


किन चाडबाडको मुखैमा बढ्छ तरकारीको मुल्य ? तरकारीको मुल्य अहिलेसम्मकै बढि, बढि खपत हुने तरकारीमा सत प्रतिशतभन्दा बढिको मुल्यबृद्धि



- अशोज ९ गते, २०७६ - १८:०४

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड दशैंतिहार नजिकिदै गर्दा दैनिक उपभोग्य बस्तुको मूल्यमा ह्वात्तै बढोत्तरी भएको छ । जनताको दैनिकीसँग जोडिएको फलफूल तथा तरकारीजस्ता दैनिक उपभोग्य बस्तुको मूल्य आकासिँदा उपभोक्ताको ढाड नराम्ररी सेकिएको छ ।
सरकारले दैनिक उपभोग्य सामानमा महंगी नियन्त्रण भएको दावी गरे पनि बजारमा फलफूल तथा तरकारीको मुल्यमा अस्वभाविक बढोत्तरी भएको देखिन्छ । बढि खपत हुने फलफूल तथा तरकारीमा अस्वभाविक रुपमा सतप्रतिशतभन्दा बढि मुल्यबृद्धि भएको छ । भदौ ९ देखि असोज ९ सम्मको तथ्यांकअनुसार कतिपय तरकारीमा करिब २ सय प्रतिशतसम्म मुल्यबृद्धि भएको छ ।
एक महिनाभित्र कुनको मुल्यमा कति बृद्धि ?
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो एक महिनाको मुल्यबृद्धिदर एकदमै अस्वभाविक छ । तथ्यांक अनुसार तिते करेलामा १७७ प्रतिशतभन्दा बढि मुल्यबृद्धि भएको छ । भदौ ९ मा ४५ रुपैयाँ प्रति केजीमा बिक्री भएको तिते करेलाको मुल्य असोज ९ सम्म आउँदा १२५ रुपैयाँ पुगेको छ । ६५ रुपैयाँमा कारोबार भएको पालुङ्गो सागको मुल्य बढेर १७५ रुपैयाँ पुगेको छ । बोडी, साग, खुसार्नी र तिते करेलामा एक महिनाकै अन्तरमा सत प्रतिशतभन्दा बढिको दरमा मुल्यबृद्धि भएको छ ।


सरकारी तथ्यांकलाई नै हेर्दा जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको उपभोग्य बस्तुको अस्वभाविक मूल्यबुद्धि नियन्त्रण गर्न सरकार असफल देखिन्छ । अस्वभाविक मुल्यबृद्धिले प्रश्न उब्जाएको छ, बजार सरकारको नियन्त्रणमा छ कि व्यापारीको ? बजार नियन्त्रित यस्तो व्यवस्थाले किसानले पनि उत्पादित बस्तुको उचित मूल्य नपाउने र उपभोक्ता पनि चरमरुपमा ठगिने अवस्था छ । सरकारी संयन्त्रको कमजोरीका कारण विचौलियाहरु मोटाउने जनता दुब्लाउने अवस्था सिर्जना भएको छ ।
कालाबजारिया तथा महंगी नियन्त्रणको नाममा कृषीमन्त्री र उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रीको नेतृत्वमा तामझामसहित अनुगमन भएपनि अनुगमनले बजार मूल्य नियन्त्रणमा आउनुको साटो झन् बढ्दै गएको छ ।
कालाबजार नियन्त्रणको लागि नियमित अनुगमन किन हुदैन ?
बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी अस्वभाविक मुल्यबृद्धि नभएको र बजारको अवस्था सामान्य रहेको बताउँछन् । विभागका अधिकृत दिपकराज पोखरेल आलु, काउली, बोडि, प्याज, लसुन र हरियो सागसव्जी बाहेक अरुमा मूल्य नबढेको दावी गर्छन ।
मूल्य बृद्धिमा मागको तुलनामा आन्तरिक आपूर्ति कम भएकोले मूल्य बृद्धि भएको पोखरेलको भनाई छ । लगातार भएको बर्षा, सडक अबरुद्धका कारण आपूर्तिमा कमि आउँदा बजारमा सामान्य असन्तुलन भएको भने पोखरेलले स्वीकार गरे । अनुगमन टोलि चाडबाढ केन्द्रित भएको आरोप सत्य नभएको पोखरेलको दाबी छ ।
पोखरेलले केही उपभोग्य बस्तुमा मृल्य बृद्धि भएको आशंकामा बजार अनुगमन गरिएको भएपनि त्यस्तो नपाइएको बताए । उनले भारतीय बजारमा उथलपुथल आउँदा भारत निर्भर कतिपय उपभोग्य वस्तुमा भने अस्वभाविक मुल्य बृद्धि भएको जनाएका छन् । विभागको तथ्यांकअनुसार अस्वभाविक मुल्यबृद्धि भएको प्याजमा ५ प्रतिशत मात्रै आन्तरिक खपत हुने गरेको छ ।
विभागका अनुसार विभागले नियमित अनुगमन अन्तर्गत दैनिक ७ वटा टोलीमार्फत अनुगमन गरिएको जनाएको छ । विभागले भदौ महिनामा मात्रै २ सय १६ वटा व्यवसायीक फर्ममा अनुगमन गरेको र १ सय ६ जनालाई जरिवाना पनि गरिएको बताएको छ । विभागले एक महिनाको बीचमा ६३ जनालाई स्पष्टिकरण सोधिएको र ४२ जनाको कारोवार रोक्का गरिएको जनाएको छ । अनुगमन गर्दा कैफियत भेटिएपछि विभागले एउटा फर्मलाई अदालती प्रक्रियाको लागि मुद्दा दायर गरेको बताएको छ ।
उपभोक्ता तथा कृषकलाई दोष दिएर उम्किन मिल्छ ?
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उप–निर्देशक बिनय श्रेष्ठ फलफूल तथा तरकारीको मुल्य बृद्धि हुनुमा सबैपक्षको दोष भएपनि प्रमुख दोष कृषक भएको आरोप लगाएका छन् । श्रेष्ठले कृषकले अति कम गुणस्तरीय वस्तु उत्पादन गर्दा समस्या आएको बताए । श्रेष्ठले भने, “कृषकले गुणात्मक उत्पादन गर्न सकेनन् । उत्पादित बस्तु पनि बजारसम्म ल्याउँदा आधा नष्ट हुन्छ । विभिन्न तहको व्यापारीले नाफा राखेर उपभोक्ताको हातमा पुग्दा स्वभाविकरुले मूल्य बृद्धि हुन्छ ।”
उप–निर्देशक श्रेष्ठले मृल्यबृद्धि हुनुमा केहि व्यापारीको पनि बदमासी रहेको पनि बताए । उनले भने, “यसो भन्दैमा व्यापारीलाई मैले उन्मुक्ति दिन खोजेको होइन । व्यापारीको पनि बदमासी छ । उनीहरुलाई पनि लगाम लागाउन आवश्य छ । व्यवसायीहरु विभिन्न बाहाना बनाएर उपभोग्य बस्तुको मूल्य बृद्धि गर्न खोज्छन् । बिल्कुल ठिक होइन ।”
के गर्दै छ उपभोक्ता हित संरक्षण मञ्च ?
उपभोक्ता हित संरक्षण मञ्चकी सचिव कुमारी खरेल तीन बर्ष यताकै उच्च मंहगी बृद्धि भएको दावी गर्दै मंहगी नियन्त्रणमा सरकार चुकेको आरोप लगाउँछिन् । “दुई तिहाइको सरकारले जुन तरिकाबाट बजारमूल्य सन्तुलनमा राख्नु पर्थ्यो त्यसो नभएकोमा दुःख लागेको छ । हामीले त सरकारलाई घचघचाउने मात्र हो ।” खरेलले भनिन्, “आफ्नो तरिकाबाट बजार अनुगमन गरीरहेका छौं । बजार अनुगमनबाट आएका रिर्पोट सरकारलाई दिएका छौं । तर, प्रभावकारी कार्यन्वयमा सरकार चुकेको छ ।”
उनले सरकारी अनुगमन अन्य पक्षसँग समन्वयन नगरि गरिएको पनि बताइन् । “सबै पक्षसँग समन्वयन गरी बढे मात्र अनुगमन प्रभावकारी हुन्छ, नत्र चाडबाटको दुईचार दिन अनुगमन गर्नुको कुनै तुक छैन”, खरेलले भनिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ? (राजनीतिक प्रतिवेदन पूर्णपाठसहित)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबारदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष...हिउँदे अधिवेशनमा स्थायी राजधानी र नामकरण प्रस्ताव आउने
काठमाडाैं । प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर...नेकपा स्थायी समिति बैठक : प्रचण्डले पेस गरे १६ पृष्ठ लामो प्रतिवेदन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा...सहिमा र सन्दिपको ‘तिम्रै हुनु छ’ सार्बजनिक (भिडियो सहित)
काठमाडाैं । चर्चित गायिका सहिमा श्रेष्ठ तथा लालुमैका चर्चित गायक सन्दिप न्यौपानेको डान्सिङ बिटमा...विष्फोटमा संलग्नलाई कारवाहीको माग गर्दै निजी शैक्षिक संस्था बन्द
धनुषा । धनुषाका निजी शैक्षिक संस्था बन्द भएका छन् । शुक्रबार राति क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित...काठमाडौंमा फ्युजमेशिन्स आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला हुँदै
काठमाडौं । लिभिङ विथ आइसिटीले आउँदो पुस ४ र ५ गते काठमाण्डौंमा आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला...यी हुन् धर्मशास्त्रमा उल्लेख भएको मानिसमा हुनुपर्ने ३२ लक्षण
काठमाडौं । हामीले वैदिक धर्मशास्त्रमा मानिसमा ३२ लक्षण हुन्छ भन्ने कुरा सुन्ने गरेका छौं । ३२ लक्षण...तुलसीले चिसाेबाट हुने समस्यालाई पनि कम गर्छ, जान्नुहाेस् तुलसीबाट हुने ९ फाइदा
काठमाडाैं । वैदिक सनातनीक शास्त्रहरूमा तुलसीलाई अति पवित्र वनस्पतीकाे रूपमा उल्लेख गरिएकाे छ । तुलसीलाई...नेकपा सचिवालय वैठक : स्थायी समिति वैठकको लागि पाँच एजेण्डा तय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले स्थायी समिति बैठकका लागि एजेण्डा तय गरेको छ। पार्टी प्रवक्ता...ह्वात्तै बढ्यो सुनको भाउ, यस्तो छ सुनचाँदीको मुल्य
काठमाडौं । शुक्रबारदेखि केहि ओरालो लागेको सुनको मूल्य आज (आइतबार) ह्वात्तै बढेको छ । आइतबार नेपाली...

प्रतिकृया लेख्नुहोस्:
- प्रचण्डलाई खुल्ला पत्र : जनपक्षीय गणतन्त्र र वास्तविक समाजवाद स्थापना गर्न तपाईंले आँट गर्नैैपर्छ !
- आफूलाई मन्त्रीभन्दा ‘माथि’ ठान्ने अचम्मका प्रेस सल्लाहकार !
- लाज पचाएर अपमान डकार्ने सल्लाहकार !
- स्याबासी थाप्न अस्पताल गएका प्रचण्ड जब अमिलो मुख लिएर फर्के !
- मोदीको दोस्रो कार्यकाल, कमजोर बन्दै एनडीए गठबन्धन
- मेडिकल कलेजको दादागिरी, अविभावकसँग ब्ल्याकमेलिङ गर्दै अर्बौ रुपयाँ ठगी
- ऐतिहासिक तथ्य र नक्सामा हेर्नुहोस् : के हो लिपुलेक र कालापानीको विवाद ?
- प्रधानमन्त्री जीसँगको आरोप प्रत्यारोप सभापति ज्यूको निजी कुरा हो, कांग्रेसको आधिकारिक होइन् : केसी
- प्रधानमन्त्री ओलीको सल्लाहमा नक्सा फेरिएको भनेपछि देउवा विवादमा, सामाजिक सञ्जालमा चर्को आलोचना
- राष्ट्रिय युवा संघको महत्वकांक्षी योजना –सम्पत्ति विवरणदेखि गमलामा खेति प्रणालीसम्म
- लालबाबुको दुःखेसो : निधाईरहेको बेला पदमुक्त भएछु, जानकारी पनि भएन
- मन्त्रिपरिषद पुनर्गठन : किन फालिए आशालाग्दा चर्चित अनुहार ?
- नेपालको झण्डा बारे अनाैठाे रहस्य, पढौ खोजमुलक इतिहास
- शान्तिप्रक्रिया अझै अधुरो, संक्रमणकालीन न्याय सम्पादन गर्न प्रचण्डमाथि आफ्नै पार्टीका नेताबाट असहयोग !
- कश्मीर र अयोध्यापछि मोदीको अर्को कदम के ? के ‘समान नागरिक संहिता’ तेस्रो कदम हुनसक्छ ?