Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

फेसबुकमा लाइकको सङ्ख्या लुकाउने परीक्षण अस्ट्रेलियाबाट

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले अस्ट्रेलियामा एउटा परीक्षणका क्रममा इन्स्टाग्रामले जस्तै प्रयोगकर्ताको पोस्टमा लाइकको सङ्ख्या लुकाउन लागेको छ।

अस्ट्रेलियाका कतिपय प्रयोगकर्ताले शुक्रवारबाट अर्काको पोस्टमा गरिएका लाइकको सङ्ख्या वा जनाइएका प्रतिक्रिया हेर्न पाउने छैनन्।

गत जुलाई महिनामा यो विवादास्पद परिवर्तनको परीक्षण इन्स्टाग्राममा शुरू गरिएको थियो।

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको सङ्ख्या घटाउन चाहेको फेसबुकको भनाइ छ।

आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको सङ्ख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, \'लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको सङ्ख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले सङ्ख्याको कुरा हामीले हटाउन लागेका हौँ।\'

विभिन्न एपले फेसबुकलाई तपाईँको \'यौन जीवनका जानकारी दिएका हुन सक्छन्\'

यो परिवर्तनबारे आफूहरूले मानसिक स्वास्थ्यविज्ञ तथा एन्टिबुलिङ अर्थात् अर्कालाई होच्याउने कामविरुद्धका समूहहरूसँग छलफल गरेको गार्लिकले बताइन्।

यसै महिनाको शुरूतिर हङ्‍कङकी एकजना इन्जिनियरले आफ्नो ब्लगमा भनेकी थिइन्, उनले फेसबुकको एन्ड्रोइड एफमा आफूले एक प्रकारको कोड फेला पारेको बताएकी थिइन् जसअनुसार फेसबुकले ुलाइकुको सङ्ख्या हटाउने परीक्षण गरिरहेको थियो।

तर त्यति बेला फेसबुकले त्यसबारे प्रतिक्रिया दिन मानेन।

अस्ट्रेलिया, न्यूजिल्याण्ड, ब्राजिल, क्यानडा, जापान र आयरल्याण्डमा परीक्षण गरिरहेको इन्स्टाग्रामले त्यसबारे अहिलेसम्म कुनै तथ्याङ्क सार्वजनिक गरेको छैन।

लाइकको सङ्ख्या व्यापारिक प्रवर्द्धनका लागि महत्त्वपूर्ण पाटो भएको भन्दै कतिपय प्रभावशाली सामाजिक सञ्जाल प्रयोगकर्ताले परिवर्तन ल्याउने कदमको आलोचना गरे।

तर यो परिवर्तनसम्बन्धी परीक्षणको समय बढाइने वा त्यसलाई स्थायी बनाइने विषयमा उसले केही बताएको छैन।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies