काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक २.४९ बिन्दु अर्थात् करीब एक प्रतिशतले घटेर २४९.७१ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत ओरालो लागेको छ । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज अन्य उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बाँकी दश उपसमूहको शेयर भने ओरालो लागेको छ । अन्य उपसमूह ०.६८ बिन्दुले बढ्दा बैंकिङ ११.३३, होटल ६०.११, विकास बैंक १८.१९, जलविद्युत् २९.६, वित्त ४.५१, निर्जीवन बीमा १२४.२९, उत्पादन ६७।६, लघुवित्त ३०.३२, जीवन बीमा ८०.८८ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेका छन् ।
कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु एक करोड ८० लाख ६३ हजार ४४७ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको हो । यस्तै गण्डकी विकास बैंकको संस्थापक शेयर रु एक करोड ६५ लाख ६२ हजार ५९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर रु एक करोड ४९ लाख १९ हजार ९५४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख ६२ हजार ७२५, लक्ष्मी बैंक रु ७६ लाख ४९ हजार र नेपाल बैंक लिमिटेडको रु ६८ लाख ५१ हजार १०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार आज वेस्ट फाइनान्स कम्पनीका शेयरधनीले ४.५५ प्रतिशतले कमाउँदा विजय लघुवित्त वित्तीय संस्था ३.१०, सिटी एक्सप्रेस फाइनान्स ३.०३, युनिभर्सल पावर कम्पनी २.५६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १.९७ र कर्पोरेट डेभलपमेन्ट बैंक १.८३ प्रतिशतका दरले कमाए । यस्तै रिलायन्स फाइनान्स ८.३३, जोशी हाइड्रो पावर ८.०६, समता माइक्रोफाइनान्स वित्तीय संस्था ७.२३, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६।७४, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ६.२३ र रिडी हाइड्रो डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.५५ प्रतिशतले गुमाएका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: