Khabar Dabali Logo
  November 16, Sat

सावधान: शौचालयमा फोन चलाउँदा हुन सक्छ पाइल्स

एजेन्सी । अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो। खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन्। शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्। डाक्टरहरूले दिसा गरिरहँदा फोन चलाउनु स्वास्थ्यका दृष्टिकोणले खराब भएको चेतावनी दिएका छन्। शौचालयमा फोन चलाउँदा पाइल्स हुने सम्भावना रहने बताइएको छ।

मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ। फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ। जसले गर्दा पाइल्स हुने जोखिम बढ्छ।

हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्भे गरेको थियो। सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले शौचालयमा फोन प्रयोग गर्ने बताएका थिए। आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने बताएका थिए।

प्यासिएन्ट डट इन्फोकी क्लिनिकल डाइरेक्टर डा। सराह जार्भिसले शौचालयमा धेरै समय मोबाइल फोन चलाउँदा पाइल्स हुने सम्भावना बढ्ने बताइन्। ‘दिसा बस्दा कन्नुपर्ने अवस्था र कब्जियतले पाइल्स हुन्छ,’ डा। जार्भिसले भनिन्, ‘शौचालयमा धेरै बेर बस्दा पनि पाइल्सको समस्या हुन सक्छ।’ उनले शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको बताइन्।

अशोज ९ गते, २०७६ - १८:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ज्यान तथा अङ्गभङ्ग मुद्दामा फरार दुई अभियुक्त पक्राउ

लहान । ज्यान मार्ने तथा कुटपिट अङ्गभङ्ग मुद्दामा फरार रहँदै आएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ...   
पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान

पाकेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाउँदै किसान

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको...   

काठमाडौँका आठ हजार सामुदायिक कुकुरको बन्ध्याकरण सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्ना हरेक वडामा छरिएर रहेका सामुदायिक कुकुरको नियन्त्रण र व्यवस्थापनको...   

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

शाङ्घाई। चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको...   

कास्की क्षेत्र नं २ मा चुनावी प्रचार तीव्र

पोखरा । कास्की क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार तीव्र भएको छ । उम्मेदवारको अन्तिम नामावली आइतबार...   

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ । बङ्गलादेशमा यसै सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता...   

डोजर प्रकरण: प्रतिवेदन बुझाउन ढिलाइ

बैतडी । यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको...   
उपनिर्वाचन २०७६ः मकालुका सबै मतदान केन्द्र संवेदनशील

उपनिर्वाचन २०७६ः मकालुका सबै मतदान केन्द्र संवेदनशील

खाँदबारी । मकालुका सबै मतदान केन्द्रलाई संवेदनशील मानिएको छ । सङ्खुवासभाको मकालु गाउ“पालिकामा अध्यक्ष...   

मन्त्री पोखरेलद्वारा अनशन तोड्न आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा. गोविन्द केसीले उठाएका...   
जिल्लाकै ठूलो गौराती मेला आजबाट शुरु

जिल्लाकै ठूलो गौराती मेला आजबाट शुरु

चौतारा । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रख्यात सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा ठूलो मानिने गौराती...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top