई पखालेर फेरि प्रयोग गरेको पाइएपछि उक्त संस्थाले यस्तो सचेतना बाँडेको हो ।

‘हामी यस्तो भन्छौँ किनकि मानिसहरु यस्तै गर्छन् । कन्डमलाई पखाल्ने वा फेरि प्रयोग गर्ने काम नगर्नूस् १ हरेक पटक फ्रेस कन्डम नै प्रयोग गर्नूस्,’ संस्थाले सन्देश लेखेको छ । यसअघि गरिएका अध्ययनले ३ दशमलब ३ प्रतिशत मानिसले यौन सम्पर्कको बेला एउटै कन्डमलाई फेरि प्रयोग गर्ने गरेको देखाएका छन् ।

अशोज १० गते, २०७६ - ११:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डसहित खनाल र नेपाल पुगे राष्ट्रपतिलाई भेट्न, गौतम र श्रेष्ठ पनि शितलनिवासमै

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल शितलनिवास...   

भारी बर्षाको कारण झोलुङ्गे पुलमाथि नदी बग्न थाल्यो, आवतजावतमा समस्या

बाजुरा । अविरल वर्षाले बाजुराको त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रिसेरामा रहेको झोलुङ्गे पुल...   

बाँदर धपाउन गाउँपालिकाद्वारा ९० थान बन्दुक वितरण

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले बाँदरपीडित कृषकलाई बाँदर धपाउने बन्दुक निःशुल्क वितरण गरेको...   

विद्यालयमा राखिएका क्वारेन्टिनको विकल्प खोज्दै प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले क्वारेन्टिनका रूपमा प्रयोग गरिएका यहाँका सरकारी तथा...   

धारिलो हतियार प्रहार गरी छिमेकिको हत्या

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का अन्दाजी ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट...   

क्वारेन्टिनमा रहेका युवाको मृत्यु

बागलुङ । क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ । निसीखोला–२...   

पहिरोले घर भत्किँदा एक परिवार विस्थापित, १० घर जोखिममा

बैतडी । वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पु¥याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७...   

जब नेकपाको एकतामा सङ्कट, त्यतिबेला युवा नेता सक्रिय

काठमाडौं । जब जब नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टीमा एकताको सङ्कटमा पर्दछ, त्यतिबेला पार्टीका...   
शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीको सवा घण्टा लामो छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ भेट गरेका छन्। राष्ट्रपति...   

पार्टीभित्रको समस्या समाधान गर्न नयाँ एकता गर्नुपर्छ : नेता पौडेल

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top